Tag: नेकपा माओवादी केन्द्र

  • माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

    माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए ।

    उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए । वर्तमान सरकारको गतिविधिका कारण लोकतन्त्र कमजोर बनिरहेको भन्दै उनले जनतालाई सुसूचित गरियो भने मात्र लोकतन्त्रको रक्षा हुन सक्ने उनकाे भनाइ छ ।

  • संसदलाई जीवन्त बनाउन सांसदहरुको सामुहिक पहल आवश्यक छ, अब ढिला गर्नुहुँदैन : पूर्वसभामुख सापकोटा

    संसदलाई जीवन्त बनाउन सांसदहरुको सामुहिक पहल आवश्यक छ, अब ढिला गर्नुहुँदैन : पूर्वसभामुख सापकोटा

    काठमाडौं । पूर्व सभामुख अग्नी सापकोटाले संसदको गरिमालाई जोगाउन ढिला नगरी संसदहरुले सामुहिक पहल सुरु गर्नुपर्ने बताएका छन् ।

    सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरुले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरुकै सामुहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

    ‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छु कि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस् । अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामुहिक छलफल आजैदेखि थाल्नुपर्छ,’ पूर्व सभामुख सापकोटाको भनाइ छ ।

    अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्व सभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरुले गर्ने राम्रा काम र सामुहिक रुपमा लिने पहलकदमीको थालनी सँगै अन्त्य हुने बताए । सापकोटाले भने, ‘जब सांसदहरुले सामुहिक पहल कदमी लिन थाल्छन् त्यससँगै नागरिकमा आशाका झिल्काहरु देखिन थाल्छन्।’

    आफ्नो सभामुखकालमा उनले निर्वाह गरेको भूमिका सभामुखभन्दा पार्टीको निणर्यजस्तो देखिएको र निष्पक्ष नभएको भन्ने प्रश्नमा सापकोटाले आफू सभामुख रहँदा निष्पक्ष, तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको दाबी गरे ।

    सापकोटाले भने ‘म यतिसम्म दाबी गर्छु कि मैले आफ्नो कार्यकालमा संवैधानिक नैतिकताको समेत ख्याल गरेर काम गरेको छु । भन्न त मान्छेहरुले के के भन्लान तर मैले जे गरेको छु आफ्नै निर्णय गरेको छु । म सभामुखको निष्पक्ष, तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको छु र आफ्नो सभामुखको कार्यकालप्रति गर्व गर्छु ।’

  • चीनमा चार महिनाको उपचारपछि शुक्रबार स्वदेश फर्किँदै वर्षमान पुन

    चीनमा चार महिनाको उपचारपछि शुक्रबार स्वदेश फर्किँदै वर्षमान पुन

    काठमाडौं । चार महिनासम्म चीनको एक अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्कने लागेका छन् ।

    वंशाणुतग रूपमा रहेको जन्डिसका बिरामी पुन गत फागुन १ गते उपचारका लागि चीन गएका थिए ।

    पुन चार महिनापछि असार १ गते बिहान ११.५ बजे एयर चाइनाको जहाजबाट काठमाडौं आउने तय भएको छ ।

    उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो ।

    -फाइल तस्बिर । 

  • नेता तथा कार्यकर्ताकाे भेटमा प्रचण्डले भने- आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ

    नेता तथा कार्यकर्ताकाे भेटमा प्रचण्डले भने- आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन्।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    संविधान सभामै उल्लेख भइसकेका र आत्मसात् गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उनले बताए ।

    परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन पनि प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

    अहिले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनको जिकिर छ । जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने प्रधानमन्त्रीले बताए ।

    उनले भने- ‘हामीले बुद्धि नपुर्‍याउने, जिम्मेवारीबोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ ।’

    प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने उनको भनाइ छ । उनले पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु भएको पनि बताए ।

  • संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने हाेइन : महरा

    संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने हाेइन : महरा

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् ।

    सोमाबार माओवादी घटकहरुले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा महराले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विषयलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन् ।

    संक्रमणकालीन न्यायलाई अघि बढाउदा वृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले राज्यको पुनर्संरचनासहित शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने भन्दै पुरानो कानूनद्वारा समाधान खोज्न नहुने बताए ।

    महराले माओवाटी घटकहरुबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे । त्यस्तै, अन्य माओवादी घटक दलका नेताहरुले माओवादी कमजोर भएकै कारण मुद्धाहरु कमजोर हुने खतरा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

  • मिटरब्याज पीडितलाई उपप्रधानमन्त्रीले भने- माग सम्बोधन हुन्छ, घर फर्किनुस्

    मिटरब्याज पीडितलाई उपप्रधानमन्त्रीले भने- माग सम्बोधन हुन्छ, घर फर्किनुस्

    काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् ।

    अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

    मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन्। उनले पीडितसँग अवस्था बुझ्दै भने, ‘तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन।’

    घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो ।

    मन्त्री श्रेष्ठले भने, ‘उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।’

    वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए । ‘उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ,’ उनले भने ।

    पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन् । ‘सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ,’ सिरहाका श्यामकुमार ठाकुरले भने, ‘हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।’

    मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौं आएका थिए ।

  • समय आएको छ, फेरि हामी माओवादीहरू सबै एक ठाउँमा हुन जरुरी छ : प्रचण्ड

    समय आएको छ, फेरि हामी माओवादीहरू सबै एक ठाउँमा हुन जरुरी छ : प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

    आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।

    उनले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने कुरा निकै अघि बढिसकेको बताए ।

    उनले भने, ‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु ।’

    प्रधानमन्त्री प्रचण्डले आफू जनयुद्धका कमान्डरकाे हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको पनि बताए ।

    उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीविरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताए ।

    आफूहरू एक हुनु नै शहीद र बेपत्ता योद्धाहरूप्रति इमानदार भएको ठहरिने उनको भनाइ छ ।

  • प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेशप्रति माओवादीको आपत्ति

    प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेशप्रति माओवादीको आपत्ति

    काठमाडाैं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ ।

    ज्ञानेन्द्रराज आराण लगायतको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका थिए ।

    शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको छ।

    महासचिव देवप्रसाद गुरुङले आइतबार विज्ञप्ति जारी गरी उक्त आदेश प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षे महान जनयुद्ध, २०६२/०६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको वृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधान सभाको निर्वाचन तथा संविधान सभाबाट निर्मित संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचनासहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरुविरुद्ध हुने कुनै पनि गतिविधिलाई यसदल अस्वीकार गर्दछ। त्यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछ ।’

    जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा बृहत शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन भई आयोगले संक्रमणकालिन न्यायीक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशिल रहेको अवस्थामा आयोगको क्षेत्राधिकार भित्रका विषयहरुलाई प्रतिकुल असर पर्ने गरी कुनै पनि अधिकार क्षेत्र ग्रहण गर्न, कारबाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने भन्दै माओवादीले सचेत पनि गराएको छ।

    यस्ता कार्यहरु र गतिविधिले शान्ति प्रक्रियामा गम्भीर चुनौती श्रृजना हुने भन्दै शान्ति तथा लोकतान्त्रिक गणतन्त्र र आर्थिक सम्वृद्धिसहितको अग्रगामी राजनीतिक पहलकदमीप्रति शाीनत सम्झौताका पक्षधर राजनीतिक पार्टीहरु, शान्ति पक्षधर जनता र अन्तर्राष्ट्रिय समुदाय एक जुट हुन पनि माओवादीको आग्रह छ।

  • माओवादी बैठककाे निर्णय : राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

    माओवादी बैठककाे निर्णय : राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

    पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको हाे ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए ।

  • दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित छ : देव गुरुङ

    दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित छ : देव गुरुङ

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल बिशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

    सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएका हुन् । उनले एमाले पार्टी विशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरित नै रहेको जिकिर गरे ।

    राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वभाविक भए पनि कुनै दल विशेषलाई नै राष्ट्रपति बनाउने भन्ने बिषय फरक रहेको उनले बताए । गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रुपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रपति गठबन्धनसँग जोडिएको बिषय नभएको समेत बताए ।

    यसअघि भएको कटुवाल प्रकरण, संसद विघटन प्रकरण, सरकारको सिफारिस कार्यान्वयन नभएको विषयलगायतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए ।