Tag: क्रिकेट

  • पीएनजीविरुद्ध आशिफकाे शतक

    पीएनजीविरुद्ध आशिफकाे शतक

    काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेल पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध शतक पूरा गरेका छन् ।

    टियु क्रिकेट मैदानमा उनले १ सय १ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् ।

    यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १ हजार रन पुर्‍याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।

    यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।

    आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।

  • यूएईमाथि नेपालको शानदार जित

    यूएईमाथि नेपालको शानदार जित

    काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जीवित राखेको छ ।

    साेमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो ।

    दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको हो ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेपछि नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाइ राखेको छ ।

     

  • युएईविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

    युएईविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

    काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ ।

    प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए ।

    युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ ।

    शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । नेपालको लागि युएईससँगको खेल निकै महत्वपूर्ण छ ।

    नेपालको प्लेइङ ११ :
    ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

  • कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

    कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

    काठमाडौं । कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा सोमबार हुने यूएईविरुद्धको खेल गुमाउने भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ ।

    क्यानका अनुसार उनको स्थानमा सन्दीप जोरालाई राखिएको छ ।

    कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

    उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्न सफल भएको थियो ।

    कुशल टिममा नरहे पछि नेपालको ओपनरमा ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना रहेको छ ।

  • पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

    पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

    काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा यूएई ९७ रनमै अलआउट भएकाे छ ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्याे ।

    यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद साेपरले ३ विकेट लिए ।

    याे शृङ्खलामा नेपालले भाेलि साेमबार यूएईसँग र आउँदाे बिहीबार पीएनजीसँग खेल्नेछ ।

  • सन्दीपको उत्कृष्ट ब्याटिङ, पीएनजीमाथि नेपालको जित

    सन्दीपको उत्कृष्ट ब्याटिङ, पीएनजीमाथि नेपालको जित

    काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ ।

    शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो ।

    बई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो ।

    नेपालका लागि आसिफ शेखले नट आउट ८६ रनको अर्धशतकीय पारी खेले ।

    त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाए ।

    सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए ।

    नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तैऽ सेमो कामेअ र सेसे बाउले दुई–दुई विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको थियो ।

    पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे ।

    नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।

    जितपछि लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

  • विश्वकप लिग-२ क्रिकेट : नेपाल यूएईसँग ६८ रनले पराजित

    विश्वकप लिग-२ क्रिकेट : नेपाल यूएईसँग ६८ रनले पराजित

    काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनको हार ब्यहोरेको छ ।

    २ सय ८ रनको लक्ष्य पाएको नेपालले कमजोर ब्याटिङ गरेकाे थियाे । नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट गुमाएको हो ।

    नेपालका शीर्ष ६ मध्ये तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमा आउट भए ।

    कुशल मल्लले सर्वाधिक ६० रन जोडे । विकेटकिपर आसिफ शेखले १७ रन बनाए । कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामीले ४/४ रन जोडे । सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।

    बलिङतर्फ यूएईका स्पीनर रोहन मुस्ताफा र कार्थिक मैयाप्पनले तीन तीन विकेट लिए । जुनैद सिद्धिकीको नाममा दुई विकेट रह्यो ।

    नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो ।

    विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ ।

  • यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट

    यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट

    काठमाडाैं । यूएईस्थित इडेन गार्डेन ओभल अज्मान मैदानमा एसिया रिजन छनोट अन्तर्गतको खेलमा अपराजित रहँदा अन्तिम खेलमा यूएईमाथि ६ रनको नाटकीय जित निकाल्दै नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

    जितका लागि नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८.८ ओभरमा अलआउट भयो । नेपालको जितमा दिपेश कँडेलले ४७ औँ ओभरमा तीन विकेट लिए ।

    यूएईका इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रन योगदान गरे ।

    नेपालको बलिङमा दिपेश कँडेलले सर्वाधिक ५ विकेट लिए । हेमन्त धामी र सुबास भण्डारीले दुई–दुई विकेट लिए ।

    यसअघि, टस हारेर ब्याटिङ थालेको नेपाल ७ बल बाँकी रहँदा अलआउट भएर १ सय ९१ रनको योगफल तयार पारेको थियाे ।

  • यूएईविरुद्ध नेपाललाई पाँचाैँ सफलता

    यूएईविरुद्ध नेपाललाई पाँचाैँ सफलता

    काठमाडाैं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरूद्ध पाँचाैँ सफलता हात पारेको छ ।

    नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएर नेपाललाई चौथो सफलता दिलाएका थिए ।

    त्यसकाे केही बेरमा नै नेपालका लागि आरिफ शेखले विकेट लिए । यसअघि कुशल मल्ल र करण केसीले १-१ विकेट लिएका थिए ।

  • यू १९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

    यू १९ विश्वकप एसिया क्षेत्र छनोट : नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

    काठमाडाैं । नेपालले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

    युएईको आजमानस्थित इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८. ५ ओभरमा अलआउट भएर १ सय ९१ रन बनायो ।

    नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । देव बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    युएईका लागि ध्रुव परासरले ३ तथा कप्तान आयन खान र हरितहर्ष सिट्ठीले २-२ विकेट लिए । यस खेलमा विजयी हुने टोली आगामी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।