Tag: झलनाथ खनाल

  • नेपाली भूमिमा मोदीको भ्रमणप्रति पूर्व प्रधानमन्त्री खनालको आपत्ति

    नेपाली भूमिमा मोदीको भ्रमणप्रति पूर्व प्रधानमन्त्री खनालको आपत्ति

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले, नेपाल सरकारको जानकारीबिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् ।
    आज एक विज्ञप्ति जारी गर्दै उनले भारत ठाडो हस्तक्षेपमा उत्रिएको भन्दै आक्रोश पोखेका छन् । उनले त्यसबारे गठबन्धन सरकारसँग जवाफ समेत माग गरेका छन् ।

    भारतीय प्रधानमन्त्रीको भ्रमणबारे नेपाल सरकारलाई थाहा थियो कि थिएन भन्दै उनले सरकारलाई आधा दर्जन प्रश्न गरेका छन् ।

    के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन ? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ? संसद भित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्दहरु निकालिरहेको छैनन ? वर्तमान गठन्बधन सरकारलाई उनले सोधेका छन् ।

    भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएको आरोप लगाएका उनले नेपाली भूमिको रक्षाका लागि अनन्तकाल सम्म लड्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानून र मर्यादाको समेत विरुद्ध छ । समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ ।’

    उनले भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा गरेको गतिविधिबारे लेख्दै यसलाई आश्चर्य जनक घटनाको रुपमा व्याख्या गरेका छन् ।

    उनले भनेका छन्, ‘असोज २५ गते बिहीबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ ।’

    कुटी, नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग रहेको इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध रहेको उल्लेख गरेका छन् ।

    उनले थपेका छन्, ‘तर भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।’

  • गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल

    गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लंघन भएकोले त्यसप्रति नेकपा एसले स्पस्ट धारणा राख्नुपर्ने बताएका छन् ।

    संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लंघन भैरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएको आधारमा गलत कामको शिकार पार्टी बन्न नहुने बताए ।

    ‘हाम्रो पार्टीले कस्तो धारणा राख्ने यो सवालमा पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुँदैन’ खनालले भने ।

    शनिबार नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को दोस्रो पार्टी पुर्नगठन दिवस पारेर आयोजित कार्यक्रममा सम्मानित नेता खनालले देशको समसामयिक सामाजिक,आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता प्रकट गरे ।

    उनले भने, ‘संविधानको रक्षा गर्न बनेको जुन गठबन्धन छ,त्यसैले नै संविधानको उल्लंघन गरेको छ । कोशीमा मात्रै हेर्नुन दुई चोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ ।’

    उनले उक्त विषयमा नेकपा एसको धारणा स्पस्ट हुनुपर्ने पनि बताए ।

    त्यस्तै, नेता खनालले जनताको दैनदिनको समस्यासँग एकाकार भएर पार्टीलाई जनसंघर्षसँग जोडेर वर्गसंघर्षलाई अगाडि बढाउनुपर्ने धारणा पनि राखे । उनले नेकपा एसका सबै कमिटीलाई तल्लो तहबाटै एकीकृत गरेर दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।

  • गुण्डागर्दी रोक्न पूर्वराजालाई खनालको चेतावनी

    गुण्डागर्दी रोक्न पूर्वराजालाई खनालको चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुण्डागर्दी र अराजकता मच्चाउने कार्य रोक्न चेतावनी दिएका छन् ।

    बिहीवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हिजो आयोजित एक कार्यक्रममा आफूमाथि अपमान भएको भन्दै उनले आपत्ति जनाए ।

    उनले उनले भने,‘ गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि हुन दिदैनौँ । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्न ुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन ।’

    आफूलाई गरेको अपमानको बदला लिने भन्दै उनले भने,‘ तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ ।’

    खनालले पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका विरुद्धका मण्डलेहरु ब्युँताउन कोसिस भएको टिप्पणी गरे ।

    उनले पूर्वराजा शाहले समाजमा भाँडभैलो मच्चाउन कोसिस गरेको भन्दै राप्रपा पार्टीको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आफूहरुसँग प्रतिस्पर्धामा आउन चुनौती दिए ।

  • माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

    माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

    काठमाडौं । एमालेसँग कार्यगत एकता वा चुनावी मोर्चा बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनिच्छुक देखिए पनि सम्मानित नेता झलनाथ खनाल भने सकारात्मक देखिएका छन् ।

    संघीय संसदको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसबाट ‘असुरक्षित’ महसुस भएकाे ठानी अध्यक्ष नेपाल माओवादी केन्द्रतिर र खनाल भने पूर्व पार्टी नेकपा एमालेप्रति सकारात्मक देखिएका हुन् ।

    पछिल्लो समयमा वामपन्थी दलबीच सकेसम्म एकता, नभए चुनावी गठबन्धन गर्नुपर्ने विषयमा जोड गरिरहेका खनाल गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारप्रति लचक मात्रै भएनन्, मत नै दिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    ‘झलनाथ कमरेडले इलामका अगुवा कार्यकर्तालाई मुखै फोरेर एमालेका राम्रा उम्मेदवारलाई मत दिन निर्देशन दिनु भएको थियो,’ इलामका तुल्सी बस्नेतले भने, ‘जसअनुसार नेकपा एस कमजोर रहेको स्थानमा गठबन्धनका उम्मेदवारलाई मत नहाली एमालेका उम्मेदवारलाई मत हालिएको थियो ।’

    त्यसो त खनालले पछिल्लो समय कांग्रेसलाई बहुमत दिलाउन निरन्तर गठबन्धन गरेर जाने हो भने ‘वामपन्थी आन्दोलन धराप’ मा पर्ने बताएका छन । नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले ‘कांग्रेसलाई पहिलो पार्टी बनाउन किन गठबन्धन गर्नुपर्ने हो ?’ भन्दै प्रश्न मात्रै गरेनन्, ‘वामपन्थीहरू कांग्रेसको पुच्छर बन्न किन जाने ?’ भन्ने अर्को प्रश्न पनि तेर्साएका छन् ।

    कार्यक्रममा खनालले वामपन्थी दलहरूबीच एकता नभए चुनावी गठबन्धन गर्न संसदको सबैभन्दा ठूलो दल एमालेले पहलकदमी लिनुपर्नेसमेत बताएका छन् । ‘संसद्को ठूलो दलका नाताले वामपन्थीहरूबीच एकता, नभए चुनावी मोर्चा बनाउन एमालेले पहलकदमी लिनुपर्छ,’ खनालले भने ।

    स्रोतका अनुसार प्रतिनिधिसभा बैठकमा भेट हुँदा होस् वा टेलिफोन वार्तामार्फत खनाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो समयमा सघन वार्ता भइरहेको छ । पूर्वएमालेहरूलाई एकै ठाउँमा ल्याउनुपर्नेमा ओली-खनाल सकारात्मक देखिए पनि अध्यक्ष नेपाल भने अझै सकारात्मक देखिएका छैनन् ।

    अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ इच्छुक देखिएका छ्न् । गत साता सो विषयमा छलफलसमेत सुरु गरेका प्रचण्ड-नेपालले जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादवसहितलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ जोड गरिरहेका छन् ।

    गत शनिबार जनकपुर विमानस्थलमा प्रचण्डले माधव नेपाललगायतसँग समाजवादी केन्द्र निर्माण गर्नेतर्फ गम्भीर कुराकानी भइरहेको र सो विषय चाँडै निचोडमा पुग्ने बताए । पूर्व पार्टी एमालेसँग मिल्नुभन्दा पनि प्रचण्डसँग नेपालको हिमचिम बढेर नै होला, खनालले सार्वजनिक रूपमा भन्दै आएका छन्- ‘वामपन्थी एकता अनिवार्य छ तर शीर्ष नेताहरू नै त्यसप्रति इच्छुक छैनन्, जसले समस्या देखा परिरहेको छ ।’ नेकपा एसका अधिकांश नेता एमालेसँग ‘मिल्नुपर्ने’मा जोड गरिरहेका बेला सो पार्टीको मूल नेतृत्व अर्थात् अध्यक्ष नेपाल ‘इच्छुक नभएपछि’ खनाल भने दोधारमा परेकाे नेताहरू बताउँछन् ।

  • सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ

    सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ

    काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ । सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो ।

    कार्यक्रममा खनालले एमालेको संसद् अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर नौ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।

    दुई दुई पटक संसद भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनर्स्थापित संसदमा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको खनालको भनाइ छ ।

    संसद् भंग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले जवाफ फर्काएका छन् । एमाले संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद् अवरोध अहिलेको कुरा गर्नु भयो । विगतमा पनि अवरोध भएको थियो । को-को थियाैं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

    के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

  • सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास भयाे : झलनाथ खनाल

    सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास भयाे : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् ।

    ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराश छाएको बताए । ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो । यसकारण जनतामा निराशा छ,’ उनले भने ।

    सनकभरमा संसद भंग गर्दा गैरदलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए ।

    ‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन् । अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ? संसद राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ । सनकको भरमा संसद भंग गर्ने प्रवृत्तिले हो, गैरदलीय प्रवृत्ति अगाडि आएको । यसकारण हामीले संसदलाई जनताको, राष्ट्रियताको बहसकोथलो बनाउन आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने ।

  • मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ : नेता खनाल

    मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ : नेता खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

    नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको नर्णियलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।

    ‘बुधबार सचिवालयको बैठक बसेको थियो चाडै नै पोलिटब्यूरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौंद्वारा वुधबार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषद्मा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ ।’

    मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

  • मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग छैन : झलनाथ खनाल

    मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग छैन : झलनाथ खनाल

    काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग नभएको बताएका छन् ।

    शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् ।

    आफ्नो पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाएका छन् । आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निणर्य गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताए ।

    ‘मैले धेरै पटक यसको जवाफ दिईसकें । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन,’ उनले भने ।

    नेता खनालले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरेका छन् ।

  • झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

    झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

    इलाम । इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् ।

    गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेपाल कम्युनिस्ट पार्टी नेकपा एसले पाउने सम्भावना थियो । जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो ।

    नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राईनै उम्मेदवार हुने चर्चा थियो । राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए ।

    नेकपा एमाले विभाजन हुँदा राई सहित एमालेबाट निर्वाचित बहुसंख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए । त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो । तर, कांग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ ।

    सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली कांग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ ।

  • झलनाथ खनालको दाबी : आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्छ

    झलनाथ खनालको दाबी : आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले निकै ठूलो हार व्यहोर्ने दावी गरेका छन् ।

    शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गरेका हुन् ।

    उनले केपी ओली नेतृत्वको एमाले गुटमात्र भइरहेको तर्क गरे । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे । उनले पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद नै भएको बताए ।

    यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दावी गरे ।