Tag: क्रिकेट

  • नेपालले दियो पीएनजीलाई २ सय ७९ रनको बलियो लक्ष्य

    नेपालले दियो पीएनजीलाई २ सय ७९ रनको बलियो लक्ष्य

    काठमाडौं । पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाले २ सय ७९ रनको बलियो लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जिते पहिला ब्याटिङ थालेको नेपालकालागि दिपेन्द्रसिंह ऐरिले उत्कृष्ट इनिङ खेले । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । दिपेन्द्रले १ सय ४० बलमा नेपालका लागि सर्वाधिक १ सय ५ रन बनाएर आउट भए ।

    यस्तै, नेपालका लागि देव खनालले ५६ बल खेल्दै ७२ रन बनाए । रोहित पौडेल ३५ रन बनाए ।

    भिम सार्की २६ बनाएर पभेलियन फर्किएपछि लगातार विकेट गुमाएको नेपालकालागि कप्तान सन्दीप लामिछाने क्रिजमा आएर उत्कृष्ट फिनिस गरे । उनले ९ बलमा २ चौका र १ छक्कासहित २४ रनको इनिङ खेल्दै अविजित रहे ।

    पीएनजीका लागि एली नावोले सर्वाधिक तीन विकेट लिए । नोरमान भानुवा दुई तथा चाड सोपेर र चाल्र्स अमिनिले समान एक विकेट लिए ।

  • पपुवा न्यूगिनीविरुद्ध दीपेन्द्रको शतक

    पपुवा न्यूगिनीविरुद्ध दीपेन्द्रको शतक

    काठमाडाैं । पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् ।

    दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । उनी कुल १०५ बनाएर आउट भए । १४० बलमा उनले ७ चौका प्रहार गरे ।

    नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि शुक्रबार पीएनजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ खेलेका थिए ।

    त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय इनिङ खेलेका थिए ।

  • नेपाल पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित

    नेपाल पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित

    काठमाडाैं । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

    नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए । त्यस्तै, नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको थियो । पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

  • एकदिवसीयमा राेहित पाैडेलकाे पहिलाे शतक

    एकदिवसीयमा राेहित पाैडेलकाे पहिलाे शतक

    काठमाडौं । रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

    टियू क्रिकेट मैदानमा रोहितले पीएनजीविरुद्ध शतक पूरा गरेका हुन् । रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

    रोहितको यो पहिलो एकदिवसीय शतक हो ।

  • राेहित पाैडेलकाे कीर्तिमानी अर्धशतक

    राेहित पाैडेलकाे कीर्तिमानी अर्धशतक

    काठमाडौं । रोहित पौडेलले पपुवा न्युजिनीविरुद्ध अर्धश्ताक पूरा गरेका छन् । टियू क्रिकेट मैदानमा पीएनजीविरुद्ध खेलमा उनले ५४ बलमा ३ चौका १ छक्का प्रहर गरी अर्धशतक पूरा गरे ।

    रोहितको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाँचौँ अर्धशतक हो । पीएनजीविरुद्ध रोहितको यो दोस्रो अर्धशतक हो ।

    पीएनजीविरुद्धको खेलमा रोहितले अर्काे पनि कीर्तिमान बनाएका छन् । उनी ज्ञानेन्द्र मल्ललाई पछि पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने ।

  • लगातार विकेट झरेपछि पीएनजीविरुद्ध विशाल लक्ष्य पछ्याएकाे नेपाल दबाबमा

    लगातार विकेट झरेपछि पीएनजीविरुद्ध विशाल लक्ष्य पछ्याएकाे नेपाल दबाबमा

    काठमाडौं । पीएनजीविरुद्ध ब्याटिङ गरिरहेकाे नेपाल दबाबमा परेकाे छ । २९३ रनको विशाल लक्ष्य पछ्याएकाे नेपालले ४ विकेट गुमाइसकेकाे छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरे ।

    कुशलले २८ बलमा ३२ रन बनाए । अनिल ६ रन बनाएर आउट भए । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय मा डेब्यु गरेका देव खनाल खाता नखोली आउट भए । दिपेन्द्र सिंह ऐरी पनि सस्तैमा आउट भए । उनी १७ बलमा १५ रन बनाएर आउट भएका हुन् ।

    टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।

     

  • पीएनजीले दियाे नेपाललाई २ सय ९३ रनको चुनाैतिपूर्ण लक्ष्य

    पीएनजीले दियाे नेपाललाई २ सय ९३ रनको चुनाैतिपूर्ण लक्ष्य

    काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपालसामु २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपालसामु बलियाे लक्ष्य प्रस्तुत गरेको हाे ।

    टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।

    पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहार गरी सर्वाधिक रन बनाए । कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गरी ६० रनको अर्धशतकीय इनिङ खेले ।

    नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।

     

  • नेपालसँगकाे खेलमा पपुवा न्युगिनीकाे उत्कृष्ट ब्याटिङ

    नेपालसँगकाे खेलमा पपुवा न्युगिनीकाे उत्कृष्ट ब्याटिङ

    काठमाडाैं । नेपालसँगकाे खेलमा पपुवा न्युगिनीले उत्कृष्ट ब्याटिङ गरिरहेकाे छ ।

    टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले सुरुवात देखि नै उत्कृष्ट ब्याटिङ गरेकाे हो ।

    २९ ओभर बलिङ गर्दा पपुवा न्युगिनीले ४ विकेट गुमाएर १ सय ५६ रन बनाएकाे छ ।

    नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ रहेका छन् ।

    सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु भूमिमा द्विपक्षीय शृंखला खेलिरहेको छ ।

    नेपालले पीएनजीसँगको पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ ।

  • पीएनजीले दियाे नेपाललाई १ सय ७४ रनकाे लक्ष्य

    पीएनजीले दियाे नेपाललाई १ सय ७४ रनकाे लक्ष्य

    काठमाडाैं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा पापुवा न्युगिनीले नेपालसामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको हो ।

    पपुवा न्युगिनीका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । त्यस्तै, च्याड सोपरले २२ रन र लेगा सियाकाले २० रन बनाए ।

    नेपालका लागि कप्तान सन्दिप लामिछाने तथा सोमपाल कामीले २–२ विकेट लिए । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी तथा पवन शर्राफले १–१ विकेट लिए ।

  • कमजाेर ब्याटिङका कारण यूएईसँग नेपाल पराजित

    कमजाेर ब्याटिङका कारण यूएईसँग नेपाल पराजित

    काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।

    शुक्रबार भएको खेलमा घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भएकाे हाे । यूएईले दिएको १६९ रनको सामान्य लक्ष्य नेपालले पछ्याउन सकेन ।

    नेपाल ३५. १ ओभरमा १२० रनमा समेटिएको हो । नेपालका रोहित पौडेलले सर्वाधिक ४६ र ज्ञानेन्द्र मल्लले २८ रन बनाए । कुशल भुर्तेल ११, आसिफ शेख ७ र दीपेन्द्रसिंह ऐरीले ४ रन मात्र जोड्न सके भने आरिफ शेखले खाता खोल्न सकेनन् ।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो ।

    नेपालका सोमपाल कामीले चार र करन केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे ।

    पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो ।