Tag: काेराेना संक्रमण

  • २४६ जना नयाँ सङ्क्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

    ६ हजार ४०० जनामा पीसीआर परीक्षण गरिएकोमा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी, पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा कुनै पनि सङ्क्रमितको मृत्यु भएन ।

    कोरोनाबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

    यसैगरी देशमा हालसम्म ६ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएकाे पनि मन्त्रालयले जनाएकाे छ ।