Tag: क्रिष्टियानाे राेनाल्डाे

  • राेनाल्डाेकाे शानदार प्रदर्शन, लक्जेमवर्गकाे पाेस्टमा पाेर्चुगलकाे आधा दर्जन गाेल

    राेनाल्डाेकाे शानदार प्रदर्शन, लक्जेमवर्गकाे पाेस्टमा पाेर्चुगलकाे आधा दर्जन गाेल

    काठमाडाैं । स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो चम्केपछि पोर्चुगलले युरोकप २०२४ को छनोट खेलमा लक्जेमवर्गलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

    युरो छनोटमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले लक्जेमवर्गको घरेलु मैदानमा पहिलो हाफमै चार गोल गरेको थियो ।

    समूह ‘जे’ को गए राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दा जो फेलिक्स र बर्नाडो सिल्भाले एक/एक गोल थपेका थिए ।

    यसपछि दोस्रो हाफमा ओटाभियो र राफेल लियोले एक/एक गोल गरेपछि पोर्चुगलले एकतर्फी जित निकाल्यो ।

    यसअघिको लिचेस्टाइनविरुद्धको खेलमा पनि दुई गोल गरेका रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने र सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड बनाइसकेका छन् ।

  • साउदी अरबमा बहसकाे विषय बनेकाे ‘राेनाल्डाे जाेडी’

    साउदी अरबमा बहसकाे विषय बनेकाे ‘राेनाल्डाे जाेडी’

    काठमाडाैं । विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल–नासर क्लबमा आबद्ध भएदेखि नै उनका धेरै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

    केही तस्बिरमा उनी साउदीका अधिकारीहरूसँग खाना खाएको र केही भिडिओमा अभ्यास गरिरहेको देखिन्छन् । तर, दुई खेलको प्रतिबन्धका कारण उनले साउदी क्लबबाट अहिलेसम्म कुनै खेल खेल्न पाएका छैनन् ।

    उनको व्यक्तिगत जीवन साउदी अरबमा बहसको विषय बनेको छ । किनभने रोनाल्डो आफ्नो लिभ इन पार्टनर जर्जिनासँग साउदी अरेबियाको एक आलिशान घरमा बसिरहेका छन् ।

    तर साउदी अरबमा लागू इस्लामिक शरिया कानुनले यसरी अविवाहित महिला–पुरुषलाई सँगै बस्न अनुमति दिँदैन । साउदी अरबमा, कुनै पनि अविवाहित जोडीले यौनसम्पर्क राख्नु वा सँगै बस्नु दण्डनीय अपराध हो । यसका लागि कडा सजायको व्यवस्था पनि छ ।

    अहिलेसम्म यस विषयमा साउदी अरेबियाका अधिकारी, अल नासर फुटबल क्लब वा रोनाल्डोले कुनै बयान जारी गरेका छैनन् ।

    रोनाल्डो साउदी अरेबिया पुगेपछि क्लबका तर्फबाट उनलाई गरिएको भव्य स्वागत समारोहमा उनकी पार्टनर जर्जिनाले अबाया लगाएर सहभागी भएकी थिइन् ।

    रोनाल्डोको साउदी क्लबमा आबद्ध हुनुलाई अरब देशको फुटबल जगतमा कोसेढुङ्गाको रुपमा हेरिएको छ । अर्कातर्फ पर्यवेक्षकहरूले पनि यसको राजनीतिक र सांस्कृतिक असरबारे चर्चा गरिरहेका छन् ।

    रोनाल्डोलाई आफ्नो केटी साथी जर्जिनासँग साउदी अरेबियामा बस्न छुट मिल्न सक्ने फुटबल जगतसँग जोडिएका मानिसहरुको विश्वास छ ।

    शरिया कानुन र ‘रोनाल्डो जाेडी’

    साउदी अरबमा शरिया कानुन लागू छ जसले अविवाहित जोडीहरूलाई सँगै बस्न प्रतिबन्ध लगाएकाे छ ।

    यस कानुनको उल्लङ्घनमा कडा कानुनी कारबाही हुन सक्छ । तर पछिल्ला केही वर्षदेखि विदेशीहरूका लागि यो कानुन कार्यान्वयनमा उदारता अपनाइएको छ ।

    सन् २०१९ मा साउदी अरेबियाको भिसा नीति खुकुलो पारिएको थियो, जसअनुसार अविवाहित विदेशी जोडीले पनि होटलमा कोठा लिन पाउनेछन् भने महिलाले पनि होटलको कोठामा बस्न पाउनेछन् तर उनीहरू एक्लै बस्न पाउनेछन् । यसअघि कोठा पाउन दम्पतीले विवाहको प्रमाण पेस गर्नपर्थ्यो ।

    तर रोनाल्डो र जर्जिना लामो समय साउदी अरेबियामा बस्नुपर्ने भएकाले उनीरूरुको त्यहाँ बसाइ बहसको विषय बनेको छ ।

    यस सम्बन्धमा कानुनी विज्ञहरूको पनि एउटै मत छ – साउदी अरेबियाले कानुन परिवर्तन गर्दैन तर रोनाल्डो र जर्जिनाका विषयमा पनि विदेशीहरूप्रति अपनाइएको नरमपन देख्न सकिन्छ ।

    स्पेनिस समाचार एजेन्सी ईएफईले दुई साउदी अरेबियाका वकिललाई उद्धृत गर्दै रोनाल्डो उत्कृष्ट खेलाडी भएकाले उनलाई साउदी अरब सरकारको कारबाहीबाट बचाउन सक्ने बताएको छ ।

    समाचार एजेन्सीसँग कुरा गर्दै यी वकिलले भनेका छन्, ‘कानुनअनुसार विवाह नगरी सँगै बस्नु अपराध हो । तर सरकारी निकायले अहिले यी सबैलाई बेवास्ता गर्न थालेका छन् र कसैलाई कारबाही हुँदैन । तर कुनै अपराध भएमा यो कानुन लागू हुन्छ ।

    रोनाल्डो र जर्जिनाको सम्बन्ध अहिले झन्डै ७ वर्ष पुरानो भइसकेको छ । रोनाल्डो स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट खेल्दा सन् २०१६ देखि उनीहरू सँगै छन् ।

    साउदी सरकारले रोनाल्डोलाई यो छुट दिने अधिकांशले अनुमान गरिरहेका बेला सामाजिक सञ्जालमा एक जनाले ‘कानुन र धर्म गरिबका लागि मात्र हो’ भन्ने देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    त्यसैगरी केहीले भने यस सम्बन्धमा साउदी अधिकारीको सम्भावित सहुलियतको पनि स्वागत गरेका छन् तर रोनाल्डोले अब जर्जिनासँग विवाह गर्ने कि नगर्ने भन्ने प्रश्न पनि गरेका छन् ।

    जर्जिना र रोनाल्डोले अहिलेसम्म विवाह गरेका छैनन् तर उनीहरुका दुई सन्तान छन् ।

    -बीबीसी हिन्दीकाे सहयाेगमा

  • यसकारण आवद्ध भए क्रिष्टियानाे राेनाल्डाे साउदी अरबकाे क्लबमा

    यसकारण आवद्ध भए क्रिष्टियानाे राेनाल्डाे साउदी अरबकाे क्लबमा

    काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध भएपछि आफू गाैरवान्वित भएकाे प्रतिक्रिया दिएका छन् ।

    मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।

    उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।

    पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिँदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’

    अल–नस्रले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए ।

    साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए । उनले भने, ‘किनकि म साउदी फुटबललाई योगदान गर्न चाहन्थेँ ।’

    रोनाल्डोलाई रियादमा अल–नस्र क्लबका अध्यक्ष मुसली अल मुआम्मरले स्वागत गरेका थिए ।

  • रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध

    रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध

    काठमाडाैं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन् ।

    कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन् । उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन् ।

    साउदी अल-नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन् ।

    ३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन् ।

  • इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बने ​क्रिस्टियानो रोनाल्डो

    इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बने ​क्रिस्टियानो रोनाल्डो

    काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् । रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् ।

    उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् । इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा कायली जेनर छन् । उनको ३०८ मिलियन फलोअर्स छ ।

    यस्तै अर्का फुटबल स्टार लिओनल मेस्सी ३०६ मिलियन फलोअर्ससहित तेस्रो स्थानमा छन्