Tag: नेकपा एमाले

  • उपराष्ट्रपति पदमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यको उम्मेदवारी

    उपराष्ट्रपति पदमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यको उम्मेदवारी

    काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

    शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

    शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा
    दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुनेछ ।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताइन् ।

  • शंकर पाेखरेलकाे टिप्पणी : प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री

    शंकर पाेखरेलकाे टिप्पणी : प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री

    काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

    २४ औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताए ।

    उनले पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकीर गरे । चलाखीका साथ देशको नेतृत्व प्राप्त गरे पनि देशलाई सही बाटोमा हिडाउँने सामर्थ्य प्रचण्डमा नरहेको उनकाे भनाइ छ ।

    प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका बिषयमा सहकार्य ताडेर हिँडेको धारणा राखे ।

    देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भए पनि अहिले पुन: समस्या देखिएको उनले बताए ।

  • सरकार भारत खुशी पार्न र चीनविरुद्ध गद्दारी गर्न खाेजिरहेकाे छ : ओली

    सरकार भारत खुशी पार्न र चीनविरुद्ध गद्दारी गर्न खाेजिरहेकाे छ : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

    मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आराेप लगाए ।

    स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावीसमेत गरे ।

    अध्यक्ष ओलीले भने, ‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो ।  जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय ।’

    अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए । ओलीले भने, ‘यो एउटा बुहतै खतरनाक कुरा हो । अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन ।’

    ओलीले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

  • गगनमाथि गाेकुलकाे व्यंग्य: कांग्रेसलाई आफ्नै खुट्टामा उभ्याउँछु भन्थे प्रचण्डकाे पाउमा तेल घस्दैछन्

    गगनमाथि गाेकुलकाे व्यंग्य: कांग्रेसलाई आफ्नै खुट्टामा उभ्याउँछु भन्थे प्रचण्डकाे पाउमा तेल घस्दैछन्

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताए ।

    उनले भनेका छन्, ‘गगनले भन्याथे- कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन् । रामचन्द्र हराऊ, सुवास जिताऊ । प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ । चकचकेको कचकच बन्द हुनै पर्छ । राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम ।’

  • परराष्ट्र मन्त्रीलाई राेक्ने प्रचण्डकाे कदमप्रति एमालेकाे आपत्ति

    परराष्ट्र मन्त्रीलाई राेक्ने प्रचण्डकाे कदमप्रति एमालेकाे आपत्ति

    काठमाडौं । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको छ ।

    साेमबारको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पाैडेलले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको बताए ।

    मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु आपत्तिजनक रहेको एमालेले ठहर्‍याएको छ । पौडेलले भने, ‘यसले नकारात्मक सन्देश गएको छ र राष्ट्रको इज्जतमाथि प्रतिकुल प्रभाव पारेको छ ।’

  • सरकारबाट बाहिरिने नेकपा एमालेकाे निर्णय, समर्थन पनि फिर्ता

    सरकारबाट बाहिरिने नेकपा एमालेकाे निर्णय, समर्थन पनि फिर्ता

    काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका उपाध्यक्ष विष्णु पाैडेलले जानकारी दिए ।

  • ८ दलीय गठबन्धन छैन, चिया खान बाेलाए जति सबैकाे भाेट गनिन्छ ? : ओली

    ८ दलीय गठबन्धन छैन, चिया खान बाेलाए जति सबैकाे भाेट गनिन्छ ? : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

    ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी पनि गरे । ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्‍यो मलाई के-के पर्‍यो दबाब पर्‍यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार नै हामीलाई भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ,’ उनले भने ।

    नेकपा एमालेले पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

  • एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने

    एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने

    काठमाडौं । नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

    शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    उनले भने, ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।

  • राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार

    राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार

    काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेपछि एमालेले आफ्नो उम्मेदवार उठाएको हो ।

  • एमालेबाट अलग भएकाे दुर्गा प्रसाईंकाे घाेषणा

    एमालेबाट अलग भएकाे दुर्गा प्रसाईंकाे घाेषणा

    काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् ।

    चर्चित व्यवसायीसमेत रहेका प्रसाईंले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो ।

    पार्टीले निर्णय लिइनसकेकाे अवस्थामा उनी आफैँ एमालेबाट अलग भएका हुन् ।

    प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।