Tag: जसपा

  • सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति

    सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति

    काठमाडौं । जनता समाजवादी पार्टीले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

    सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो । शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले उक्त सहमतिप्रति आपत्ति जनाएको हो ।

    जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्च स्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ ।

    जसपा नेता राजकिशोर यादवले गौर घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुमाथि राजनीतिक प्रतिशिोधका आधारमा मुद्दा दायर गरिएको र नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए ।

    २८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।

    गएकाे मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको थियाे ।

  • सरकारमा नगएको जसपाले बोलायो संसदीय दलको बैठक

    सरकारमा नगएको जसपाले बोलायो संसदीय दलको बैठक

    काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।

    मन्त्रालय भागवण्डाप्रति असहमति जनाउँदै सरकारमा नगएको जसपाले संसदीय दलको बैठक बोलाएको हो ।

    आज दिउँसो २ बजे बस्ने दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ ।

  • सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा जाने जसपाकाे निर्णय

    सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा जाने जसपाकाे निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा जाने निर्णय गरेको छ ।

    मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे निर्णय गरेकाे हाे ।

    बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँड र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएकाे छ ।

    बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।

    चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

  • नेकपा एमालेसँगको सहकार्य सकियाे : जसपा अध्यक्ष यादव

    नेकपा एमालेसँगको सहकार्य सकियाे : जसपा अध्यक्ष यादव

    मोरङ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् ।

    ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो ।

    आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् ।

    यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् ।

    पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।

    यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

  • जसपाकाे घाेषणापत्र : प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ)

    जसपाकाे घाेषणापत्र : प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ)

    काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

    शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ ।

    जसपाले संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।

    कार्यकारी राष्टपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरु मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने पनि जसपाको घोषणा छ ।

    हेर्नुहाेस् पूर्णपाठ :

  • दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

    दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

    विरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रिय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन् ।

    संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् ।

    विरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन् ।

    ‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको उनीहरूले आरोप लगाएका छन् ।

    पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरुको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन्।

  • उपेन्द्र पक्षले निष्काशन गर्‍यो बाबुरामसहित ९ जना नेता, संघीय परिषद् अध्यक्षमा अशोक राई

    उपेन्द्र पक्षले निष्काशन गर्‍यो बाबुरामसहित ९ जना नेता, संघीय परिषद् अध्यक्षमा अशोक राई

    काठमाडौं । जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्षले डा.बाबुराम भट्टराईसहितका नौ जना नेतलाई हटाएको छ ।

    यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको एक नेताले जानकारी दिए ।

    निष्कासनमा परेका नेतामा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।

    बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरिसकेको छ ।

    २०७७ वैशाख ११ मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भएर जसपा नेपाल बनेको थियो ।

  • पार्टीको सबै जिम्मेवारीबाट अलग भइन् रेणु कुमारी यादव

    पार्टीको सबै जिम्मेवारीबाट अलग भइन् रेणु कुमारी यादव

    काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् ।

    उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् ।

    यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।

    उनले भनेकी छिन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु ।’

    यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन् । पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

  • बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

    बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

    काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र बिरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ-आफनो कित्ताकाट गरेका छन् ।

    संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफनो कित्ताकाट गरेका हुन् ।

    भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थीत छन् ।

    दुवैको बैठक जारी छ ।

  • जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, काे-काे बन्दैछन् मन्त्री ?

    जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, काे-काे बन्दैछन् मन्त्री ?

    काठमाडौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

    सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन् ।

    आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए ।

    उनका अनुसार सम्भवत: साेमबार नै सपथ हुनेछ ।

    पार्टीको आन्तरिक कलहमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेपछि उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलिया हुन पुगेका छन् ।

    विगतमा भट्टराईलाई साथै दिँदै आएका मोहम्मद इस्तियाक राई र प्रदीप यादव उपेन्द्र पक्षमा आएका हुन् ।