Tag: कतार फिफा विश्वकप-२०२२

  • कतार विश्वकप अब एकदिन अगाडि नै !

    कतार विश्वकप अब एकदिन अगाडि नै !

    काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ ।

    सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ ।

    जसअनुुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। सो निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेललाई उद्घाटनका दिन खेलाउन लागिएको हो ।

    यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो ।

    तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन भने अनिवार्य रुपमा हुनुपर्नेछ, जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्नेछ । सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्ने छन् । ​

    कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।

  • फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

    फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

    काठमाडाैं । कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ ।

    एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो ।

    फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ ।

    अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ । नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

  • यस्तो छ नेपाली समयमा विश्वकप फुटबलको खेल तालिका

    यस्तो छ नेपाली समयमा विश्वकप फुटबलको खेल तालिका

    काठमाडाैं । कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गो लागि सकेको छ । कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ ।

    नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् ।

    यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ । समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ ।

    ​यस्तो छ समूह चरणको खेल तालिका र नेपाली समय

    २०२२ नोमेम्बर २१ : तीन खेल
    सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५
    इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५
    कतार भर्सेस इक्वेडर : राति ९ः४५

    नोमेम्बर २२ : चार खेल

    अमेरिका भर्सेस उल्भ्स : राति १२ः४५
    अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५
    डेनमार्क भर्सेस टुनिसिया : साँझ ६ः ४५
    मेक्सिको भर्सेस पोल्यान्ड : साति ९ः४५

    नोमेम्बर २३ : चार खेल

    फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५
    मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५
    जर्मनी भर्सेस जापान : साँझ ६ः४५
    स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५

    नोमेम्बर २४ : चार खेल

    बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५
    स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५
    उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५
    पोर्चुगल भर्सेस घाना : राति ९ः४५
    नोमेम्बर २५ : चार खेल
    ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५
    वेल्स भर्सेस इरान : दिउँसो ३ः४५
    कतार भर्सेस सेनेगल : साँझ ६ः४५
    नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५

    नोमेम्बर २६ : चार खेल

    इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
    टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५
    पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५
    फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५

    नोमेम्बर २७ : चार खेल

    अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५
    जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५
    बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५
    क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५

    नोमेम्बर २८ : चार खेल

    स्पेन भर्सेस जर्मनी : राति १२ः४५
    क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५
    दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५
    ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५

    नोमेम्बर २९ : तीन खेल

    पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५
    इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५
    नेदरल्यान्ड्स भर्सेस कतार : राति ८ः४५

    नोमेम्बर ३०ः चार खेल

    इरान भर्सेस अमेरिका : राति १२ः४५
    वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५
    टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५
    अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५

    डिसेम्बर १ : चार खेल

    पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५
    साउदी अरेविया भर्सेस मेक्सिको : राति १२ः४५
    क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५
    क्यानडा भर्सेस मोरोको : राति ८ः४५

    डिसेम्बर २ः चार खेल

    जापान भर्सेस स्पेन : राति १२ः४५
    कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५
    दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८ः४५
    घाना भर्सेस उरुग्वे :८ः४५

    डिसेम्बर ३ : तीन खेल

    सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५
    क्यामरोन भर्सेस ब्राजिल : राति १२ः४५

  • यी हुन् विश्वकप फुटबल खेल्ने ३२ देश, कुन समूहमा को ?

    यी हुन् विश्वकप फुटबल खेल्ने ३२ देश, कुन समूहमा को ?

    काठमाडौं । कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३२ वटै टाेलीकाे टुंगो लागेको छ ।

    अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई १-० ले हराएर कोस्टारिका विश्वकपमा स्थान बनाउने अन्तिम टिम बनेकाे हाे ।

    फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकाले कोस्टारिका कठिन समूहमा परेको छ ।

    कतार विश्वकपका लागि कोस्टारिकासहित उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् ।

    यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

    २२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

    कुन समूहमा कुन टिम ?

    समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

    समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

    समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

    समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

    समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

  • यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

    यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

    काठमाडौं । यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन ।

    यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् ।

    विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभागीता जनाउनेछन् ।

    विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले ३२ टोलीलाई (प्लेअफ सहित) चार ‘पोट’ मा बिभाजन गरेको छ । आज (शुक्रबार) राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ । पोट ‘ए’ मा रहेका विश्व वरीयताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन् ।

    हालसम्म यरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जमर्नी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्विजरल्यान्ड रहेका छन् ।

    यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन् । यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् । यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन् ।

    यता, एसियाबाट आयोजक कतार सहित जापान, दक्षिण कोरिया, साउदी अरबिया र इरान छनोट भएका छन् ।

    अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन् ।