Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

  • नयाँ दिल्ली उड्न लागेकाे एयर इन्डियाकाे जहाजमा समस्या

    नयाँ दिल्ली उड्न लागेकाे एयर इन्डियाकाे जहाजमा समस्या

    काठमाडौं । नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थल स्राेतले जनाएकाे हाे ।

    जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेकाे छ ।

    एयर इन्डियाको जहाजमा रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

    समस्या आएकाे एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।

  • समस्या देखिएपछि भैरहवा उड्न लागेको बुद्धको जहाज धावनमार्गबाट फिर्ता

    समस्या देखिएपछि भैरहवा उड्न लागेको बुद्धको जहाज धावनमार्गबाट फिर्ता

    काठमाडौं । समस्या देखिएपछि भैरहवा उड्न धावनमार्गमा केही बेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजले टेकअफ रद्द गरेको छ ।

    त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो । तर, अचानक ‘इण्डिकेसन’ समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो ।

    जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ । त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।

    धावनमार्गमा दाैडिसकेकाे जहाजले टेकअफ रद्द गर्नुलाई ‘एबन्डेन टेक अफ’ भनिन्छ ।

  • त्रिभुवन विमानस्थलको अध्यागमन विभागकाे सर्भर डाउन, उडान प्रभावित

    त्रिभुवन विमानस्थलको अध्यागमन विभागकाे सर्भर डाउन, उडान प्रभावित

    काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएकाे छ ।

    सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएकाे विमानस्थल स्राेतले बताएकाे छ ।

    सर्भर बिग्रिएका कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३/४ सय यात्रु आक्रोशित भएर बसेका छन् ।

  • त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

    काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

    कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो ।

    उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए ।

  • मुम्बई उड्न लागेको जहाज राेकियाे, २ जना शंकास्पद व्यक्ति पक्राउ

    मुम्बई उड्न लागेको जहाज राेकियाे, २ जना शंकास्पद व्यक्ति पक्राउ

    काठमाडौं । मुम्बई जान जान लागको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ ।

    प्रहरीलाई सो विमानमा रहेका शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर जाँच गरेको हो ।

    जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको विमानस्थल स्राेतले जनाएकाे छ ।

  • सबै आन्तरिक उडान नियमितरूपमा सञ्चालन

    सबै आन्तरिक उडान नियमितरूपमा सञ्चालन

    काठमाडाैं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्ने भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपालकाबीच मंगलबार राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित सञ्चालन गर्ने भएका हुन् ।

    मंगलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।

  • बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

    बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

    काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै उडान राेक्ने घाेषणा गरेकाे हाे ।

    संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

    विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

    यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने, देखिनेछ आकाशमा धुँवाको मुस्लो

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने, देखिनेछ आकाशमा धुँवाको मुस्लो

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार आधा घण्टा बन्द हुने भएको छ ।

    त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको हो ।

    यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने छन् ।

  • त्रिभुवन विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

    काठमाडाैं । एक राउण्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक महिला पक्राउ परेकी छन् ।

    सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

    बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

  • मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

    मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

    काठमाडाैं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

    उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे पुन: काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।

    नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धअन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो ।