Tag: काेराेना संक्रमण

  • पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

    पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

    एजेन्सी । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

    डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।’

    डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

    कोभिड–१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।

    डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् ।

  • भारतमा भेटियो कोरोनाको नयाँ ‘भेरियन्ट’

    भारतमा भेटियो कोरोनाको नयाँ ‘भेरियन्ट’

    काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

    समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सकेछ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।

    जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।

    डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।

    विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् ।

  • काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

    काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ ।

    याेसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय १७ जनाको नमुना परीक्षण गर्दा एक सय ११ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ६० जना काेराेना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले नेपालमा तीन सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित थपिए

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित थपिए

    काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु भएको हो ।

    यस्तै, १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

    बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

    संक्रमण बढ्न थालेपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

  • थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

    थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्‍ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै, ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

  • थप ७८ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

    थप ७८ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

  • देशभर थपिए ९९ जना कोरोना संक्रमित

    देशभर थपिए ९९ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसाेलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।

  • भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

    भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

    बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो । उनले भने, ‘सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन् । भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो ।’

    नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमण दर पनि बढ्न थालेको जोशीले बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ । भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।

    यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ । परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ । सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए । उनले भने, “हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलने जोखिम बढेको छ ।”

    सङ्क्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ । सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ । रासस

  • थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

    थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तो कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

    आज ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

  • काेराेनाबाट थप एक जनाकाे मृत्यु, १२१ संक्रमित थपिए

    काेराेनाबाट थप एक जनाकाे मृत्यु, १२१ संक्रमित थपिए

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् ।

    यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । पछिल्लाे समय काेराेना संक्रमितकाे संख्या दिन प्रतिदिन बढीरहेकाे छ ।