Tag: सत्ता गठबन्धन

  • चुनावको मिति तोक्ने विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक

    चुनावको मिति तोक्ने विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।

    बैठक बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको र अहिले पनि जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल गर्ने एजेन्डा छ । प्रधानमन्त्री देउवा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आमनिर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा छन् ।

    चुनावको मिति तोक्न सत्तारुढ गठबन्धनका दलसँग सहमति खोज्नकै लागि प्रधानमन्त्री देउवाले बुधबारका लागि बैठक बोलाएका हुन् । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।

    स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंसिरमा नभइ फागुनमा चुनाव गराउने पक्षमा छन् । सोही कारण अहिले नै चुनावको मिति नतोक्न प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको बालुवाटार स्रोतले बतायो ।

  • विचार मिल्नेसँग एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय

    विचार मिल्नेसँग एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठक सकिएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी बैठकले विचार मिल्नेहरुसँग एकता गरेर अघि जाने निर्णय गरेको छ ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले पछिल्लो समय गरेको निर्णयबारे छलफल भएको बैठक पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । उनले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।

    ‘गठबन्नलाई निरन्तर दिने र स्थानीय चुनावको परिणामलाई पनि हेरेर कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो’ प्रचण्डले भने । उनले नेकपाकालका एकै पार्टीका बहुमत सदस्यहरु एक ठाउँमा भएकाले विचार मिल्नेसँग एकीकरण गर्नेबारे छलफल भएको बताए ।

  • फेरि छलफलमा जुटे तत्कालीन नेकपाका ५ नेता

    फेरि छलफलमा जुटे तत्कालीन नेकपाका ५ नेता

    काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।

    बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।

    हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा नेताहरु जुटेका छन् ।

    मंगलबार नै माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराईबीच भेट पनि भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जानेबारे छलफल भएकाे बताइएकाे छ ।

    -फाइल तस्बिर ।

  • बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै

    बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ ।

    निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।

    बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

    उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् ।

    शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

    यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।

  • सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे, मन्त्री हेरफेर एजेन्डा

    सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे, मन्त्री हेरफेर एजेन्डा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् ।

    बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ ।

    एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ । तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो ।

    समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेको छ । सोही कारण आजको बैठकमा यसबारे ठोस निर्णय हुने एकीकृत समाजवादीका एक नेताले बताए ।

  • गठबन्धनको निर्णय : सिट बाँडफाँटबारे अझै समझदारी, बागी उम्मेदवारी फिर्ता लिन यस्ताे निर्देशन

    गठबन्धनको निर्णय : सिट बाँडफाँटबारे अझै समझदारी, बागी उम्मेदवारी फिर्ता लिन यस्ताे निर्देशन

    काठमाडाैं । पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।

    ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ ।

    गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ ।

    गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिनेछ ।

    गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।

  • भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

    भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

    चितवन। सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ ।

    सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।

  • कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोक माओवादी र एसको उजुरी

    कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोक माओवादी र एसको उजुरी

    सिन्धुपाल्चोक । पाँच दलीय गठबन्धनको निर्देशन र सहमतिविपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले केन्द्रमा उजुरी हालेका छन् ।

    पाँचदलीय संयन्त्रको अध्यक्षको हैसियतमा कांग्रेसले गठबन्धन बैठकसमेत नबोलाएको उल्लेख गर्दै एकीकृत समाजवादी र माओवादी केन्द्रले पाँचदलीय संयन्त्रको संयोजकलाई पत्र लेखेर शीर्ष नेतृत्वमार्फत एमालेसँगको गठबन्धन रोक्न आग्रहसमेत गरेका छन् ।

    एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका संयोजक गोविन्द पराजुलीले पछिल्ला दिनमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट आह्वान नगरेको, बैठक बोलाइएका दिनमा पनि मुख्य निर्णायक भूमिकामा रहनु हुने नेता तथा केन्द्रीय सदस्यहरुको अनुपस्थितिका कारण वातावरण नबने अवस्था सिर्जना भएको उल्लेख गर्दै उजुरी हालेका हुन् ।

    ‘त्यसभन्दा पनि गम्भीर विषय त हाल गठबन्धन दलको सात बुँदे निर्देशनविपरीत नेपाली कांग्रेसको तर्फबाट एमालेसँग वार्ता अगाडि बढाई गठबन्धनको मर्म र भावनाभन्दा बाहिर शक्तिका बीचमा पालिका प्रमुख र उपप्रमुखसमेतको बाँडफाँड गरेका पाइएकाले यस सबन्धमा तत्काल शीर्ष नेतृत्वको ध्यानाकषर्ण गराई आवश्यक कदम चाल्नुपर्ने देखिएकाले प्रदेशस्तरीय संयन्त्रबाट आवश्यक कदम चाल्नु हुन यो ध्यानाकषर्ण पत्र पेश गर्दछौं,’ उजुरीमा उल्लेख छ ।

    सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको जुँगाको लडाइँका कारण पनि सिन्धुपाल्चोकमा पाँचदलीय गठबन्धन हुन नसकेको धेरैको बुझाइ छ ।

  • सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने

    सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने

    काठमाडौं ।पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

    कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो।

    सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

    जसअनुसार १८ वैशाख बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा चुनावी सभा हुनेछ ।

    यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा छ । एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।

  • सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (पत्रसहित)

    सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (पत्रसहित)

    काठमाडौं । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

    बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’