Tag: नेकपा एमाले

  • गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

    गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

    काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले गम्भीर भूल गरेको टिप्पणी गरेका छन् ।

    उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग जोडेका छन् । अहिले गभर्नर निलम्बन गरेर माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको टिप्पणी पोखरेलले गरेका हुन् ।

    एमाले महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल हो गभर्नरको निलम्बन । अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैँ हुन् ।’

    सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको भन्दै शुक्रबारदेखि निलम्बन गरेको थियाे ।

  • वीरगञ्जमा केपी ओलीको गर्जन : ‘कानुनका नौ सिङ, नौ सिङमध्ये कोखाको सिङले एमालेलाई हानियो’

    वीरगञ्जमा केपी ओलीको गर्जन : ‘कानुनका नौ सिङ, नौ सिङमध्ये कोखाको सिङले एमालेलाई हानियो’

    पर्सा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले ‘कानुनका नौ सिङ भन्छन्, त्यही नौ सिङमध्ये कोखाको सिङले एमालेलाई हानियो’ भनी गठबन्धन र अदालतप्रति आक्रोश व्यक्त गरेका छन् ।

    मंगलबार वीरगञ्जमा आयोजित सभा सम्बाेधनका क्रममा उनले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी पनि गरे । ओलीले गठबन्धन अपवित्र ढंगले जन्मिएको र जनताले बनाएको सरकारलाई अधेरो कुनाका बसेर ढालिएको उल्लेख गरे ।

    उनले भने, ‘अहिलेकाे सरकार जनताकाे सरकार हाेइन । षड्यन्त्र गरेर कानुनका ९ सिङ मध्ये टाउकाकाे सिङले हाेइन, काेखाकाे सिङले हानेर अदालतबाट सरकार बनाइयाे ।’

    अदालतबाट प्रधानमन्त्री बनाउने काम भएको भन्दै उनले वर्तमान सरकार वैध र संवैधानिक सरकार नभएको पनि उनले टिप्पणी गरे । ओलीले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको आरोप लगाए ।

    ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको भनेर केही स्वार्थी मान्छेहरूले हल्ला चलाएको पनि बताए । ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताए ।

    हेर्नुहाेस् भिडियाे :

  • एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

    एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

    काठमाडौं। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।

    एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो ।

    एमालेले partyhq@cpnuml.org मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो ।

  • एमालेकाे प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले ?

    एमालेकाे प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले ?

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाे छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जान लागेका छन् ।

    तर, मुलुकका कार्यकारी प्रमुखकाे भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएकाे भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

    देउवाकाे भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रुपमा प्रश्न उठेको छ : शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’ उनले प्रश्न गरेका छन् ।

  • एमालेले माग्याे मुख्यमन्त्री केसीको राजीनामा

    एमालेले माग्याे मुख्यमन्त्री केसीको राजीनामा

    बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ ।

    बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढअर्व बढि नोक्सान पु¥याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो ।

    एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्पर्धा गराउने गरि प्रदेश पुर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजीनामा दिनुपर्ने बताए । उनले आर्थिक मिलेमतो रहेको आशंकापछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजिनामाले उक्त मिलेमतोलाई पुष्टि गरिदिएको धारणा राखे ।

    एमालेले केसी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले एकपछि अर्को विवादास्पद काम गरेका, संघीयताको मर्ममाथि प्रहार र नागरिकमा संघीय शासन प्रणालीप्रति वितृष्णा जगाउने क्रियाकलाप हुँदै आएको आरोप लगाएको छ । प्रदेशको आवधिक योजनाले प्राथमिकरण गरेका आयोजनामा विनियोजन गरेको बजेट पूर्णतः कटौती गरेर गैरजिम्मेवारीपन देखाइएको एमालेको आरोप छ ।

  • चैत मसान्तभित्रै एमालेका उम्मेदवार सिफारिस गरिसक्नुपर्ने

    चैत मसान्तभित्रै एमालेका उम्मेदवार सिफारिस गरिसक्नुपर्ने

    काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि बढाएको छ ।

    बुधबारदेखि काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    रिजालका अनुसार वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस निर्देशन दिइएको छ ।

    उनले भने, ‘एकजना महिला अनिवार्य हुनुपर्नेछ । बीचको कमिटीले पनि आफ्नोतर्फबाट नाम राखेर सिफारिस गर्न सक्नेछ ।’ चैत मसान्तभित्र आइसकेका सिफारिसलाई माथिल्ला कमिटीले आवश्यक परामर्श र छलफलपछि निर्णय लिने पनि उनले जानकारी गराए ।

  • बास्काेटाकाे प्रश्न : माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् ?

    बास्काेटाकाे प्रश्न : माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् ?

    काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्कोटाले ‘माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् हेराैँला’ भनी कटाक्ष गरेका छन् ।

    एमाले नेता बास्काेटाले माओवादी र समाजवादी पार्टी नेपाली कांग्रेसकाे टाेपी भिरेर अबकाे चुनावमा जाने पनि बताए । उनले भने, ‘माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन आर्थिक सामाजिक कार्यक्रम लिएर चुनावमा जान्छन् । कांग्रेकाे टाेपी भिरेर जान्छन् कि ? समाजवादकाे पुच्छर लगाएर जान्छन् ? प्रश्न याे हाे ।’

    अबकाे चुनावमा गठबन्धनलाई पछार्ने दाबी पनि उनले गरे । उनले नेकपा एमाले गठबन्धनकाे भिख मागेर नहिड्ने पनि बताए । उनले काेही गठबन्धन गरेर जाने प्रस्ताव लिएर आउँछन् र ठीक लागेकाे खण्डमा चुनावमा गठबन्धन गरेर जाने सम्भावना पनि जीवित रहेकाे जानकारी गराए ।

    हेर्नुहाेस् भिडिओ :

  • गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई : नेता भट्टराई

    गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई : नेता भट्टराई

    काठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् ।

    एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट पारे ।

    उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ ।

    प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उनले जानकारी दिए ।

    बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।

  • एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् ११ कार्यसूची

    एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् ११ कार्यसूची

    काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडाैंमा सुरु भएको छ । बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउने भएको छ ।

    दशौँ महाधिवेशनपछि बसेको तेस्रो केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ११ वटा कार्यसूची तय गरिएको छ ।

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ ।

    रिजालका अनुसार बैठकले छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरेको छ ।

    यस्ताे छ बैठकका कार्यसूची

    १ . रिपोर्टिङ
    २ . राजनीतिक प्रतिवेदन
    ३ . विभागहरूको गठन
    ४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
    ५ . घोषणापत्र तयारी
    ६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
    ७ . पार्टी स्थापना दिवस
    ८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
    ९ . सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
    १० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
    ११ . विविध

  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडाैं । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ ।

    बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् ।

    बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।