Tag: नेकपा एमाले

  • महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

    महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

    काठमाडाैं । आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काे सचिवालय बैठक बिहीबार बस्दैछ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र  जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेकाे भाेलिपल्ट एमालेले सचिवालय बैठक डाकेकाे हाे ।

    एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् ।

    स्थानीय तहकाे निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।

    सल्लाहकार परिषद्‌काे बैठक पनि बस्दै

    एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेकाे हाे ।

  • बद्री पंगेनी, रामजी खाँड, कुलेन्द्र विकलगायतकाे स्वरमा एमालेकाे चुनावी गीत ‘म त यसै एमाले’

    बद्री पंगेनी, रामजी खाँड, कुलेन्द्र विकलगायतकाे स्वरमा एमालेकाे चुनावी गीत ‘म त यसै एमाले’

    काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा ‘सै पनि एमाले, मै पनि एमाले’ चुनावी गीत गाएर चर्चा र आलोचित भएका गायक बद्री पंगेनीको स्वरमा पुन: नेकपा एमालेको चुनावी गीत सार्वजनिक भएको छ ।

    अहिले सार्वजनिक भएकाे गीतमा पंगेनीसहित रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसीलगायतले स्वर दिएका छन् । गीतकाे भिडिओमा चर्चित माेडलहरु पनि देख्न सकिन्छ ।

    स्थानीय निर्वाचनको मुखमा सुजन लम्सालको शब्द र परिकल्पनामा पंगेनीलगायतको स्वरमा सोमबार ‘मेरो देशै एमाले, म त यसै एमाले’ गीत सार्वजनिक भएको हो ।

    हेर्नुहाेस् भिडियाे :

  • तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

    तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

    काठमाडौं । नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् ।

    एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

    उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

    उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न आग्रह गरेको छ ।

  • अवसरवादीलाई मात्रै जिम्मेवारी दिएको भन्दै एमाले नेता रायमाझीले त्यागे पार्टी

    अवसरवादीलाई मात्रै जिम्मेवारी दिएको भन्दै एमाले नेता रायमाझीले त्यागे पार्टी

    काठमाडाैं । पार्टीमा अवसरवादीलाई मात्रै जिम्मेवारी दिएको भन्दै नेकपा एमाले नेता दीपक रायमाझीले पार्टी त्यागेका छन् ।

    बागलुङ जिल्ला बडिगाढ गाउँपालिका वडा नं ७ का रायमाझीले पार्टीले आफूलाई कुनै पनि जिम्मेवारी दिन नसकेका कारण पार्टी त्यागेकाे बताएका हुन् ।

    उनले भनेका छन्, ‘एमाले पूर्व जिल्ला कमिटी तथा पूर्व क्षेत्रीय कमिटी उपाध्यक्षसम्म राजनीतिक गर्दै आएकाेमा हालसम्म पार्टीले निष्ठाकाे राजनीति नगरी स्वार्थ र अवसरवादी उन्मुख भई कुनै राजनीतिक जिम्मेवारी दिन नसक्नुकाे कारण पार्टी परित्याग गरेकाे घाेषणा गरेकाे छु ।’

  • नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहमा चुनावी गठबन्धन

    नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहमा चुनावी गठबन्धन

    काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।

    नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हाे ।

    यसअघि बुधबार नै नेकपा एमाले र कमल थापाकाे राप्रपा नेपालबीच पनि चुनावी गठबन्धन भएकाे छ । यी दुवै दलले सूर्य चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

  • नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन

    नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन

    काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।

    एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरी गठबन्धन गरेका हुन् ।

    सहमति अनुसार सम्भावित स्थानमा देशभर एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

  • अर्थमन्त्रीलाई विष्णु रिमालको प्रश्न : पैसा कहाँ छ, सिरानमुनी ?

    अर्थमन्त्रीलाई विष्णु रिमालको प्रश्न : पैसा कहाँ छ, सिरानमुनी ?

    काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पैसा कहाँ छ भन्ने कुराको जवाफ सरकार तथा अर्थमन्त्रीले दिनुपर्ने बताएका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आयात बढ्नु, विप्रेषण घट्नु र बजारबाट नेपाली रुपैयाँ गायब हुनुको कनेक्सन के हो ? भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।

    उपमहासचिव रिमालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेको बारे पनि सरकारसँग प्रश्न गरेका छन् ।

    उनले लेखेका छन्, गभर्नर निलम्बन गर्नुअघि अर्थमन्त्रीको भनाइ पढेको थिएँ – तकिया मुनिको पैसा खोज्दैछु , खोजी कहाँ पुग्यो ? पैसा कता छ ? सिरानमुनी वा काखीमुनी ? जवाफ दिनुपर्दैन ?’

    यस्ताे छ स्टाटस :

    पैसा कहाँ छ सरकार ?
    – आयात बढ्नु,
    – विप्रेषण घट्नु,
    – बजारबाट नेपाली रुपैंया गायव हुनु
    यसको कनेक्सन के हो?
    – हुण्डी कारोबारीले डलर ‘उतै’ खरीद गरी माल/वस्तु आयात गर्नु
    – डलर बराबरको नेपाली रुपैंया ‘यतै कतै’ जम्मा गर्नु
    – डलर बेच्नेले पाउनु पर्ने नेपाली रुपैंया स्रोत खुलाउनु पर्ने कारण बैंकमा जम्मा गर्न नसक्नु
    के यस्तो हुन सक्छ?
    गभर्नर निलम्बन गर्नु अघी अर्थमन्त्रीको भनाई पढ़ेको थिए–
    “तकिया मुनीको पैसा खोज्दैछु !”
    – खोजी कहाँ पुग्यो?
    – पैसा कता छ?
    – सिरानमुनी वा काखीमुनी?
    जवाफ दिनु पर्दैन?

  • यस्तो छ अर्थतन्त्रकाे अवस्थाबारे एमालेका तीन पूर्वअर्थमन्त्रीको १२ बुँदे धारणा

    यस्तो छ अर्थतन्त्रकाे अवस्थाबारे एमालेका तीन पूर्वअर्थमन्त्रीको १२ बुँदे धारणा

    काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले आफूले सत्ता छाडेको ९ महिनाको अवधिमा देशको अर्थव्यवस्था संकट उन्मुख भएको दाबी गरेको छ ।

    आइतबार देशको अर्थव्यवस्था र गभर्गनरलाई निलम्बन गरेको विषयमा पार्टीको धारणा सार्वजनिक गरी एमालेले सरकारको गतल नीतिका कारण देश श्रीलंकाको बाटोमा उन्मुख भएको दाबी गरेको हो ।

    एमालेका तीन पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे १२ बुँदे संयुक्त धारणा सार्वजनिक गरेका छन् ।

    हेर्नुहोस् उनीहरूको धारणा जस्ताको तस्तै :

  • सुरेन्द्र पाण्डे भन्छन् : नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन !

    सुरेन्द्र पाण्डे भन्छन् : नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन !

    काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त हाेइन ! भनी आशंका व्यक्त गरेका छन् ।

    अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डले श्रीलंकाले भोगिरहेको आर्थिक संकट उल्लेख गरी नेपालमा पनि यस्ताे समय आउने आशंका गरेका हुन् । उनले भने- श्रीलंकामा अर्थमन्त्री भाग्दैछन अरे । कतै नेपालमा यस्तो दिन आउने त होइन !

    पाण्डेले नेपालमा राजनीतिकभन्दा आर्थिक संकट आउने खतरा रहेको बताए । उनले वैदेशिक मुद्रामा चाप आएपछि अर्थमन्त्री र अर्थ मन्त्रालयले गर्नुपर्ने काम राष्ट्र बैंकले गरेको दाबी पनि गरे । उनले अर्थमन्त्री जनार्दन शर्माले गभर्नर निलम्बन गरेर अपराध गरेकाे तर्क पनि गरे ।

    यसअघि पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको गलत नीतिका कारण अहिले समस्या देखिएको बताएका थिए । उनले पनि नेपाल श्रीलंकाकाे अवस्थामा पुग्न सक्ने बताएका थिए ।

  • सकारात्मक कदम चालेनौँ भने देश श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    सकारात्मक कदम चालेनौँ भने देश श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    काठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् ।

    देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले भने ‘सार्थक हस्तक्षेप गरेनौँ भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौँ भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन ।’

    उपाध्यक्ष पाैडेलले सरकारले बजेटविहीन अवस्थामा केही समय मुलुकलाई राखेको कारण अर्थतन्त्रमा संकट देखिएको दाबी पनि गरे ।

    उनले भने, ‘वर्तमान सरकार अर्थात् शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा कोभिड नियन्त्रणमा आइसकेको थियो । यो सरकारले सही नीति लिएर अघि बढेको भए, अर्थतन्त्र यो अवस्थामा आउने थिएन । हामीले ल्याएको लोकप्रिय बजेटलाई अस्वीकार गरियो । प्रतिस्थापन विधेयक ल्याउनुको कारण सरकारले अहिले पुष्टि गर्नसकेको छैन । जसकारणले यो अवस्थामा मुलुक पुगेको छ ।’

    उनले तत्कालीन ओली सरकारको प्रतिरक्षा पनि गरे । उनले भने, ‘हामीले सार्वजनिक गरेको बजेट सबैले स्वागत गरेका थिए। बैंकमा तरलता अभाव थिएन । नेकपा एमालेले सरकार चलाउँदा एउटा सुदृढ अर्थतन्त्र थियो । त्यसको आधार हामीले तयार गरेका थियौँ ।’

    त्यो बाटोमा अहिलेको सरकार जान नसकेको उनको आराेप छ । उनले भने ‘अहिले अत्यन्त नकारात्मक दृष्टिकोणले अर्थतन्त्र अघि बढेको छ । चालु घाटा जोखिममा पुगेको छ, हुण्डीको कारोबार बढेको छ। आयात अनियन्त्रित बढेको छ। पुँजीगत खर्च निराशाजनक छ ।’

    पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आराेप पनि लगाए ।