Tag: वन्यजन्तु

  • स्यालको लागि थापेको पासोमा चितुवा परेपछि…

    स्यालको लागि थापेको पासोमा चितुवा परेपछि…

    बैतडी । बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो ।

    जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको हो ।

    स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए ।

    उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए ।

    पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

    पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको बताइएको छ ।

  • बाघको आक्रमणबाट बेपत्ता चन्दको शव फेला

    बाघको आक्रमणबाट बेपत्ता चन्दको शव फेला

    धनगढी । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ ।

    झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए ।

    बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो ।

    शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको छ ।

  • बर्दियाको मधुवनमा बाघको आक्रमणबाट २ जनाको मृत्यु

    बर्दियाको मधुवनमा बाघको आक्रमणबाट २ जनाको मृत्यु

    बर्दिया । बर्दियाको मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

    मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

    सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा क्षेत्री र गुरुङको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

  • चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् ।

    निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।

    सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

    यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज बिहान एक पोथी गैंडा मृत फेला परेको छ ।

    १५ वर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

    गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।

  • बर्दियामा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु

    बर्दियामा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु

    बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

    आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो ।

    स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।

    आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिए ।

  • चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।

    शनिबारदेखि हराएका अधिकारी आइतबार बिहान ८ः३० बजे मृत भेटिएका हुन् ।

    शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

  • काठमाडौंबाट २३ ओटा कछुवासहित दुई जना पक्राउ

    काठमाडौंबाट २३ ओटा कछुवासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।

    उक्त स्थानमा छत कछुवा बिक्री भइरहेकाे भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिवितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

  • रहेन संसारकै बुढो पाण्डा

    रहेन संसारकै बुढो पाण्डा

    हङ्कङ । संसारको सबैभन्दा बुढो पाण्डा मरेको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एन एनको बिहीबार ३५ वर्षको उमेरमा मरेको हो । उक्त पाण्डा मानिसका लागि १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।

    एन एनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ । सो पाण्डा उक्त पार्कमा सन् १९९९ देखि बस्दै आएको थियो ।

    एन एन र जिया जियालाई चिनियाँ सरकारले उपहार दिएको थियो । जिया जिया (पोथी) सन् २०१६ मा ३८ वर्षको वर्षको उमेरमा मरेको थियो । ‘एन एन गुमाएको घोषणा गर्दा ओसन पार्क दुःखी छ’ पार्कले एक विज्ञप्ति मा भनेको छ ।

    पार्कले ओसन पार्कलाई पाण्डा संरक्षणको लागि महत्त्वपूर्ण आधार बन्न मद्दत गरेकोले जिया जिया र एन एनको हेरचाह गर्ने अवसरको लागि आभारी भएको जनाएको छ ।

  • घरभित्रै पसेर काठमाडौंमा चितुवाकाे आक्रमण, पाँच जना घाइते

    घरभित्रै पसेर काठमाडौंमा चितुवाकाे आक्रमण, पाँच जना घाइते

    काठमाडौं । घरभित्रै प्रवेश गरेर काठमाडौंमा चितुवाले मानिसमाथि आक्रमण गरेको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

    नागार्जुन नगरपालिका–८, भीमढुंगामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

    भीमढुंगास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरभित्र बुधबार राति प्रवेश गरेको चितुवाले मानिसमाथि आक्रमण गरेको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई बुधबार राति नै मनमोहन अस्पतालमा भर्ना गरिएको छ । घाइतेको विभिन्न स्थानमा चोट लागेको जनाइए पनि अवस्थाबारे केही खुलाइएको छैन ।

    काठमाडौंमा यसअघि पनि पटक–पटक यसरी चितुवा प्रवेश गर्ने गरेका थिए । जंगलमा आहारको कमीलगायत कारणले चितुवा सहरी क्षेत्रमा प्रवेश गर्ने गरेको जानकारहरू बताउँछन् ।

  • अजिङ्गरले खायो जिउँदै बाख्रो (तस्बिरसहित)

    अजिङ्गरले खायो जिउँदै बाख्रो (तस्बिरसहित)

    उदयपुर । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।

    अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।

    अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।