Tag: जसपा

  • उपेन्द्र पक्षको निर्णयले बाबुराम र अशोक राई ‘आउट’

    उपेन्द्र पक्षको निर्णयले बाबुराम र अशोक राई ‘आउट’

    काठमाडौं । मध्यरातमा बसेको जनता समाजवादी पार्टीको बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि अन्य दुई नेता ‘अधिकारविहीन’ हुन पुगेका छन् ।

    पछिल्लो समय बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादव, बाबुराम भट्टराई र अशोक राईसहितको ‘हेड क्वाटर’ निर्माण गरी महत्वपूर्ण निर्णयमा तीनैजनाको हस्ताक्षर अनिवार्य गर्ने अधिकार दिए पनि सोमबारबाट दुई नेता अधिकारविहीन हुन पुगेका हुन् ।

    ‘हिजो बसेको बैठकले मन्त्रिपरिषद् गर्ने अधिकार अध्यक्षज्यू (यादव)लाई दिएका छौं,’ केन्द्रीय कार्यकारिणी समितिका सदस्य मृगेन्द्रकुमार सिंहले न्युज कारखानासँग भने, ‘सो अधिकारअनुसार अब चारैजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउनु हुनेछ ।’ उनका अनुसार नयाँ मन्त्री को को रहनेछन् ? त्यो भने अझै खुलाइएको छैन ।

    जसपा नेपालमा आन्तरिक विवाद बढेपछि गत ३० फागुनमा केन्द्रीय समिति बैठक बस्न नसकेको खण्डमा तीनजना नेताले निर्णय लिने र तीनैजनाको नेताको हस्ताक्षर अनिवार्य हुने निर्णय भएको थियो । तर, स्थानीय तहको निर्वाचनपछि सो निर्णयअनुसार काम कारबाही नभइरहेको बेला यादव पक्षधर नेताले भट्टराई र राई दुवैलाई ‘आउट’ गरी मन्त्री हेरफेरको अधिकार अध्यक्ष यादवलाई दिएको हो ।

    सो निर्णयसँगै जसपा नेपालमा पुनः विवाद देखापर्ने देखिएको छ । यसअघि अध्यक्ष यादवको एकल हस्ताक्षरसहित आउने मन्त्री हेरफेरकोे निर्णय कार्यान्वयन नगराउका लागि भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकषर्ण गराइसकेका छन् । तर, अध्यक्ष यादवले सोमबार पुनः अधिकार आफ्नो हातमा लिएपछि जसपाभित्रको आन्तरिक कलह अब सतहमा देखापर्ने भएको छ ।

  • जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !

    जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !

    काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् ।

    गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गरेका हुन् ।

    पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गरेका छन् । जबकि, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन् ।गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

    तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृहजिल्लामा खटिएका छन् ।

    उक्त पार्टीका एक नेता राजकिशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जाँदै छैनन् ? त्यसबारे थाहा नभएको बताउँछन् ।

    गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला’, यादवले भने, ‘तालमेललाई लिएर केही असन्तुष्टि होला कि ?’

    शुक्रबार डा. भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्‍वीटरमा पोखिएको थियो ।

    असन्तुष्ट भएकै कारण उनले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृहजिल्ला गोरखा पुगेर उनी आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएन ।

    पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् ।

    अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बनेकी छिन् ।

    यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उनीहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् ।

    गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनवाी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् ।

  • सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ।

    उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे ।

    आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानाए ।

    उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा. २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ । स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ ।

    अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

  • जसपाले गर्‍याे तीन सदस्यीय पार्टी मुख्यालय समिति गठन

    जसपाले गर्‍याे तीन सदस्यीय पार्टी मुख्यालय समिति गठन

    काठमाडौं । जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ ।

    काठमाडौंमा जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको एक नेताले जानकारी दिए ।

    मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ ।

    जसपाले आगामी असारकाे १ र २ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।