Tag: क्रिकेट

  • आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङमा नेपाल

    आईसीसी विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङमा नेपाल

    काठमाडौं । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।

    जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा १२ : ४५ मा सुरु हुने खेलमा नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन ।

    पहिलो पटक वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालले अमेरिकाविरुद्ध खेलेकै टिमलाई मैदान उतारेकाे छ ।

    पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै समूह एमा दुई अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

    नेपालले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे सुपर सिक्स सम्भावना बलियो हुनेछ । समूह चरणको अन्तिम खेल नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्नेछ ।

  • विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालकाे ६ विकेटको शानदार जित

    विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालकाे ६ विकेटको शानदार जित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

    जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो ।

    नेपालको जितमा भिम सार्कीले सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।

    नेपाललाई राम्रो सुरुआत दिएका ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए ।

    आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट हुँदा, कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन योगदान गरे ।

    दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे ।

  • आईसीसी विश्वकप छनोट : अमेरिकाले दियाे नेपाललाई २०८ रनको लक्ष्य

    आईसीसी विश्वकप छनोट : अमेरिकाले दियाे नेपाललाई २०८ रनको लक्ष्य

    काठमाडौं । अमेरिकाले आईसीसी विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका लगातार विकेट गुमाएपछि संकटमा परेको थियो ।

    अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गदानन्द सिंह पभेलियन फर्किएपछि क्रिजमा सातौं नम्बरमा क्रिजमा आएका जाहङगरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरे ।

    संकटमा रहेको अमेरिकाको उद्दार गर्ने क्रममा उनी सय रनमा अविजित रहे । भने, अमेरिका एक ओभर बाँकी रहँदा अलआउट भएकाे हाे ।

    बलिङतर्फ, करण केसीले ९ ओभरमा ३ मेडनसहित सर्वाधिक ४ विकेट लिए ।

    गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

  • आईसीसी एकदिवसीय विश्वकप छनोट : नेपाल जिम्बाबेसँग पराजित

    आईसीसी एकदिवसीय विश्वकप छनोट : नेपाल जिम्बाबेसँग पराजित

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ ।

    आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो ।

    २९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायाे ।

    नेपालका बलरहरु सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिनुबाहेक अरु बलर चल्न सकेनन् ।

    जिम्बाबेसामु बलियो योगफल बनाए पनि नेपालका मुख्य बलरहरु नै महँगा साबित भए ।

    स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।

  • जिम्बावेविरुद्ध कुशल र आशिफकाे कीर्तिमानी साझेदारी, शतक बनाउनबाट चुके कुशल

    जिम्बावेविरुद्ध कुशल र आशिफकाे कीर्तिमानी साझेदारी, शतक बनाउनबाट चुके कुशल

    काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् ।

    जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

    पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी गरे । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

    यसअघि २०२३ फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

  • जिम्बावेविरुद्ध कीर्तिमानी साझेदारी गर्दै आशिफ शेखकाे अर्धशतक

    जिम्बावेविरुद्ध कीर्तिमानी साझेदारी गर्दै आशिफ शेखकाे अर्धशतक

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा जिम्बावेविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

    आसिफले कुशल भुर्तेलसँगै कीर्तिमानी साझेदारी गर्दै अर्धशतक पूरा गरेका हुन् ।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक १ सय ३९ रनको साझेदारी यसअघि भएको थियो ।

    अहिले जारी खेलमा आसिफले कुशल भुर्तेलसँग १ सय ६७ रनको साझेदारी गरिसकेका छन् ।

  • जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा

    जिम्बाबेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलको अर्धशतक पूरा

    काठमाडौं । नेपालकाे ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

    आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्द आफ्नो पहिलो खेलमा आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका हुन् ।

    उनले ६३ बलमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गर्ने क्रममा उनले ८ चाैका हाने ।

  • जिम्बाबेले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

    जिम्बाबेले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार नेपालले आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ ।

    आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ । जिम्बाबेले टस जितेर फिल्डिङ राेजेकाे छ ।

    विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।

  • कुशल भुर्तेलकाे शतकमा ओमानमाथि नेपालको जित

    कुशल भुर्तेलकाे शतकमा ओमानमाथि नेपालको जित

    काठमाडौं । नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा ओमानलाई हराएको छ ।

    जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको शतकको सहयोगमा नेपालले ओमानमाथि २ विकेट जित निकालेकाे हाे ।

    ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर भेट्टायाे ।

    नेपालका कुशल भुर्तेलले ९४ बलमा सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले । १ सय १ रन भएको अवस्थामा उनी रिटायर्ड आउट भए ।

    पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर ७१ रनको साझेदारी गरे । शेख २४ बलमा २३ रनमा आउट भए ।

    दोस्रो विकेटका लागि भीम सार्की र भुर्तेलले १ सय १५ रनको साझेदारी गरे ।

    भीमले ७४ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ रन बनाए । कुशल मल्ल १७ रनमा आउट भए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट भएर २ सय ६७ रन बनायो ।

    नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट लिए ।

    विश्वकप छनोट आगामी आइतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

  • नेपाल एसिया कपमा छनोट, युएई ७ विकेटले पराजित

    नेपाल एसिया कपमा छनोट, युएई ७ विकेटले पराजित

    काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

    यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

    २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकासेर उनीहरुले नेपाललाई जित दिलाएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।