Tag: संसद बैठक

  • राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने

    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् ।

    राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

    कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।

  • सर्वोच्चलाई संसद महासचिवको जवाफ : पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउँछु

    सर्वोच्चलाई संसद महासचिवको जवाफ : पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउँछु

    काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन् ।

    सर्वोच्चको फुलकोर्टले पत्र पठाएलगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

    संसद सचिवालयले सर्वोच्च प्रशासनलाई पठाएको पत्रमा फुलकोर्टको प्रश्नको जवाफ संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने उल्लेख गरिएकाे छ ।

    सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ ।

    उक्त आदेश अनुसार फुलकोर्टलाई पनि जवाफ पठाउने सचिवालयका महासचिव भरत गौतमले पत्रमार्फत् नै सर्वोच्चलाई जानकारी दिएका छन् ।

  • राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य

    काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

    शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।

    शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।

  • प्रतिनिधि सभाको बैठक सुरु, नीति कार्यक्रम पारित गरिने

    प्रतिनिधि सभाको बैठक सुरु, नीति कार्यक्रम पारित गरिने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

    संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ ।

    शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि शनिबार बाँकी सांसदले आफ्नो धारणा राख्न लागेका हुन् ।

    शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।

    आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

    नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

    प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रियसभाले शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

  • संघीय संसदअन्तर्गत दुवै सदनको बैठक शुक्रबार पनि

    संघीय संसदअन्तर्गत दुवै सदनको बैठक शुक्रबार पनि

    काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

    बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    बिहीबार बसेको बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले बैठक बैठक पनि बस्न लागेको हो ।

  • भोट खसेकाे भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्सायो : ओली

    भोट खसेकाे भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्सायो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको बताएका छन्।

    बिहीबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताएका हुन् । उनले भने, ‘३० गते भोट खसाइन्जेलसम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने । त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो ।’

    पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक वस्तुको मूल्य स्वभाविक रुपमा बढ्ने उनको भनाइ छ । उनले सरकारले मूल्यवृद्धिको सन्दर्भमा नकारात्मक कीर्तिमान कायम गरेको आराेप पनि लगाए ।

    याे पनि :
    देउवालाई ओलीकाे प्रश्न : ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’
    सरकारकाे नीति तथा कार्यक्रममा ओलीकाे टिप्पणी : चास्नीमा नहालेकाे जेरी
    ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?

  • विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेकाे छ : योगेश भट्टराई

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेकाे छ : योगेश भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् ।

    ‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने ।

    प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।

  • सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि नियन्त्रण परेन : योगेश भट्टराई

    सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि नियन्त्रण परेन : योगेश भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले मूल्यवृद्धि नियन्त्रणदेखि पेट्रोलियम पदार्थको वैकल्पिक उपायबारे सरकारको प्राथमकितामा नपरेको बताए ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै वस्तुको भाउ बढ्ने र यसले विपन्न समुदायको जीवन कष्टकर हुने भन्दै उनले पेट्रोलियम पदार्थको वैकल्पिक उपायदेखि मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने बताए ।

    अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशको आर्थिक संकट नियन्त्रण गर्ने उपाय अवलम्बन नगरेको भट्टराईले बताए ।

    कोरोनाभाइरसको महामारीका बेला एमालेको तत्कालीन सरकारले दातृ राष्ट्र र निकायको सहयोग लिएर देशको आर्थिक अवस्थालाई बलियो बनाए पनि अहिले सरकारले देशको आर्थिक अवस्था सुधार्न प्रयास नगरेको पनि उनको आरोप छ ।

  • संसद बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

    संसद बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ ।

    छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।

    नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।

  • संसदमा आठवटा अध्यादेश पेस

    संसदमा आठवटा अध्यादेश पेस

    काठमाडौं । प्रतिनिधिसभामा विभिन्न आठवटा अध्यादेश पेस गरिएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न आठवटा अध्यादेश पेस गरिएको हो ।

    गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाव तथा अन्य पातक रासायनिक पदार्थ नियमता अध्यादेश २०७८’ पेस गरेका हुन् ।

    यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पेस गरेका हुन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे अध्यादेश, २०७४’ पेस गरिन् ।

    सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।