Tag: शेरबहादुर देउवा

  • गणतान्त्रिक व्यवस्था स्थायी हाे, यसलाई सुदृढ बनाउनु पर्छ : सभापति देउवा

    गणतान्त्रिक व्यवस्था स्थायी हाे, यसलाई सुदृढ बनाउनु पर्छ : सभापति देउवा

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मेलमिलाप अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    मंगलबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सम्पूर्ण नेपालीको एकता नै मेलमिलाप भएको बताएका हुन् ।

    ‘गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । गणतन्त्र स्थायी रहन्छ, यसलाई सुदृढ बनाउनु पर्छ। अहिले सम्पूर्ण नेपाली जनताको एकता नै मेलमिलाप हो ।’ उनले भने, ‘चाहे हिमालमा हुन्, पहाड र मधेशमा हुन्, चाहे पूर्व हुन् चाहे पश्चिममा हुन् एकता कायम हुनुपर्छ । चाहना फरक होलान् त्यसमा समन्वय गर्नुपर्छ ।’

    उनले बिपी कोइरालाको मेलमिलापको नीतिलाई प्रशंसा गरेका छन् । देउवाले भने, ‘नेपाली कांग्रेसका लागि मात्र होइन, देशका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, यसमा कांग्रेसले अग्रसरता लिनुपर्छ ।’

  • तीन दलको एकता अझै आवश्यक छ : सभापति देउवा

    तीन दलको एकता अझै आवश्यक छ : सभापति देउवा

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए ।

    सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए ।

    देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे ।

    उनले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।’

    कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए ।

    तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो । त्यो एकता अझै आवश्यक छ ।’

     

  • लामो समयसम्म मुद्दाको फैसला नहुँदा न्याय अनुभूति हुँदैन : सभापति देउवा

    लामो समयसम्म मुद्दाको फैसला नहुँदा न्याय अनुभूति हुँदैन : सभापति देउवा

    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुद्दाको फैसला लामो समयसम्म नहुँदा जनताले न्यायको अनुभूति गर्न नसकेको बताएका छन् ।

    नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको ३४औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘बाजेको पालादेखिको मुद्दा नातिको पालासम्म पनि फैसला हुन गाह्रो छ भनेपछि कहिले न्याय पाउने जनताले ? छिटो छरितो रुपमा न्याय हुन सके मात्र पीडितले न्यायको अनुभूति गर्न सक्छन्’ उनले भने ।

    सुशासन र समृद्धि आजको आवश्यकता हो भन्दै देउवाले भने, ‘असल सरकार, सक्षम न्यायपालिका र जवाफदेही व्यवस्थाबिना सुशासन आउँदैन । संविधान बनाउँदा हामीले सबैको सबै खाले हक लेखेका छौं तर आज नागरिकका मौलिक हकसम्बन्धी व्यवस्था कानूनको अभावमा उचित कार्यान्वयन हुन सकेको छैन । यसमा ध्यान जान आवश्यक छ ।’

  • कसैको विरोध गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा

    कसैको विरोध गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गर्दैमा पार्टी ठूलो नबन्ने बताएका छन् ।

    शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् ।

    उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए ।

    ‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ। जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ,’ उनले भने ।

    उनले अब सभापति नभई पार्टीलाई सहयोग गर्ने बताए ।

    ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ,’ उनले भने ।

  • नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने सम्भावना

    नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने सम्भावना

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिने सम्भावना छ ।

    धुम्बाराहीमा भर्खर सकिएको कांग्रेस पदाधिकारी बैठकबाट त्यस्तो संकेत देखिएकाे एक पदाधिकारीले जानकारी दिएका छन् ।

    अहिले साढे ११ बजे संसदको ल्होत्से भवनमा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।

    बिहान ११ बजे संसदीय दलको बैठक बसेपछि मात्रै संसदीय दलको बैठक बस्ने भएको छ ।

  • अहिलेकाे संसदबाट नागरिककाे अपेक्षा धेरै छ : देउवा (सम्बाेधनकाे पूर्णपाठसहित)

    अहिलेकाे संसदबाट नागरिककाे अपेक्षा धेरै छ : देउवा (सम्बाेधनकाे पूर्णपाठसहित)

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् ।

    उनले सबै पक्ष आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी रहेको पनि बताए ।

    सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको बताए ।

    देउवाको सम्बोधनको पूर्णपाठ

    सम्माननीय सभामुख महोदय,

    (१) नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुदैछ। म सबै भन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनर्स्थापना र संरक्षणका लागि जीवन आहुती दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात शहिदहरुमा हार्दिक श्राद्धान्जली अर्पण गर्दछु।

    (२) देशमा संघीय, लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र बर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रसंशा गर्न चाहन्छु।

    (३) प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरु पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु । तपाईहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु।

    (४) माननीय पुष्प कमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ। म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।

    (५) आज भन्दा अठार महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बिचमा नेपाली काँग्रेस सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए। तत्कालिन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो। यस कार्यमा तमाम चुनौति र कठीनाईहरु थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो। स्थानिय तहको निर्वाचन समयमा सम्पन्न भयो। पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ। म यस अवसरमा सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु।

    सभामुख महोदय,

    (६) आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरु समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देश भित्र र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहीनी, दाजूभाईहरु, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजिवि, संचार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। निर्वाचनको प्रयोजनकालागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।

    (७) म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधि सभावाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ। संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ। लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ।हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाहि नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्दछ। सबै माननीय साथीहरुमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं।

    सभामुख महोदय,

    (८) मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबै भन्दा ठूलो राजनीतिक दल बनेको छ।नेपाली काँग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजूभाई, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।पार्टीका सबै साथीहरुले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु।संचार माध्यमले जनतालाई सुसूचित गर्ने गरि असल काम गर्नु भएको छ।वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।नागरिक समाज, बुद्धिजिवि लगायत सबै शुभेच्छुक प्रति आभारी छु।म सम्पूर्ण दाजूभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौं। नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्नेछ।हाम्रा असंख्य शहिदहरुको त्याग, तपस्या र बलिदानवाट हामीले प्रेरणा पाएका छौं।

    संस्थापक नेता वि.पी. कोईराला, सुवर्ण शसशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशिल कोईराला लगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ। म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। म नेपाली काँग्रेसको इतिहासलाई पनि स्मरण गरिरहेको छु। देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। यो सुनौलो ईतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिईरहने छ । देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं। म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु शहिदहरुको बलिदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिईने छैन। हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं। देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं। यो प्रतिनिधि सभामा नेपाली नेपाली काँग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।
    सभामुख महोदय

    (९). अन्तमा एक पटक पुनः नव नियुक्त प्रधानमंत्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु।

    धन्यवाद। जय नेपाल।

  • प्रधानमन्त्री देउवाले बोलाए कांग्रेसका नवनिर्वाचित सां‌सदको भेला

    प्रधानमन्त्री देउवाले बोलाए कांग्रेसका नवनिर्वाचित सां‌सदको भेला

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाइ तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई आमन्त्रण गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसदको सबैभन्दा ठूलो दल बनेको छ ।

    सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।

    निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरू भएको छ ।

  • भ्रष्टाचार नियन्त्रण दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेको छ : प्रधानमन्त्री देउवा

    भ्रष्टाचार नियन्त्रण दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेको छ : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभावले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् ।

    भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकोले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन् ।

    उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अङ्ग वा निकायको मात्र जिम्मेवारीको विषय नभएको भन्दै राज्यको कुनै एउटा अङ्गको सक्रियताले मात्र भ्रष्टाचारविरुद्धको लडाइँ जित्न नसकिने बताए ।

    प्रधानमन्त्री देउवाले समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनै तहबाट नै राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिए ।

    उनले भ्रष्टाचारको दुष्परिणाम वर्तमानमा मात्र नभइ भावी पिढीले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको बताए । उनले अख्तियारले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजनका साथै भ्रष्टाचारको रोकथाम र सचेतना अभिवृद्धिका लागि उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा पनि गरे ।

    कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहेको बताए । उनले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको दाबी पनि गरे ।

    भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइँदै आइएको छ ।

  • प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

    प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

    काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका छन् ।

    देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

    प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।

    यस्तै, कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९० र राप्रपा उमेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

  • संसदीय दलको नेताका लागि देउवाले मागे शशांकसँग मत

    संसदीय दलको नेताका लागि देउवाले मागे शशांकसँग मत

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत मागेका छन् ।

    निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् ।

    देउवाले मत मागेपछि काेइरालाले सल्लाह गरौँला भनि जवाफ फर्काएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

    संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बनेका छन् ।

    संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।