काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले चाैथाे सफलता हात पारेको छ ।
दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान लङ अनतर्फ बाउन्ड्रिमा क्याचआउट भए ।
गुल्सन झाले क्याच लिएका हुन् । यसअघि युएईका पूर्वकप्तान रिजवान रनआउट भएका थिए भने सन्दीप लामिछाने र ललितनारायण राजबंशीले एक-एक विकेट लिएका थिए ।