Tag: एमसीसी

  • पत्रकार सम्मेलनमार्फत् ओलीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने

    पत्रकार सम्मेलनमार्फत् ओलीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने

    काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीको बारे नेकपा (एमाले) ले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गरेर एमसीसीलगायत पछिल्लो राष्ट्रिय राजनीतिका विषयमा धारणा सार्वजनिक गर्न लागेका हुन् ।

    एमाले केन्द्रीय प्रचार विभागका प्रमुख विष्णु रिजालका अनुसार मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा पत्रकार सम्मेलन हुनेछ ।

    गएको आइतबार सत्तारुढ गठबन्धनले संसदबाट एससीसी पारित गर्दा प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद अवरोधलाई निरन्तरता दिएको थियो ।

    एमसीसीमा तटस्थ बसेको भन्दै नेकपा एमालेका नेताहरुले अनेक आरोप खेपिरहेका छन् ।

    त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि मंगलबार पत्रकार सम्मेलन गरी एमसीसीको पक्षमा उभिनुको कारण स्पष्ट पार्ने जनाएकाे छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साेमबार एमसीसीकाे समर्थनबारे प्रष्टीकरण दिइसकेका छन् ।

  • संसदबाट एमसीसी अनुमाेदन भएपछि अमेरिकाले के भन्याे ?

    संसदबाट एमसीसी अनुमाेदन भएपछि अमेरिकाले के भन्याे ?

    काठमाडौं । आइतबार राति प्रतिनिधिसभाबाट एमसीसी परियोजना पारित भएपछि अमेरिकाले यसको स्वागत गरेको छ ।

    एमसीसीको अनुमोदनले नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने अमेरिकी दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    अमेरिकाले भनेकाे छ ‘एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो ।’

    नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

  • एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

    एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।

    प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

    नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए ।

    सम्झौताका पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन ।

    एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए । तर सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी भएका थिए ।

    उनले रोष्ट्रममै गएर आफ्ना धारणा राखे । रावलले एमसिसी पारित गर्नु नहुने बताएका थिए ।

    संसदबाट अनुमोदन भएपछि ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ । उक्त रकम नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।

  • एमसीसी अनुमाेदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक Live

    एमसीसी अनुमाेदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक Live

    काठमाडाैं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिससी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका छन् ।

    बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो ।

  • के छ एमसीसीकाे व्याख्यात्मक घोषणाका बुँदाहरूमा ?

    के छ एमसीसीकाे व्याख्यात्मक घोषणाका बुँदाहरूमा ?

    काठमाडाैं । गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । ११ बुँदे टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको निर्णय हो ।

    गत फागुन ८ गते संसदमा टेबल भएकाे एमसीसी सम्झाैतामाथि आइतबारकाे प्रतिनिधिसभा बैठकमा छलफल भइरहेकाे छ ।

    व्याख्यात्मक घोषणाका बुँदाहरू :

    १. कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको इन्डो-प्यासेफिक स्ट्राटेजी (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा (alliance) बाँधिएको मानिने छैन भन्ने घोषणा गर्दछ ।

    २. देशकाे मूल कानुनकाे रुपमा रहेकाे नेपालकाे संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झाैताहरु भन्दा माथि रहेकाे छ भनी घाेषणा गर्दछ ।

    ३. कम्प्याक्टको दफा २.७, दफा ५.२(ख)(३), दफा ५.२(ख)(४) को सम्बन्धमा, कम्प्याक्टको उक्त दफाहरूको उद्देश्य एमसीसी अनुदानको उपयोग सन्दर्भमा मात्र लागु हुन्छ भन्ने बुझाई नेपालको रहेको छ र उक्त प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।

    ४.कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (“एमसीए-नेपाल’) ले संचालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ।

    ५. कम्प्याक्टको दफा ३.२ (च) को सम्बन्धमा, कम्प्याक्टको दफा ३.२ (च) अनुसारको बौद्धिक सम्पत्ति माथि एमसीसीको स्वामित्व रहने छैन र कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिहरु उपर नेपालको स्वामित्व रहने छ र त्यसको पूर्ण उपभोग नेपालले गर्ने छ भन्ने घोषणा गर्दछ ।

    ६. कम्प्याक्टको दफा ३.५ को सम्बन्धमा, कार्यन्वयन पत्रहरु कम्प्याक्टको दायारा भित्र लागु गरिनेछ भन्ने घोषणा गर्दछ।

    ७. कम्प्याक्टको दफा ३.८ (क) को सम्बन्धमा, एमसिए-नेपालको सबै गतिविधि तथा कोषको लेखा परिक्षण प्रचलित नेपाल कानून बमोजिम महालेखा परीक्षकबाट पनि गरिने छ भन्ने घोषणा गर्दछ।

    ८. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा, कम्प्याक्ट वा कम्प्याक्ट अन्तर्गतका गतिविधि/कार्यक्रमहरुले नेपालको कानून वा नीतिहरूको उल्लङ्घन गरेमा नेपालले तीस (३०) दिनको पूर्व लिखित सूचना दिएर कम्प्याक्ट वा एमसीसी अनुदान रकम खारेज गर्ने अधिकार नेपालसँग रहेको घोषणा गर्दछ।

    ९. कम्प्याक्टको दफा ५.५ (ग) को सम्बन्धमा, कम्प्याक्टको समाप्ति, निलम्बन वा अन्त्य पश्चात् पनि लागु हुने भनिएका प्रावधानहरु बाँकी रहेको एमसीसी अनुदान रकमको उपयोग लगायत कम्प्याक्ट अन्तर्गतका परियोजनाहरूको मूल्याङ्कन, लेखा परीक्षण र करको फर-फराकको हद सम्म प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ।

    १०. कम्प्याक्टको दफा ७.१ को सम्बन्धमा, नेपालको संविधान कम्प्याक्ट भन्दा माथि रहने छ । भन्ने घोषण गर्दछ । साथै कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरू/परियोजनाहरूको कार्यान्वयन नेपालको कानुन र कम्प्याक्ट बमोजिम गरिनेछ भन्ने घोषणा गर्दछ ।

    ११. कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा. विदयत प्रसारण आयोजना (electricity transmission project) लगायतका सबै चल तथा अचल सम्पत्तिहरु, आयोजनासँग सम्बन्धित जग्गाहरू नेपाल सरकार वा नेपाल सरकारका निकायहरूको स्वामित्वमा रहने घोषणा गर्दछ ।

    १२.नेपालले मिति २०७८/५/२३ मा मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट प्राप्त पत्रको सम्बन्धमा, उक्त पत्रमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशनको जवाफले कम्प्याक्टको व्याख्या तथा कार्यान्वयनमा मद्दत गर्ने बुझाइ नेपालको रहेको छ ।

  • एमालेकाे अवराेधकाबीच एमसीसी छलफलका लागि संसदमा पेस

    एमालेकाे अवराेधकाबीच एमसीसी छलफलका लागि संसदमा पेस

    काठमाडौं । आइतबारकाे प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयाेग परियोजना एमसीसी समान्य छलफलका लागि पेस भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् ।

    छलफलका लागि संसदमा पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट समय दिएका छन् ।

    आजकाे बैठकमा पनि एमालेका सांसदले अवराेध पुर्‍याइरहेका छन् । अवराेधकाबीच सभामुख सापकाेटाले बैठक सञ्चालन गरिररहेका छन् ।

  • व्याख्यात्मक घोषणा समर्थन गरी एमसीसी अनुमोदनको पक्षमा उभिने एकीकृत समाजवादीकाे निर्णय

    व्याख्यात्मक घोषणा समर्थन गरी एमसीसी अनुमोदनको पक्षमा उभिने एकीकृत समाजवादीकाे निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ ।

    आइतबार बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणा समर्थन गर्ने र अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

    गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको समाजवादीका एक नेताले जानकारी दिए ।

    बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

  • एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

    एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

    काठमाडाैं । सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

    यसअघि कांग्रेसबाहेक गठबन्धनमा रहेका दलहरुले एमसिसी अनुमोदन गर्ने सम्बन्धमा स्पष्ट निर्णय नलिइसकेका कारण संसद्मा टेबल भए पनि एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल हुन सकेको थिएन ।

    दलहरुबीच विभिन्न चरणका छलफल र बहसपछि प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने कार्यसूची तय गरिएको छ ।

    सत्ता गठबन्धनका दलहरुबीचको सहमतिपछि संसद्को पहिलो बैठकमा सैद्धान्तिक छलफलपश्चात् ‘व्याख्यात्मक टिप्पणी’का सम्बन्धमा सांसदबाट माग भएपछि सभामुखले सरकारलाई ‘रुलिङ’ गर्नेछन् ।

    त्यसपछिको दोस्रो बैठकमा दफावार छलफल हुने र व्याख्यात्मक टिप्पणीका सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले बैठकमा जानकारी गराउने तय भएको छ । उक्त प्रक्रियापछि मात्र एमसिसी सम्झौता अनुमोदन हुनेछ ।

    सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले विसं २०७५ माघ २५ मा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्न सङ्घीय संसद्मा पेस गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

    सोहीअनुरूप नेपालको संविधानको धारा २७९ बमोजिम प्रतिनिधिसभाको साधारण बहुमतबाट सम्झौता अनुमोदन गर्नका लागि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्समक्ष प्रस्ताव पेस गरेका थिए ।

    नेपाल सरकार र एमसिसीबीच विसं २०७४ भदौ २९ गते भएको सम्झौताअनुसार यो सम्झौता कार्यान्वयनमा आएको मितिले पाँच वर्षभित्र यस सहयोगबाट सञ्चालन हुने आयोजना सम्पन्न हुनुपर्नेछ । सम्झौता कार्यान्वयनमा जानुपूर्व प्रतिनिधिसभाको सामान्य बहुमतबाट अनुमोदन हुनुपर्ने गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७५ पुस २६ गते राय दिएको हुँदा यो सम्झौता अनुमोदनको तयारी गरिएको हो ।

    यही फागुन ८ गते वर्तमान सरकारले संसद्मा सोसम्बन्धी प्रस्ताव टेबल गरेको थियो । एमसिसी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ ।

    एमसिसीले नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानका सडकखण्डको मर्मतसम्भारका लागि अमेरिकी डलर ५०० मिलियन अमेरिकी डलर अनुदान सहायताका रूपमा उपलब्ध गराउने विषयसँग सम्बन्धित छ ।

  • सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति

    सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आइतबार नै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

    बालुवाटारमा केहीबेर अघि सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेकाे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेकाे भनि समय मागेका थिए । नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए ।

    नेकपा माओवादी केन्द्र ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तयार भएपछि एमसीसी आइतबार नै पारित गर्ने सहमति जुटेकाे हाे । यद्यपी माओवादीका केही नेताहरु यसकाे विराेधमा छन् ।

  • व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठकाे आपत्ति

    व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठकाे आपत्ति

    काठमाडाैं । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादीकाे निर्णयमा नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । उक्त निर्णयमा नेता श्रेष्ठले आफ्नाे असहमति जनाएका हुन् ।

    उनले भनेका छन्, पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौँ । यो महाधिवेशनको विरुध्द छ र गलत छ ।