Tag: नेकपा माओवादी केन्द्र

  • बागलुङ–२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ–२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

    नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

    २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे ।

    उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

     

  • दाेब्बर मतले पछि परिन् माओवादी केन्द्रकी उम्मेदवार विना मगर

    दाेब्बर मतले पछि परिन् माओवादी केन्द्रकी उम्मेदवार विना मगर

    कैलाली । अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।

    १५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।

    अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् ।

  • सिन्धुलीबाट खाेल्याे माओवादीले खाता, लेखनाथ दाहाल निर्वाचित

    सिन्धुलीबाट खाेल्याे माओवादीले खाता, लेखनाथ दाहाल निर्वाचित

    सिन्धुली । नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ ।

    माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा २७ हजार ५ सय १७ मत निर्वाचित भएका हुन् ।

    दाहाल एमालेका उम्मेदवार मनोजजंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका हुन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।

    सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरे ।

    राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरे ।

  • गाेरखा-२ मा प्रचण्डले लिए ३४०० मतको अग्रता, एमालेका अब्दुसले कति पाए ?

    गाेरखा-२ मा प्रचण्डले लिए ३४०० मतको अग्रता, एमालेका अब्दुसले कति पाए ?

    गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् ।

    ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् ।

    प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ ।

    तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले ११७६ मत पाएका छन् ।

  • गोरखा २ मा प्रचण्डकाे अग्रता, एमालेका मियाँ तेस्रो

    गोरखा २ मा प्रचण्डकाे अग्रता, एमालेका मियाँ तेस्रो

    गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवातमै धेरै अगाडि देखिएका छन् ।

    ५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् ।

    प्रचण्डले ३९१ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिस्पर्धीहरुले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन् ।

    प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन् ।

    गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ । एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन् ।

  • ललितपुर ३ : एमालेकाे अग्रता, पम्फा भुसाल तेस्राे

    ललितपुर ३ : एमालेकाे अग्रता, पम्फा भुसाल तेस्राे

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा एमालेले लिड गरिरहेकाे छ ।

    एमालेका अमृत खड्का पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो र माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छिन् ।

    एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् ।

    राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।

  • स्वतन्त्रले देश चल्दैन : प्रचण्ड

    स्वतन्त्रले देश चल्दैन : प्रचण्ड

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

    गोरखा क्षेत्र नम्बर–२ मा गठबन्धनका उम्मेदवार रहेका उनले आज आइतवार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अंक गणितमा पनि खासै फरक नपार्ने बताएका छन् ।

    तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उनको भनाइ छ ।

    चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका पदको भागबन्डामा गठबन्धनभित्र समस्या नरहेको पनि बताए ।

  • माओवादी केन्द्रले गर्‍यो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

    माओवादी केन्द्रले गर्‍यो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको घोषणापत्रमा विशिष्ट पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्ने विषय समेटिएको छ ।

  • मंसिर ४ गते अग्रगमन र प्रतिगमन चाहानेबीच महासंग्राम हुन्छ : प्रचण्ड

    मंसिर ४ गते अग्रगमन र प्रतिगमन चाहानेबीच महासंग्राम हुन्छ : प्रचण्ड

    धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम रहेको बताएका छन् ।

    आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर अग्रगमन चाहने ५ दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।

    उनले भने, ‘देशमा अर्को पनि गठबन्धन छ । उसको अलगै विचार छ । संस्कृति छ । तपाईहरु अनुहार चिन्नुभएको नै छ । त्यसले कहीँ न कहीँ चाहेको छ, गणतन्त्रलाई उल्ट्याउने । संघीयतालाई कमजोर पार्ने त्यसप्रकारको गठबन्धन छ र त्यससँग हाम्रो बहस भइराख्या छ ।’

    उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने विचार व्यक्त गरे । अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताए ।

  • गोरखा- २ बाट प्रचण्डले दर्ता गराए उम्मेदवारी

    गोरखा- २ बाट प्रचण्डले दर्ता गराए उम्मेदवारी

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    गोरखा- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले दिउँसो ३ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी मनोनयनका लागि पुगेका नेकपा ‘प्रचण्ड’लाई गोरखामा भव्य स्वागत गरिएको थियो ।