Tag: नेकपा एमाले

  • प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

    प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए ।

    चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधारको संकेत दखिँदैन ।

    यही कारण ओली नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिताजनाए । तर कुनै एक विषयमा पनि ‘स्थायीत्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ ।

    प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्याङ्कन भने लगभग शून्य नै छ । बितेको एक हप्तामा अर्थात चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितेको स्पष्ट देखिन्छ ।

    चैत १ गते प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए ।

    चैत २ गते ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ मा सहभागी भए ।

    जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे । ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए ।
    चैत ३ गते ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गरे ।

    जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव हुने बताए । ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

    यसैगरी चैत ५ गते ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक सम्पन्न गरे । जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिए।

    चैत ६ गते ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता गरे । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए ।
    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । यसैगरी सोही दिन नै ओली संसद्मा प्रस्तुत गर्न पुगे । जहाँ उनले हरेक सांसदहरुका प्रश्नहरुको जवाफ आखाँ चिम्लेरै दिए । उनले संसदमै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे ।

    चैत ८ गते ओली नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे ।

    जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे ।

    उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’

    सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीको पत्र हो, तर त्यसको भित्री तात्त्विकता शून्य छ । महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन् । उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई ठूलो देखाउने र कसमसाउने नै रहेको बुझ्न सकिन्छ ।

  • एमाले छाड्नेहरुप्रति गाेकुल बास्काेटाको टिप्पणी: खाएकाे थालमा चुठ्नु राम्राे होइन

    एमाले छाड्नेहरुप्रति गाेकुल बास्काेटाको टिप्पणी: खाएकाे थालमा चुठ्नु राम्राे होइन

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति व्यङग्य गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने टिप्पणी गरेका छन् ।

    झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनले बताएका छन् ।

    आइतबार सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सके जति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’

    उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुने स्मरण पनि गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’

    आइतबार नै नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले सत्तारुढ नेकपा एमाले छाडेको घोषणा गरेका थिए ।

    सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

  • एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता

    एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ ।

    एक महिलाले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरी स्रोतले जनाएको हाे ।

    जाहेरीमा बस्नेतले पटक–पटक बलात्कार गरेको, गर्भपतन गराएकाे आराेप लगाइएको छ । साथै, जाहेरीकर्ता महिलाले आफू बस्ने अपार्टमेण्टमा बस्नेतले केटाहरु पठाएर मोबाइललगायत डिभाइस लेगेको र कुटपिटसमेत उल्लेख छ ।

    प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

     

  • मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत

    मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत

    काठमाडौं । युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन् ।

    एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले पुष्पलाल र मध्यपहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने दाबी मात्र गरेनन् ओलीबाहेक अरु नेतालाई हिँड्ने अधिकारसमेत नभएको बताए ।

    ‘मध्यपहाडी र पुष्पलाल राजमार्ग भनेर बनाउने गौरवपूर्ण जस भएको पार्टी एमाले हो,’ उनले भने, ‘त्यही भएर मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ, अरु कुनै नेतालाई छैन । एमालेबाहेक अरु कसैलाई छैन ।’

    मध्यपहाडी राजमार्गबाटै जनतामा नयाँ जागरणको अभियान चलाउने बताए ।

     

  • भाइरल भिडियोप्रति महेश बस्नेतको टिप्पणी : ‘कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन’

    भाइरल भिडियोप्रति महेश बस्नेतको टिप्पणी : ‘कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन’

    काठमाडौं । सामाजिक सञ्जालमा महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको भाइरल भिडियो प्रति युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवासंघले सो कार्य नगरेको टिप्पणी गरेका छन् ।

    गएराती जडिबुटीस्थित इन्द्रसान व्याङ्क्वीटमा बसेका ३५ जना बढी महिलाको समुहलाई युवा संघको नाम लिएर पुरुषको समुहले बस्न नमिल्लने भन्दै सो स्थानबाट निक्लिन भनेको भिडियोमा देखिन्छ ।

    भिडियोमा कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ । भिडियोमा बोल्ने एक पुरुषले बस चढाएर उनीहरुलाई इटहरी नै फर्काइदिने भनेर कुरा गरेको सुनिन्छ ।

    सो भिडियोबारे दुर्गा प्रसाईँसँग नजिक रहेर कार्य गर्दै आएका डा. सागर ढकालसँग कुरा गर्दा उनले महिलामाथी मंगलबार राती नराम्रो व्यवहार गरेको बताएका छन् । ‘युवा संघका १५,१६ जनाको समुहमा आएका व्यक्तिहले इन्द्रसान व्याङ्क्वीटमा बास बसेका ३५ जना जति महिला दिदीबहिनीहरुलाई अभद्र व्यवहार गरेका छन् । १० बजे राती आएका उनीहरुले एक महिलामाथि लात्ति प्रहार गरेका छन्,’ ढकालले आरोप लगाए ।

    युवा संघका व्यक्तिहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको ढकालको दाबी छ । उनले प्रहरीलाई घटनाबारे खबर गरेपछि ति पुरुषको समुह भागेको बताएका छन् ।

    सो घटनाबारे यता युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवा संघकै समन्वयमा ति महिलाहरुलाई बस्ने व्यवस्था मिलाएको भन्दै उक्त कार्य नगरेको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्, ‘दुर्गा प्रसाईं जस्ता अपराधिक ब्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र ब्यक्ति विरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानियले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरेको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ । याद होस् ति ब्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरुले नै बास बस्ने ब्यवस्था गरेका हुन् । युवा संघ सधैं मर्यादित र मानविय हिसाबले अगाडि लम्कन्छ । कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन ।’

    सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति अहिले विभिन्न खाले टिकाटिप्पणी भैरहेको छ ।

  • एमालेमाथि चौतर्फी हमला भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

    एमालेमाथि चौतर्फी हमला भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमालेमाथि चौतर्फी ढङ्गले हमला भइरहेको बताएका छन् ।

    शनिबार पार्टीको रसुवा–काठमाडौं सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले चौतर्फी हमला भइरहे पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको दाबी गरे ।

    उनले भने, ‘अहिले चौतर्फी ढङ्गले एमालेमाथि हमला गरिँदै छ । त्यसको बावजुल पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको छ । एमालेलाई पराजित गर्न जुन ढङ्गले हमला गरिँदै छ गत निर्वाचनमा त्यसलाई पराजित गर्दै लोकप्रिय मत प्राप्त गर्ने पार्टी बन्यो ।’

    उनले अहिले नयाँ र पुरानो पार्टी भन्ने फेसन चलेको भन्दै एमाले पुरानो पार्टी नभई पार्टी गतिमा चलेको, गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने संगठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी भएको तर्क गरे । पुरानो पार्टी भनेर आरोप लगाउनेलाई उनले आफूहरुको गौरवपूर्ण इतिहास छ कि छैन भन्दै प्रश्न गरे ।

    उनले भने, ‘अहिले एउटा फेसन चलेको छ पुरानो पार्टी भन्ने । एमाले पुरानो पार्टी होइन, गतिमा चलेको गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने संगठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी हो । हामीलाई आरोप लगाउनेसँग सोध्न सक्छौं– तिम्रो गौरवपूर्ण इतिहास छ कि छैन ?’

    उनले एमाले मजबुत सुदृढ नहुने हो भने राष्ट्रिय शक्ति कमजोर भई देशको अस्तित्व खतरामा पर्ने दाबी गरे ।

    यसैगरी, चाडपर्वको रमाइलो गरिरहँदा यसका धार्मिक, सांस्कृतिक प्रङ्ग सँगसगै सामाजिक सद्भाव अभिवृद्धि गर्ने मूल मर्ममा सबैको ध्यान जान आवश्यक रहेको उनले बताए ।

  • सुन प्रकरणमा संसद भवनमा अनसन बस्ने भएपछि सांसद शर्मालाई पक्राउ गरियो : रघुजी पन्त

    सुन प्रकरणमा संसद भवनमा अनसन बस्ने भएपछि सांसद शर्मालाई पक्राउ गरियो : रघुजी पन्त

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद सुनिल शर्मालाई सुन प्रकरणलाई लिएर संसद भवनमा अनसन बस्छु भनेपछि पक्राउ गराईएको दावी गरेका छन् ।

    शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग सांसद पन्तले वकिलहरुले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको बताए । अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा समेत अनसन बस्छु भनेपछि यतिखेर आएर सांसद शर्मा पक्राउ परेको प्रष्ट भएको पनि उनको भनाइ थियो ।

    उनले भने, ‘उहाँ दोषी देखिनु भएको छ भने हाम्रो भन्नु केहि पनि छैन । तर मैले वकिलहरुको केही साथीहरुको कुरा गराइबाट उहाँको म्याद नाघिसक्यो । दुई वर्ष म्याद नाघिसक्यो, अहिले जे कारणले कारबाही गर्‍याे यही सुन काण्डलाई लिएर म अनसन बस्छु संसदमा भनेको कारणले हो, त्यसमाथि अर्थमन्त्रीका साथै गृहमन्त्रीको विरुद्धमा पनि अनसन बस्छु भनेकोले पक्राउ गरेकोमा ठूलो आशंका छ ।’

  • नागरिकताको बारेमा संविधान र नियम भन्दा पर जान हुँदैन : एमाले उपाध्यक्ष नेम्वाङ

    नागरिकताको बारेमा संविधान र नियम भन्दा पर जान हुँदैन : एमाले उपाध्यक्ष नेम्वाङ

    धनुषा । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताएका छन् ।

    शनिबार पार्टीका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुरधाममा आएका पूर्वसभामुख नेम्वाङले नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने पनि प्रष्ट पारे ।

    उपाध्यक्ष नेम्वाङले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास हुन नदिने चेतावनी समेत दिए ।

    उनले भने ‘सरकारले ल्याएको बजेट भेदभावपूर्ण , संसदबाट कुनै पनि हालतमा पास हुन दिन्नौं । भौतिक पूर्वाधार मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रुपमा ल्याइएकाले समर्थन गर्न सकिदैन ।’

  • सुगौली सन्धि पछिको नेपालको नक्सा नै हाम्रो औपचारिक पोजिसन हो : महासचिव पोखरेल

    सुगौली सन्धि पछिको नेपालको नक्सा नै हाम्रो औपचारिक पोजिसन हो : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले नेपालले जारी गरेको नयाँ नक्साको सम्मान गर्नुपर्ने भन्दै यर्थाथ भन्दा बाहिर गएर महत्वाकांक्षी बन्न नहुने बताएका छन् ।

    सोमवार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले हाल सर्वत्र चर्चामा रहेको ग्रेटर नेपालको नक्साबारे स्पस्ट पार्दै सीमाङ्कनका आधारमा नेपालले जारी गरेको चुच्चे नक्साको भारतले पनि सम्मान गर्नुपर्ने धारणा राखे ।

    ‘आजको नेपालको सन्र्दर्भको सीमाङ्कनको सन्दर्भ छ,त्यो चाँही आधुनिक विश्वका परिप्रेक्ष्यको जे अवस्था छ त्यसको प्रति भारतले पनि सम्मान गर्नुपर्दछ । उसको महत्वकांक्षा अहिलेको यर्थाथ भन्दा बाहीर गएर प्रकट हुनुहुँदैन’ पोखरेलले भने ।

    उनले सुगौली सन्धि पूर्वको ग्रेटर नेपालको नक्साको सन्दर्भमा उठेको प्रश्नबारे जवाफ दिदै उक्त नक्सा नेपालीको गौरव गर्न लायक इतिहासको रुपमा सीमित रहेको स्पस्ट पारे ।
    त्यस्तै उनले सुगौली सन्धि पछिको सीमाङ्कन गरिएको नक्सा नै आजको यर्थात सत्य भएको स्मरण गराउँदै सो नक्सा नै नेपालीको अधिकार भएको बताए ।

    उनले भने, ‘सुगौली सन्धिले जुन प्रकारको सीमाङ्कन गरेको छ, त्यो सीमाङ्कनलाई हामीले हाम्रो राजनीतिक सीमाङ्कनका रुपमा दावी गर्दै आएका छौं, त्यो कुरा आजको यर्थाथ हो । जसका आधारमा हामीले गुमेको भूभागलाई समेटर नयाँ नक्सा प्रकाशित गरेका छौं त्यो हाम्रो अधिकारको कुरा हो ।’

    उनले सुगौली सन्धि पछिको नेपालको भूभाग समेटेर बनाईएको नक्सालाई नै नेपालको राजनीतिक नक्साको रुपमा प्रस्तुत गर्दै आएको र त्यहि नै नेपालको औपचारिक पोजिसन भएको स्पस्ट पारे ।

  • एमाले महासचिवकाे प्रश्न : भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने बाध्यता के हो ?

    एमाले महासचिवकाे प्रश्न : भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने बाध्यता के हो ?

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति कडा आपत्ति जनाएका छन् ।

    बुधवार राष्ट्रपति पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले सामाजिक संजालमा फेसबुक मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नागरिकता विधेयक भारत भ्रमणकै पूर्वसंध्यामा प्रमाणिकरण गनूको कारण सोधेका छन् ।

    यस्ता छन् उनका प्रश्न

    १, निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो ?

    २, विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको छः नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?

    ३, सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ?

    ४, प्रादेशिक पहिचान सहितको नागरिकताको सम्वैधानिक प्रवन्घको ठाडो उलंघन गर्न मिल्छ ?

    ५, नयां जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणिकरण गर्न मिल्छ?

    ६, संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन ?