Tag: नेकपा एकीकृत समाजवादी

  • २०० युनिट बिजुली नि:शुल्क उपलब्ध गराउनेसहित यस्ता छन् नेकपा एसकाे चुनावी घाेषणापत्र (पूर्णपाठ)

    २०० युनिट बिजुली नि:शुल्क उपलब्ध गराउनेसहित यस्ता छन् नेकपा एसकाे चुनावी घाेषणापत्र (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई समावेश गरेको छ । घोषणापत्र अनुसार प्रत्येक घर परिवारलाई मासिक दुई सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन् ।

    नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ । यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ पाँच दलीय गठबन्धनबाट अघि बढिरहेको छ ।

  • एमालेबाट निर्वाचित बेदकाेट नगरपालिकाका मेयर समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

    एमालेबाट निर्वाचित बेदकाेट नगरपालिकाका मेयर समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

    कञ्चनपुर । नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् ।

    मेयर चन्दसँगै बेदकोट नगरपालिकाका विभिन्न पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै, पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् ।

    एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका हुन् ।

    १० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । चन्दकै कारण बेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो ।

    एमालेमा रहँदा माधव नेपाल समूहमा रहेका चन्द नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा लडेका थिए । जहाँ उनी पराजित भएका थिए । पार्टी विभाजनसँगै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै आएका चन्द अन्ततः समाजवादीमा लागेका हुन् ।

  • पार्टीलाई बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल

    पार्टीलाई बलियो बनाउनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले शनिबार आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे । उनले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे ।

    अध्यक्ष नेपालले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित पर्यटन, संस्कृति तथा नागरिक उड्डयमन्त्री प्रेम आले नेकपा एमालेमा फर्किने चर्चा हल्लामात्रै रहेको स्पष्ट पारे । ‘उहाँहरु एमालेमा फर्किने भनेर भ्रम फैलाइएको छ, त्यस्तो भ्रमबाट विचलित हुनुपर्दैन,’ नेपालले भने ।

  • आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्नुपर्छ : झलनाथ खनाल

    आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्नुपर्छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका हुन् । उनले मुलुकलाई निकास दिनका लागि गठबन्धनका आवश्यकता र औचित्य पुष्टि भइसकेको धारणा राखे ।

    उनले निर्वाचनमा पार्टीको घोषणापत्रका साथ तयारीमा जुट्न निर्देशन दिए । त्यस्तै खनालले एमालेले पटक पटक संविधान उलंघन गर्ने काम गरेको भन्दै आगमी निर्वाचनमा शुन्य मत दिएर दण्डित गर्नुपर्ने बताए ।

    उनले राष्ट्रियताको संघर्षलाई उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।

  • केन्द्रीय कमिटी बैठकले उत्साह थपेको छ, चुनावसम्म समाजवादीमा प्रवेश गर्नेको लहर चल्छ : चुनु केसी खड्का

    केन्द्रीय कमिटी बैठकले उत्साह थपेको छ, चुनावसम्म समाजवादीमा प्रवेश गर्नेको लहर चल्छ : चुनु केसी खड्का

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य चुनु केसी खड्काले अब चुनावसम्ममा समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने दाबी गरेकी छन् । हुलाक सञ्चारसँगको कुराकानीको क्रममा उनले यस्तो दाबी गरेकी हुन् ।

    उनले अहिले विविध कारणले समाजवादीमा आवद्ध हुन नसक्नुभएका साथीहरु अब चुनावअघि आवद्ध हुने बताएकी हुन् ।

    उनले महिलाका लागि आरक्षणमात्र नदिएर प्रतिस्पर्धाका लागि सक्षम बनाउनुपर्ने विचार पनि राखेकी छन् ।

    उनले भानिन्, ‘पुरुषसँग प्रतिस्पर्धामा आउनका लागि महिलाका लागि आरक्षणमात्र होइन, सँगसँगै प्रतिस्पर्धा गर्नका लागि सक्षम बनाउनपर्छ ।’ समाजवादी पार्टीले यो अवसर महिलाहरुका लागि दिन्छ भन्नेमा विश्वस्त भएको पनि उनले बताइन् ।

    विगतमा नेकपा एमालेमा हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका व्यक्तिलाई चुनावमा सहभागिता गराएको, नेतृत्वको लागि क्षमता हुँदाहुँदै पनि बेवास्ता गरेको आरोप पनि लगाएकी छिन् ।

    उनले अब नेकपा एकीकृत समाजवादीको मुख्य एजेण्डा देशभर स्थानीय तहमा संगठन निर्माणमा सहभागी हुने, संगठन निर्माण गरेर चुनावी अभियानमा लाग्ने रहेको पनि स्पष्ट पारिन् ।

    हेर्नुहोस् भिडिओ :