Tag: नेकपा माओवादी केन्द्र

  • दुई दिनदेखि स्थगित माओवादी केन्द्रीय समिति आज, प्रचण्डले जवाफ दिने

    दुई दिनदेखि स्थगित माओवादी केन्द्रीय समिति आज, प्रचण्डले जवाफ दिने

    काठमाडाैं । दुई दिनदेखि स्थगित माओवादी केन्द्रीय समितिको बैठक बिहीबार अपरान्ह सुरु हुने भएको छ ।

    प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिपाेर्टिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पूर्ववत् कार्यतालिका रहेको छ ।

    गत पुसमा सम्पन्न महाधिवेशनबाट १५ र आवश्यक्ता अनुसार पदाधिकारी चयन गर्ने विधाको निर्देशन अनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रीय सदस्यले बताएका छन् ।

    त्यसका लागि दुई दिनदेखि गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पूर्ण बैठकबाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन् ।

  • माओवादी केन्द्रको बैठक सर्‍याे

    माओवादी केन्द्रको बैठक सर्‍याे

    काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

    तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला ?

    माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला ?

    काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।

    आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत ल्याउने निर्णय गरेको थियो ।

    अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।

  • अखिल क्रान्तिकारीको समानान्तर समिति १ सय ९७ सदस्यीय (सूचीसहित)

    अखिल क्रान्तिकारीको समानान्तर समिति १ सय ९७ सदस्यीय (सूचीसहित)

    काठमाडौं । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ ।

    अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरित पदाधिकारी चयनदेखि केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समयदेखि असन्तुुष्ट कार्की समूहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।

    सो समूहले १ सय ९७ सदस्य केन्द्रीय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्विनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदुरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज- संयोजक तोकेको छ ।

    सो समूहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रीय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन् । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन् ।

  • माओवादी केन्द्रको बैठक स्थगित

    माओवादी केन्द्रको बैठक स्थगित

    काठमाडौं । माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

    मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए ।

  • माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी–ज्वाईँ पनि

    माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी–ज्वाईँ पनि

    काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्।

    आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाईँ जीवन आचार्य अटाउन सफल भएका हुन् ।

    सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाईँ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ ।

    प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाएका थिए ।

  • नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो : प्रचण्ड

    नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् ।

    काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढिरहेको उल्लेख गरेका हुन् ।

    देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी रहेको भन्दै प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा छ । प्रतिगमनकारी षड्यन्त्र र चलेखल अझै पनि जारी छ । स्थानीय तहको निर्वाचन र त्यसको परिणामले संविधान र लोकतन्त्रको सुदृढीकरण एवं कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएको छ । स्वभावैले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा कस्तो खाले मोर्चा, गठबन्धन र तालमेल हुन्छ आमचासोको विषय बनेको छ । यो नयाँ र सकारात्मक स्थितिका बाबजुद देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी छ । आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’

  • माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन

    माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन

    काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ ।

    सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको नेतृत्वमा एक सय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति निर्माण गरेको हो ।

    सो समुहका नेता उपदेश यादवका अनुसार आयोजक समितिमा वर्तमान र पूर्व पदाधिकारीसहित इन्द्र लामा, उपदेश यादव, बालकुमार केसी, सागर केसी, बसन्ता भण्डारी, समीर बुढाथोकीलगायत रहेका छन् ।

    संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगायत महत्वपूर्ण विभाग गठन गरेको सो समुहल देशभर संगठन पुनर्गठन अभियान चलाउने निर्णय लिएको छ ।

    साथै, राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्स गरेर अघि बढ्नेसहित शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माणको दिशामा अघि बढेको यादवले जानकारी दिए ।

  • माओवादी विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

    माओवादी विद्यार्थी संगठन फुट्यो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

    काठमाडौं । लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

    अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

    ‘अध्यक्षज्यूको समूहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई बिधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं ।’

    उनका अनुसार सो आयोजक समितिले संगठनलाई बिद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

    वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका बिद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गरेका छन् ।

  • समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक छ : प्रचण्ड

    समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताएका छन् ।

    पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताएका हुन् ।

    मोहन वैद्य र नेक्रविक्रम चन्द विप्लवको क्रान्तिको खोजी गर्ने नियतप्रति आफ्नो शंका नभएको, तर चाहानाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ ।

    ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ उनले भने, ‘तर, क्रान्तिकारी चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन । सही विचारमा लाखौं जनतालाई गोलवद्ध गरेर जनताले गर्ने कुरा हो क्रान्ति ।’

    सबैले आआफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुर्नविचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने।