Tag: एनपिएल

  • टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’

    टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’

    काठमाडौं । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल)लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ ।

    सिमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उदघाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए ।
    उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुने भएकाले आ–आफ्ना टिमका समर्थकहरु प्ले कार्ड र खेलाडीका तस्विरहरु बोकेर मैदान परिसरमा देखिन्थे । खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नु छ ।

    विश्वचर्चित खेलाडीहरुको आगमनले एनपीएलको क्रेज थप बढेको छ । नेपाली क्रिकेटप्रेमीहरु विशेषगरी स्टार खेलाडीहरुको समर्थनमा मैदानमा आएको प्रतिक्रिया दिएका छन् ।

    जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

    यता, विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेप्रति दर्शकहरुको क्रेज तुलनात्मक रुपमा बढी देखिएको छ ।

    मैदान परिसरमा भेटिएका दर्शकहरुले टिम र खेलाडीका बारेमा प्रतिक्रिया दिएका छन् । मैदान परिसरमा भेटिएका दर्शक संजिता नेपालले विरानगरको समर्थनका लागि खेल हेर्न आएको प्रतिक्रिया दिए ।

    ‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ । टिममा प्राय लोकल खेलाडीहरु भएका हुनाले उहाँहरुले राम्रो खेल्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

    अर्का दर्शक विवेक धितालले विराटगरको समर्थनमा आएको प्रतिक्रिया दिए । ‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ तर टिकटबारे अन्योलता छ । टिकट कहाँबाट लिने हो कहाँबाट हेर्ने हो केही थाहा छैन्,’ उनले भने,‘जे होस म क्रिकेटको ठूलो फ्यान हुँ ।’

    जनकपुरको समर्थनमा आएका ऋषि कुमार महतोले टिममा धेरै राम्रा खेलाडीहरु रहेको प्रतिक्रिया दिए । उनी भन्छन्,‘सबैले जनकपुरलाई सपोर्ट गरिदिनुहोला ।’ मैदानमा भेटिएका अधिकांश क्रिकेटप्रेमीहरुले सन्दिप लामिछाने आबद्ध विराटगरप्रति सहानुभूति देखाएका थिए ।

  • जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटियाे

    जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटियाे

    काठमाडौं । एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्स १२७ रनमा समेटिएको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको हाे ।

    विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुई दुई र मोहमद मोहसिन र माइकले एक–एक विकेट लिए ।

  • एनपिएल : टस जितेर जनकपुरले रोज्याे फिल्डिङ

    एनपिएल : टस जितेर जनकपुरले रोज्याे फिल्डिङ

    काठमाडौं । नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

    जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् ।

    उनीहरुसहित स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।

    जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ ।

    जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन्।

    विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् ।

  • सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

    सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ ।

    काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    मालिक शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्न साथ जोडिएकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद व्यक्त गरे । ’ग्लोबल आईएमई बैंकलाई धेरै धन्यवाद दिन चाहन्छौं । हाम्रो उपाधि जित्ने लक्ष्यमा यहाँहरुको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौं,’ शाहले भने ।

    डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ’हामीले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएका हौं । हामीले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेका हौं । हामी सबै यो सहकार्यका लागि उत्साहित छौं,’ पोखरेलले भने ।

    सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

    क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।