Tag: नेकपा एकीकृत समाजवादी

  • चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया : बीआरआईबारे विवाद अनावश्यक

    चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया : बीआरआईबारे विवाद अनावश्यक

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल शनिबार चीन प्रस्थान गरेका छन् । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन् ।

    चीन प्रस्थान हुनुपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा नेपालको विकास र निर्माणका अनेकौ सहयोगहरु आवश्यक रहेको बताए । उनले बीआरआई चीनले अगाडि सारेको र यस बारेमा नेपालमा भइरहेको विवाद अनावश्यक भएको प्रतिक्रिया दिए ।

    साथै मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ । साताव्यापी भ्रमण सकेर नेता खनाल डिसेम्बर ७ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

  • वर्तमान सरकार ठोस नीति लिएर अगाडी बढ्न सकेन : पूर्व प्रधानमन्त्री खनाल

    वर्तमान सरकार ठोस नीति लिएर अगाडी बढ्न सकेन : पूर्व प्रधानमन्त्री खनाल

    काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपाल दास्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको बजेट,नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताको आधार अघि बढ्न नसकेको बताए ।

    सरकार देशका उत्पादन र कृषिलाई अगाडी बढाउँने कुनै ठोस् नीति लिएर अगाडि बढ्न नसकेको भन्दै उनले हिजोकै नवउद्दारवादी चिन्तनको धरातलबाट दौडीरहेको टिप्पणी गरे ।

    उनले भने, ‘मानिसको जीवन झन झन संकटमा पर्दै गएको छ । देशका उत्पादनलाई कसरी बढाउँने कृषिलाई कसरी अगाडी बढाउँने यो कुरामा सरकारले कुनै ठोस् नीति लिएर अगाडि बढ्न सकेको छैन् । परम्परागत विधिमा नै छ । अहिलेका जुन नीति र कार्यक्रम छन् । बजेटहरु आएका छन् नयाँ केहि देखीन हिजोकै नवउद्दारवादी चिन्तन नै हो । त्यसकैं धरातलबाट नै सरकार दौडीरहेको छ ।’

    उनले जनताले कुनै पनि पार्टीलाई विश्वास गर्न नसक्ने अवस्था आएको भन्दै देशमा राजनीति अस्थिरताको चक्र सुरु भएकाले जनतामा अविश्वास प्रकट भएको तर्क गरे।

    उनले भने, ‘हाम्रो देशमा राजनीति अस्थिरतरताको दौड चक्र सुरु भएको छ । पछिल्लो चुनावमा नेपाली जनताले माथि संघीय संसदमा मात्र होईन सबै प्रदेश संंसदहरुमासमेत कुनै पनि एउटा पार्टीलाई समेत विश्वास गर्न सक्ने स्थिति बनेन यो जनतामा प्रकट भएको अविश्वासको चरम अवस्था हो ।’

    समाजमा दलाल पुँजीवाद विचौलीयाहरु, भ्रष्टाचारी र तस्करहरु हावी भएको उनको भनाइ छ ।

  • पार्टी कम्युनिष्ट आन्दोलनको विकल्पको रुपमा उदाउँदै छ : नेकपा एस

    पार्टी कम्युनिष्ट आन्दोलनको विकल्पको रुपमा उदाउँदै छ : नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठकले, आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनकै विकल्प बन्दै गएको ठहर गरेको छ ।

    काठमाडाैंमा आइतबार र सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले, बैठकमा पार्टी बलियो बन्दै गएको दाबी गरेका हुन् ।

    उनले भने ‘हाम्रो पार्टी नै कम्युनिष्ट आन्दोलनको विकल्पको रुपमा प्रस्तुत भएको उत्तम विकल्प हो । सम्पूर्ण कम्युनिष्ट विचार र पार्टीहरुलाई एकतावद्ध गरेर अगाडि बढ्ने क्षमता राख्द छ । त्यसकारण यो कोणबाट हाम्रो पार्टी सबल रुपमा देखा पर्नुपर्छ भन्ने कुरा छ ।’

    उनले हिजो र आज गरेर अध्यक्षसहित अन्य नेताहरु गरेर ४८ जना पोलिटब्यूरो सदस्यहरुले आफ्नो भनाइ राखेको जानकारी दिए ।

    ‘अध्यक्षले पार्टीले अबको दिनमा पार्टीका कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने भन्ने कुरालाई जोड दिनु भएको छ । साथै हामीले विद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालीन सत्तावादको नेतृत्व गरेका केपी ओलीले समाप्त गसिरसक्ने र हाम्रो कार्यकतामाथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि जानकारी गराएको छ ।’ उनले भने ‘पार्टीले गरेको विद्रोह राम्रो थियो । नेपालको हितका लागि लड्ने प्रतिवद्धतालाई केन्द्रीय कमिटिको बैठकमा धेरै प्रस्तावसहिद अगाडि बढाउने छौ । पार्टी एकतावद्ध भएर अगाडि बढ्ने छ ।’

  • एमालेप्रति समाजवादी जिल्ला अध्यक्षको टिप्पणी: विचार शून्य भएको आत्मानुभूति छैन, मोर्चा बनाउनेमाथि औँला ठड्याउन हतारो

    एमालेप्रति समाजवादी जिल्ला अध्यक्षको टिप्पणी: विचार शून्य भएको आत्मानुभूति छैन, मोर्चा बनाउनेमाथि औँला ठड्याउन हतारो

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका बागलुङ जिल्ला कमिटी अध्यक्ष लाल थापाले नेकपा एमालेका नेताप्रति कडा टिप्पणी गरेका छन् ।

    समाजवादी माेर्चा बनाएकाेमा नेकपा एमालेले औँला उठाएकाे भन्दै उनले एमाले पार्टी आफैँ विचारविहीन झुण्ड भएकाे उल्लेख गरेका छन् ।

    उनले आफ्नाे पार्टी विचारविहीन भइरहेकाेमा आत्मानुभुति नगरेकाे र उल्टै समाजवादी मोर्चा निर्माण गर्नेमाथि औँला ठड्याउन हतारो गरेकाे भन्दै टिप्पणी गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ‘एकथरि साथीहरूलाई आफू विचार शून्य भएको र आफ्नो पार्टी विचारविहीन झुण्डमा परिणत हुँदै गरेको प्रति आत्मानुभूति छैन, उल्टै समाजवादी मोर्चा निर्माण गर्नेमाथि औला ठडाउन हतारो छ ।’

    उनले एमाले नेतालाई समाजवादको भ्रुण बोकेर हिँड्ने हो कि दलाल पुँजीवादको तलुवा चाटेर रमाइलो मानिरहने हो ? भन्दै प्रश्न पनि गरेका छन् ।

    ‘कष्टप्रद भएपनि समाजवादको मार्ग पहिल्याउन मोर्चा कसेर बस्ने हो कि पार्टीलाई मेलापर्व आयोजक कमिटी जस्तो बनाउने र आफू रामरमिताको रमिते भएर बस्ने हो ? फुट र विघटनमा थप्पडी मारिरहने र जुट्न कोसिस गरेकालाई खिसी गरिरहने हो कि ध्रुवीकरण र एकताको पक्षपोषण गर्ने हो ? यहीबाट वर्ग चरित्र प्रष्ट हुँदैन र!’ उनकाे भनाइ छ ।

  • समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी, अन्य काे-काे भए विजयी ?

    समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी, अन्य काे-काे भए विजयी ?

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् ।

    काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गरेर जित हासिल गरेका हुन् । सुवेदीले १४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले ११९ मत प्राप्त गरे।

    अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।

    यसैगरी, खुलातर्फ उपाध्यक्षमा नवराज छत्कुल्ली १५० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेन्द्र कुवरले ११६ मतमात्र पाए ।

    महिला उपाध्यक्षमा अस्मिता गिरी १७१ मत ल्याएर विजयी भइन् । उपाध्यक्ष सुदुरपश्चिममा नरेन्द्र भट्ट १७४ मतसहित विजयी भएका छन् ।

    अन्य पदाधिकारी, कसले कति पाए मत ?

    महासचिव :
    रामकुमार एलन : १३९ विजयी
    हृदय भुसाल: १३०
    मतान्तर : ९

    उपमहासचिव :
    प्रेम गौतम :१६४ विजयी
    प्रतिज्ञा बुढा मगर :१२२ विजयी
    लेखनाथ सिकारु: १३९ विजयी
    गोविन्द प्रसाद सुबेदी : ८०
    धनराज बास्तबिक:८२
    सबिन शर्मा : ७०
    देवि प्रसाद सापकोटा :८२

    सचिव (खुला) :
    आशिष गुरागाइ : ८६
    शिव प्रसाद ढुंगाना :११७ विजयी
    धनवीर दाहाल : ६३
    समर रोकाया: ४१
    अनिल शाही : १३६ विजयी
    निर्मल अधिकारी : ७९
    पुर्ण ब. कार्की : ८६ विजयी
    शिवलाल सुबेदी : ७२
    तपेन्द्र कुवर : २५

    सचिव (महिला) :
    क्रान्ति न्यौपाने :१२८ विजयी
    रमा न्यौपाने : ४२
    कालिका सिवाकोटी : १०२

    सचिव (दलित) :
    प्रदिप नेपाली : १५१ विजयी
    विष्णु रैगाइ : ८९

    कोषाध्यक्ष :
    रामचन्द्र बस्नेत : २७
    कृपा भण्डारी : १३९ विजयी
    मधुकर लुइँटेल : ४०
    जमुना गजुरेल : ६०

  • राष्ट्रहितका पक्षमा खरो उत्रिन प्रधानमन्त्रीलाई सम्मानित नेता खनालको सुझाव

    राष्ट्रहितका पक्षमा खरो उत्रिन प्रधानमन्त्रीलाई सम्मानित नेता खनालको सुझाव

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रमणका क्रममा राष्ट्रिय हितका विषयहरुलाई दृढतापूर्वक अगाडी बढ्न सुझाव दिएका छन् ।

    बिहीवार काठमाडौंमा युवा संघ नेपाल प्रचार विभागद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हितका विषय दृढतापूर्वक अघि बढाउन आग्रह गरे ।

    यसअघिका भ्रमणमा हुने गरेका जस्तै गल्ति नदोहो¥याउन उनलाई खनालको सुझाव छ ।

    उनले भने,‘ हाम्रो देशका राष्ट्रिय हितका विषयहरुलाई दृढतापूर्वक अगाडी बढाईयोस् । यो नै नेपालीहरुको चाहाना हो । यो भन्दा अगाडी जेजे कुरामा विद्रोह हुँदै आएको छ । यो भ्रमणबाट त्यो कुरापनि विग्रियो भनेर आउनुभयो भने नेपालीहरुले औंला ठड्याउन नपरोस् । ’

    उनले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध मात्र नभई राष्ट्रघाती काण्ड भएको टिप्पणी पनि गरेका छन् ।

    नेपालीलाई विदेशी नागरिक बनाएर अमेरिका लगिनु लज्जास्पद् भन्दै उनले दोषिमाथि कडा कारबाही हुनुपर्ने बताए ।

    उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य अपराध होईन संगठित अपराध त हुँदै हो । राष्ट्रघाती काण्ड र देशद्रोही काण्ड हो । जहाँ हाम्रा देशका विभिन्न पार्टीका उच्च पदमा रहेका मानीसहरु संलग्न भएर नेपालीलाई विदेशी नागरिक बनाएर अमेरिका लग्ने यो जस्तो लज्जास्पद् कुरा अरु हुँदैन ।’

  • पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

    पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।

    एकीकृत समाजवादीले बुधबार विज्ञप्ति प्रकाशित गरी खनाल सहभागी कार्यक्रममा मञ्चमै पुगेर दुर्व्यवहार गरिएको भन्दै कारबाही गर्न भनेको हो।

    ‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ,’ पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस्।’

    पुराना वामपन्थी नेताहरूले मंगलबार अनामनगरमा भारतले नवनिर्मित संसद् भवनको भित्तामा नेपालका भूभागसमेत उल्लेख गरेर नक्सा राखेको बारे विमर्श गरेका थिए।

    कार्यक्रममा पुगेका केही युवाले खनालले राजावादीहरूको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति दिने गरेको भन्दै प्रश्न उठाएका थिए।

    समूहमा रहेका युवाले होहल्ला र नाराबाजी गर्न थालेपछि सुरक्षा फौज बोलाएर उनीहरूलाई बाहिर निकालिएको थियो।

  • झलनाथ खनाल भन्छन्- तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनाैँ

    झलनाथ खनाल भन्छन्- तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनाैँ

    धनुषा । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना गरिएकाे सहभागी हुन जनकपुरधाम आइपुगेका सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

    जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।

    उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए । खनालले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए ।

    देशकाे पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने पनि उनले बताए ।

  • एकीकृत समाजवादीका बेदुराम भुसाल शिक्षामन्त्री

    एकीकृत समाजवादीका बेदुराम भुसाल शिक्षामन्त्री

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् ।

    नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको बताएका हुन् । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् ।

    भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

    माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन् ।

     

  • तीनवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने एकीकृत समाजवादीकाे निर्णय

    तीनवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने एकीकृत समाजवादीकाे निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ ।

    बुधबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    ‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’बैठकपछि खतिवडाले भने, ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौँ ।’

    उनले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताए ।

    यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।