Tag: नेकपा एकीकृत समाजवादी

  • नयाँ मन्त्रिहरुको सपथ आज हुन सक्छ, केही मन्त्रिकाे राजीनामा मेराे गाेजीमा छ : माधव नेपाल

    नयाँ मन्त्रिहरुको सपथ आज हुन सक्छ, केही मन्त्रिकाे राजीनामा मेराे गाेजीमा छ : माधव नेपाल

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार नै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने बताएका छन् ।

    अखिल नेपाल महिला संघ (समाजवादी)ले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आइतबार नै सपथ हुन सक्ने बताएका हुन् ।

    अध्यक्ष नेपालले भने, ‘छिट्टै नयाँ मन्त्रीहरुको सपथ हुन्छ। आजै हुने पनि संभावना छ ।’ अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह पनि गरे ।

    नेपालले अगाडि भने, ‘बाहिर चलेका कुरा नसुन्नूहोस् । इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्छ । पार्टीको निर्णय अक्षरस कार्यान्वयन हुनेमा ढुक्क हुनुहोस् ।’

    अध्यक्ष नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताए । अध्यक्ष नेपालले भने, ‘केही मन्त्रीहरुको राजीनामा मेरो गोजीमा छ ।’

  • हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौँ : अध्यक्ष नेपाल

    हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौँ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् ।

    केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ ।

    यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी उनले गरे ।

    कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

  • नेकपा एकीकृत समाजवादीका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

    नेकपा एकीकृत समाजवादीका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

    काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।

    उनीहरूले शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ ।

    सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता गरेका छन् । पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए ।

  • एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए आठ बुँदे पत्र

    एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए आठ बुँदे पत्र

    काठमाडौं । एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ ।

    तहको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री देउवाले लामो समयसम्म पनि कार्यान्वयन गरेका छैनन् ।

    सरकारमा सामेल हुने बेला नै एकीकृत समाजवादीले ६ महिनापछि मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने सहमति गरेको थियो । तर, मन्त्री भएको आठ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन भएको छैन । बरु उल्टै यो विषय चर्किंदै गएको छ । अहिले एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसिरहेको छ ।

    बैठकअघि नै सो पार्टीका १० सांसदले मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

    संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन्। यस्तै, सांसदहरु गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरु जैरुले पनि संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले पार्टीका मन्त्रीहरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

    ‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेको भन्दै गम्भीर असहमति व्यक्त गरेका छन् ।

    यस्तो छ आठ बुँदे माग

    १. आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न।

    २. पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुरयाउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन।

    ३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजैरभोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

    ४. मन्त्रीहरुले संसद्‌मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं।

    ५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं।

    ६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैहसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

    ७. मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

    ८. यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

  • मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन देउवालाई दोष !

    मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन देउवालाई दोष !

    काठमाडाैं । गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो ।

    एमाले विभाजका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए । नेकपामा भएको अन्तरसंघर्षमा साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा एकीकृत दल बन्न सकेको थियो ।

    एकीकृत समाजवादी गठन भएको करिब ७ महिनामा एकीकृत समाजवादीले स्थानीय चुनावमा प्रतिस्पर्धा गर्‍यो । पाँच दलीय सत्ता गठबन्धन गरेर मैदानमा उत्रिएको समाजवादीले त्यति राम्रो सफलता हात पार्न नसकेको स्वयं उक्त दलका अध्यक्ष नेपालले स्वीकार गरिसकेका छन् ।

    उनले आफ्नो दलको कमजोर प्रदर्शनमा गठबन्धनका दलहरु इमान्दार नभएको र आफूहरुलाई अपमान गर्न खोजिएको बताउँदै आएका छन् । सम्मानित नेता झलनाथ खनालले त बारम्बार गठबन्धनले अपमान गरेको र इमान्दार नभएको भन्दै चर्को आलोचना गर्ने गरेका छन् ।

    खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको टिप्पणी गर्दै बुधबार भनेका थिए,‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौं, नौ होइन, २० लाखभन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौं । यसमा हाम्रा पनि केही त्रुटि कमजोरी रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्‍यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौं । त्यति सिट पनि प्राप्त गर्न सकेनौं । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

    सत्ताले संकट

    नयाँ पार्टी एकीकृत समाजवादी सत्ताका कारण केही दिन यता समस्यामा रुमलिएको छ । जसको दोष उसले प्रधानमन्त्री शेरबहादुर देउवालाई लगाइरहेको छ । पार्टी बिभाजनपछि एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै मन्त्री पठाएको शीर्ष नेताहरुले बताइरहेका छन् । ६ महिना कटेपछि नै यसअघि मन्त्रीको सूचीमा रहेर पनि बन्न नपाएकासहितले नेतृत्वमाथि दबाब बढायो । जसका कारण संसदमा बजेट पेस भएको केही दिन पछिनै एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्दै निर्णय गर्‍यो । मन्त्री बन्नेको सूचीमा रहेकाहरु शपथका लागि तयारीमा जुटे तर निर्णय कार्यान्वय हुन सकिरहेको छैन । जसको दोष एकीकृत समाजवादीले प्रधानमन्त्रीमाथि लगाइरहेको छ ।

    २२ जेठमा एकीकृत समाजवादीको सचिवालयल गरेको निर्णय २० दिन हुनै लाग्दासमेत कार्यान्वयन नभएपछि उक्त दलले प्रधानमन्त्री देउवामाथि दबाब बढाएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बहीबार मध्याह्न तिरै केही घण्टामा नयाँ मन्त्री बन्ने दाबी गरेका थिए । ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भनेका थिए ।लतर, रातिसम्म यसबारे केही जानकारी बालुवाटारबाट आएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

    पार्टी बैठकले गरेको विषयलाई अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट कार्यान्वयन गराउन नसकेको भन्दै बुधबारदेखि बसेको सचिवालय बैठकमा नेताहरुले आलोचना गरिरहेका छन् । सम्मानित नेता खनालले त प्रधानमन्त्री देउवाले आफूहरुलाई अपमान गरेको भन्दै टिप्पणी गरेका छन् । गठबन्धनको बैठकमा अध्यक्ष नेपालले मन्त्रीको हेरफेरबारे पार्टीले निर्णय कार्यान्वयन गराउन जोड गरिरहेका छन् तर प्रधानमन्त्री देउवाले त्यसलाई वेवास्ता गरिरहेका छन् । देउवा बजेट दुवै सदनबाट पास भएपछि मात्र मन्त्री हेरफेर गर्ने पक्षमा छन् । अहिले एकीकृत समाजवादीका मन्त्री फेर्दा आफ्नो दलमा झेल्न पर्ने दबाब र माओवादी केन्द्रमा पनि यसबारे पर्ने प्रभाव बारे उनी र प्रचण्ड सतर्क देखिएका छन् ।

    त्यसोत सरकारमा रहेका एकीकृत समाजवादीका नेताहरु तत्काल सत्ताबाट बाहिरिने पक्षमा छैनन् । बिहीबारमात्र अध्यक्ष नेपालको निवास कोटोश्वरमा झाँक्री, प्रेम आले लगायतले असन्तुष्टि पोखेका थिए । त्यसक्रममा उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

    कमजोर खेल

    नेकपा एमालेका शक्तिशाली महासचिव १ दशक भन्दा लामो समय चलाएका माधव नेपाल समकालीन नेपाली राजनीतिका शीर्ष नेताको अग्रस्थानमा आउँछन् । २०४६ सालपछिको राजनीतिक हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निभाउँदै आएका नेपालको नेतृत्व भने कमजोर मानिने गरेको छ । तत्कालीन समयमा एमालेको नेतृत्व गरेका उनीमाथि निर्णय क्षमता कमजोर भएको नेताको ट्याग लागेको थियो । राजाले शासन हातमा लिएपछि प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाने वा अन्य विषयमा पनि उनले निर्णय गर्न नसकेको र सबैको कुरा सुनेर वहकिने नेताको उपमा पाएका थिए । हरेक निर्णय गर्दा वा अन्तिम घडीमा मझधारमा उभिँदा पार्टी कमजोर भएको भन्दै उनको आलोचना हुने गरेको थियो । जसका कारण हकी स्वभावका र गरेको निर्णयमा कडा रुपमा उभिने ओली विकल्प बनेर निस्किए र नेपाललाई नै अध्यक्षमा पराजित गरे ।

    त्यसैले कतिपयले एकीकृत समाजवादीमा अहिले मन्त्री फिर्ता गर्ने निर्णयलाई नेपालको त्यही कमजोरीको उपजका रुपमा लिइरहेका छन् । एकीकृत समाजवादीका एक नेताले पार्टी नेतृत्वको कमजोरीका कारण समस्या देखिएको तर्क गरे । ‘निर्णय गर्नेबेलामा सवै पक्षबारे विचार गरेर गर्नु पर्नेमा दबाबमा निर्णय गर्दाको परिणाम हो यो,’ उनले भने, ‘भर्खर बन्दै गरेको पार्टीले यस्तो खालको समस्यामा फस्दा कार्यकर्तामा निरासा छाउँछ । आफू निर्णय गर्ने र दोष देउवालाई लगाउने खालको क्रियाकलापले फाइदा पुग्दैन ।’

  • कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त

    काठमाडौं । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले असहमति प्रकट गरेका हुन् ।

    कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।

    ‘हामीलाई किन हटाउनु पर्‍यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भइरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन्,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’

    झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो ।

    कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए ।

    उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

    स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।

    स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा बिषय लागू गरिदिनुहोस– पहिलो राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस् ’, मन्त्रीद्वयले प्रस्ताव गरेका थिए ।

    कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

    बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुईवटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि बिहीबार साँझ कोटेश्वरको माहौल नरम हुन पुगेको थियो ।

  • एकीकृत समाजवादीको लगातार पोलिटब्युरो, केन्द्रीय र केन्द्रीय परिषदको बैठक

    एकीकृत समाजवादीको लगातार पोलिटब्युरो, केन्द्रीय र केन्द्रीय परिषदको बैठक

    काठमाडौं । एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ ।

    पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्युरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने स्रोतले बतायो ।

    बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।

    एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएको छ । उसले असारमै सिटको भागबन्डा टुंग्यान दबाब दिँदै आएको छ ।

  • केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुन्छ : अध्यक्ष नेपाल

    केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुन्छ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताएका छन् ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए ।

    आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

    बैठकपछि सम्पादकहरूसँगको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल गर्ने निर्णय भएको बताएका हुन् ।

    ‘कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ । आज पनि त्यसबारे छलफल भयो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ,’ उनले भने ।

  • काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

    काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

    काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी भएका छन् ।

    धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् ।

    यस्तै, सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भएका छन् । विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरे ।

    काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख/अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो ।

    कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो ।

  • विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय : माधव नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन् ।

    सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।

    ‘विदेशी सेना नेपालमा छन् भन्ने मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भीर कुरा हो । कहाँ छन्। कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ’, उनले भने ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्नेसमेत बताए ।

    अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने स्पष्ट पारे ।