Tag: क्रिकेट

  • टी-२० फाइनल : पीएनजीविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    टी-२० फाइनल : पीएनजीविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा साेमबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ ।

    पीएनजीविरुद्धकाे खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेकाे हाे ।

    साेमबारकाे खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा सोमपाल कामी खेल्ने भएका छन् ।

  • कमलसिंह ऐरी ६ साता मैदान बाहिर

    कमलसिंह ऐरी ६ साता मैदान बाहिर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।

    त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो । खेल दौरान उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ । कमलको शल्यक्रिया डा‍ निरज केसी र डा. निरञ्जन सुवेदीको टिमले गरेकाे हाे ।

    लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो । फाइनल खेल साेमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्नेछ ।

  • त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि अब पीएनजीसँग खेल्ने

    त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि अब पीएनजीसँग खेल्ने

    काठमाडौं । नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा पुगेको छ ।

    सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गरी नेपाल फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ ।

    शनिबार २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । उनले २६ बलमा ९ चौका प्रहार गरे ।

    नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे। कमलसिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए ।

    यसअघि ब्याटिङ गरेकाे नेपालले विशाल लक्ष्य प्रस्तुत गरेकाे थियाे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतले ११० रन पूरा गरे । रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेर आउट भए ।

    ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रनमा आउट भए । आदिल अलामले ९ बलमा १४ रन जोडे । आरिफ शेख २ रनमात्र बनाउन सफल भए ।

  • दीपेन्द्र ऐरीकाे शानदार शतक, मलेसियालाई नेपालकाे विशाल लक्ष्य

    दीपेन्द्र ऐरीकाे शानदार शतक, मलेसियालाई नेपालकाे विशाल लक्ष्य

    काठमाडौं । नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

    त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतले ११० रन पूरा गरे ।

    ऐरीकाे शानदार शतककाे मद्दतमा नेपालले मलेसियालाई २२४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२३  रनको योगफल तयार पारेको हो ।

    नेपालका लागि रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेर आउट भए । ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रनमा आउट भए । आदिल अलामले ९ बलमा १४ रन जोडे । आरिफ शेख २ रनमात्रै बनाउन सफल भए ।

    मलेसियाको बलिङमा मुहमद वाकिफ, पभनदिप सिंह, स्याजुरल इन्ड्रुस  र मुहमद अमिरले समान एक विकेट लिए ।

  • टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

    टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

    त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।

    बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक÷एक विकेट लिए ।

    जवाफी व्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए । उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे । यस्तै भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिए ।

    मलेसियाले शनिबार नेपालसँग खेल्ने छ । नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ ।

  • करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

    करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

    काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    शृंखलाअन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा प्रवेश गरेकाे हाे ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै एक सय ६६ रनमात्र बनाउन सक्यो ।

    पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ६२ रन बनाए । उनले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।

    पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए ।

    यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

    यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रनको योगफल खडा गरेको थियो ।

    नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए ।

    त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।

    यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए ।

    पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुआ र नोसैना पोकनाले समान एक विकेट लिएका थिए ।

  • दीपेन्द्रको अर्धशतक र आदिलकाे विस्फाेटक ब्याटिङकाे मद्दतमा पीएनजीलाई नेपालकाे विशाल लक्ष्य

    दीपेन्द्रको अर्धशतक र आदिलकाे विस्फाेटक ब्याटिङकाे मद्दतमा पीएनजीलाई नेपालकाे विशाल लक्ष्य

    काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपालले २०४ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा दुई तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । उनले कुल ६६ रन बनाए ।

    यस्तै, नेपालका अर्का खेलाडी आदिल आलमले पनि आक्रामक ब्याटिङ गरे । डेब्यू खेल खेलेका आदिलले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले ।

    घरेलु मैदानमा आफ्नो ५०औं टी–२० अन्र्तराष्ट्रिय खेल खेलीरहेको नेपाल जारी खेलमा पीएनजीलाई हराउन सके एक खेलअगाबै फाइनल पुग्नेछ ।

  • टस हारेर मलेसियाविरुद्ध पहिले फिल्डिङमा नेपाल

    टस हारेर मलेसियाविरुद्ध पहिले फिल्डिङमा नेपाल

    काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा मलेसियासँग टस हारेर नेपालले पहिले बलिङ सुरु गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध नेपालले टिममा एक परिवर्तन गरेको छ । यो खेलबाट दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।

    पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले हराएको नेपाल जित लयलाई निरन्तरता दिने लक्ष्यमा छ । मलेसियाले पनि पीएनजीलाई ८ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल र मलेसियाको समान दुई अंक छ ।

    नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर) , कुशल मल्ल र रोहित पौडेल रहेका छन् ।

  • नेपालले पीएनजीलाई दियाे १८४ रनकाे लक्ष्य

    नेपालले पीएनजीलाई दियाे १८४ रनकाे लक्ष्य

    काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ८३ रन बनायाे ।

    नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै राेहित पाैडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जाेडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद साेपर र चार्ल्स अमिनीले २/२ विकेट लिए ।

    नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला सुरु भएकाे हाे । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

  • नेपालविरुद्धको एकदिवशीय सिरिज पपुवा न्युगिनीद्वारा क्लिन स्वीप

    नेपालविरुद्धको एकदिवशीय सिरिज पपुवा न्युगिनीद्वारा क्लिन स्वीप

    काठमाडौं । नेपालविरुद्धको एकदिवशीय सिरिज पपुवा न्युगिनीले क्लिन स्वीप गरेको छ ।

    शनिबार सम्पन्न दोस्रो एकदिवशीय खेलमा नेपाललाई तीन विकेट पराजित गर्दै पीएनजीले सिरिज क्लिन स्वीप गरेको हो ।

    त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २७८ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेटको गुमाएर पूरा गर्‍याे ।

    शुक्रबार भएको पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको थियो ।

    नेपालका लागि मध्य क्रमका ब्याटर दिपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले पनि बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुगेकाे हाे ।