Tag: नेकपा माओवादी केन्द्र

  • विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश

    विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश

    काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् ।

    पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन् ।

    माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।

  • बाँदरमुढे घटनाको १७ वर्ष : अझै उचित न्याय पाएनन् पीडितले

    बाँदरमुढे घटनाको १७ वर्ष : अझै उचित न्याय पाएनन् पीडितले

    काठमाडाैं । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।

    तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । सोही घटनामा पीडित बनेका माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुःखद् रहेको बताउँछन् । उनी भन्छन् ‘घाइते हामी धेरै छौँ । जम्मा २२ जनाले मात्र राहत पाएका छन् । अरुले पाउन सकेका छैनन् ।’

    घाइते मध्ये ५० जनाले राज्यबाट सहयोग पाउन नसकेको उनकाे भनाइ छ । उनले थपे ‘सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन् ।’ यो नाम पनि शक्तिको आधारमा राखिएको उनकाे भनाइ छ ।

    राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उनकाे माग छ । राहतका लागि राखिएका नाममध्ये २० प्रतिशतदेखि शतप्रतिशतसम्मको रहेको छ । शतप्रतिशत राहत पाउने दुई जना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उनले बताए ।

    राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्यूरेले बताए । अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको उनकाे भनाइ छ । उनले भने ‘बाँदरमुढे पीडितलाई परिपुरणको व्यवस्था मात्रै राज्यले गर्नसक्ने हो भने धेरै समस्या हल हुन्छ ।’ माओवादी केन्द्रका जिल्ला नेताले सो घटनालाई सामान्यरुपमा लिएकाले अहिले सम्म समस्याजस्ताको तस्तै रहेको उनले आरोप लगाए । उनले भने, ‘यो घटनाको विषय जिल्ला नेताहरुले उठाउनै चाहँदैनन् । हाम्रो समस्यामा स्थानीय नेताहरु बाधक बने ।’

    बाँदरमुढे पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने अहिले पनि घटनास्थलमा पुग्दा आफ्नो शरीर काप्ने गरेको बताउँछन् । उनले भने ‘मेरो श्रीमतीको शव अहिले पनि त्यही छ जस्तो मलाई लाग्छ ।’ घटना भएको १७ वर्ष पुग्दासमेत राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेको उनकाे भनाइ छ । उनले भने, ‘तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई–दुई पटक प्रधानमन्त्री हुँदासमेत आफूहरुको माग सम्बोधन नहुनु दुःखद् रहेको छ ।’ पीडितले अहिले न्यायको कुरालाई पछि राख्दै परिपुणरलाई प्रथामिकता दिनसमेत आग्रह गरेका छन् । उनले भने, ‘पहिला घाइतेको उपचार र परिपुरणको व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ न्याय र परिपुरण दुवै हुन नसकेको पीडितको गुनासो रहेको छ ।

    नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पीडितलाई न्याय र परिपुरणका क्षेत्रमा धेरै काम भएको जानकारी दिए । पीडितहरुको मागलाई मध्यनजर गर्दै सरकारसँग आफ्नै पार्टीको पहलमा घटनास्थलमा उद्यान निर्माणदेखि स्वास्थ्योपचार, शिक्षा, रोजगारलगायतमा प्रथामिकतामा राखेर काम भइरहेको उनकाे भनाइ छ । उनले भने, ‘तत्कालीन घटनालाई देखाएर धेरै प्रचारबाजी भएका छन् । काम नभएको होइन । यो द्वन्द्वकालीन घटना हो ।’

  • माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने

    माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने

    काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ ।

    पार्टीका पूर्व स्थायी कमिटीका सदस्यहरुको आइतबार बिहान खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    पार्टी कार्यालय भवन विस्तार तथा व्यवस्थापन गर्न एकपटक सबै सदस्यहरुसँग रकम संकलन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भएको छ ।

    अखिल क्रान्तिकारीको अक्ष्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध गरिरहेकाे छ ।

    फाइल तस्बिर ।

  • देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ : प्रचण्ड

    देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही वैशाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताए ।

    प्रचण्डले अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै मत दिएर जिताउन पनि आम मतदातालाई अपिल पनि गरे । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रीत रहेर गरिएको कुराकानी–

    अध्यक्ष प्रचण्ड, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोश्रोपटक देशैभरका ७ सय ५३ पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ, निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?

    सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ । किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा प¥यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।

    अहिले पनि दुइटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधी आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो– वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् । त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ । बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुइटा प्रवृत्ति र दुइटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।

    अब निर्वाचनको दिन आउन १० दिन मात्रै बाँकी छ, तपाई माओवादी केन्द्रको अध्यक्ष र सत्तारुढ गठबन्धनको प्रमुख नेताको हैसियतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने सम्भावना कति देख्नुभएको छ ?

    हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

    अहिलेसम्म नेपालमा जुन परिवर्तनका एजेण्डाहरु छन्, त्यसको सूत्राधार माओवादी केन्द्र र त्यसको नेतृत्व तपाईलाई जान्छ । तर, निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ? यो नारा कसरी कार्यान्वयन हुन्छ ?

    यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्धाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ । तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।

    जहाँसम्म तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । त्यसकारण कहिलेकाँही हामीले नै प्रस्तावित गरेर तपाईं प्रधानमन्त्री हुनुपर्‍यो भनेर नेपाली कांग्रेसलाई भन्यौँ । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । तपाईंले मलाई भन्नुभयो, म माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

    संख्याको कुरा गर्दा अघिल्लो निर्वाचनमा ७५३ तहमध्ये १०६ स्थानमा माओवादीले प्रमुख स्थान विजय गरेको थियो, यसपटक त्यो संख्या कति जति बढ्ला जस्तो लाग्छ ?

    मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ । त्यो कुरा पक्का हो ।

    अघिल्लो चुनावमा माओवादी एमालेसँग मिलेर वाम एकता भनेर आयो र अहिले फेरि कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भनेर आयोे । माओवादी एक्लैले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?

    त्यस्तो होइन । त्यसो भन्यो भने त कोही पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यो ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? तपाईको प्रश्नअनुसार त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ, एमाले शुरु शुरुमा भन्ने गथ्र्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८÷९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । काँग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न प¥यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

    अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको । हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ–आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । त्यस्तो अहिले छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्धा स्थापित गर्न प्रेरित ग¥या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।

    यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्छ भन्ने विश्वास छ ?

    मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रुपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।

    माओवादीका इमान्दार कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उमेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पुर्‍याउला ?

    पहिलो कुरा माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उमेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन । त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कार्वाही गर्छ ।

    अर्को कुरा सिस्टम भित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रंग लाग्ने त हुुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिवद्ध छ ।

    माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरु भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ?

    घोषणापत्र भने पनि, प्रतिवद्धता पत्र भने पनि अपील भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के ग¥यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिका स्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय ग¥यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिवद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्धिविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन ।

    घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई । अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्धाहरु नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं । जनताका आवश्यकता, समस्या र भावना समेटिएका यथार्थवादी घोषणापत्र सबै पालिकाले निकालुन् र केन्द्रबाट मार्गनिर्देशन गरोस् भनेर जानीबुझीकन नै अपिल प्रकाशित गरिएको हो ।

    गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्यो भन्ने कुरा आइरहेको छ, के भन्नुहुन्छ ?

    प्राविधिक रुपले तपाईले भन्नुभएको कुरा र आएका टिप्पणी साँचो कुरा हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन ।

    हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुप¥यो, पालिकाको हकमा जिल्लामा कम्तिमा एउटा पालिका प्रमुख बनाउनु प¥यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुपर्‍यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ । हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याई वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो । त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानुनी रुपले त्यस्तो परेको हो । मलाई लाग्छ, यो कानुन नै बदलेर दुइमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ ।

    देशका ६ वटा महानगर र ११ उपमहानगर र विशेष गरी भरतपुर जहाँ नेपाली काँग्रेसका पुराना नेता बागीको रुपमा उठेको पनि देखिएको छ । यस्तो अवस्थामा उम्मेदवारहरुको विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ?

    ६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँवायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध वागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध वागीले त्यसको मुलभूत परिणाममा कुनै असर पार्दैन ।

    देशभर स्थानीय तहको निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारहरुलाई के भन्न चाहनुहुन्छ ?

    म फेरि पनि के भन्न चाहन्छु भने देश यति लामो राजनीतिक प्रक्रियाबाट गुज्रिएर संविधान कार्यान्वयनको क्रममा दोश्रो पटक स्थानीय निर्वाचनमा हेलिएको छ । होमिएको छ । हामी सबैको उद्धेश्य हुनुपर्छ यो निर्वाचनबाट राष्ट्रको एकतालाई खँदिलो र मजबुत बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ वलियो बनाउने, संविधानका सकारात्मक सबै परिवर्तनको उपलब्धिको रक्षा गर्ने र यसलाई अझ परिमार्जन र परिस्कृतको लागि वातावरण बनाउने । त्यसैगरी स्थानीय तहमा प्राकृतिक साधन श्रोत र मानवीय श्रोत सबैको सदुपयोग गरेर स्थानीय तहलाई नै भावी समाजवादको राज्यको भ्रुणको रुपमा विकास गर्ने । यो उद्धेश्य सबै दलको हुनुपर्छ । हामी संविधान मान्छौं भनेर प्रतिवद्धता गरेरका र हस्ताक्षर गरेका सबै पार्टीको दायित्व हुन आउँछ, स्थानीय तहको निर्वाचनमा संविधानले निर्दिष्ट गरेअनुसार समाजवादउन्मुख राज्यका भ्रुणहरु स्थानीय तहबाटै बन्ने हो । संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गरेको छ र त्यसलाई त्यसरी नै अधिकारहरुको प्रत्यायोजन पनि गरिएको छ । त्यसकारण प्राकृतिक साधन श्रोतको सदुपयोगदेखि त्यसको सञ्चालन, संरक्षण र विकास साथै समुदायको हक अधिकारलाई अझ बढी सुदृढ गर्ने र विकासको एउटा नयाँ गति जगैदेखि पैदा गर्ने, जनताको आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी सबै विषयमा ध्यान केन्द्रीत गर्ने र अघि भनेजस्तै भावी समाजवादको भ्रुणको रुपमा एउटा आधारशीला निर्माणको रुपमा यो निर्वाचनलाई लिनुपर्दछ त्यसैले म सबै उमेदवार साथीहरुलाई यहि भूमिका पूरा गर्न दृढतापुर्वक उत्साहको साथ अघि बढ्न र निर्वाचन सफल बनाउन अपिल गर्दछु ।

    तपाई गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पनि हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा प्रमुख भूमिका खेल्नुभएको नेता पनि तपाई हो । अहिले स्थानीय तहको निर्वाचनको अवसरमा सहभागी हुने मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?

    मलाई लाग्छ नेपाली मतदाताहरु, आम नेपाली जनताले देशको राजनीतिक उतारचढाव, घुम्ती मोडहरु सबै अनुभव गर्नुभएको छ । बुझ्नुभएको छ । यो राष्ट्रलाई अप्ठ्यारो परेको बेला कसले बचाएको छ, कुन पार्टीले कुन नेतृत्वले भन्ने कुरा पनि गएको १५÷२० वर्षको अवधिमा जनताले नजीकबाट अनुभुत गरेको छ भन्ने मलाई विश्वास छ ।

    त्यसकारण आम मतदाता जो स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ, उहाँहरुलाई मैले गर्ने अपिल के हो भने यो परिवर्तनको रक्षा गर्ने र सुदृढ गर्ने एउटा विचार, प्रवृत्ति र नेतृत्व छ भने अर्कोतर्फ एउटा यसलाई परिवर्तनलाई नरुचाउने र फर्केर पुरानै प्रवृत्तितिर लैजान खोज्ने, पुरानै निरंकुशता, पुरानै अराजकतातिर जान खोज्ने एउटा विचार प्रवृत्ति र नेतृत्व छ । आम नेपाली मतदाताले इतिहासको यो विन्दुमा उभिएर यो परिवर्तनको रक्षा गर्ने जसमा नेपाली जनताका हजारौं छोराछोरीहरुले बलिदान दिनुभएको छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, हजारौं बेपत्ता हुनुभएको छ्, हजारौं घाइते अपांग हुनुभएको छ । र, लाखौं करोडौं यसमा सहभागी हुनुभएको छ त्यसकारण यसको पक्षमा को छ र को छैन, को यसलाई रक्षा सुदृढ गर्न चाहन्छ र को यसलाई भत्काउन र सिध्यान खोजेको छ यसलाई गहिरोसँग विचार गरी कसैको लोभ, लालच, दवाव, धम्की, प्रलोभन आदिको पछाडि नलागिकन आफ्नो अन्तरआत्माको आवाज व्यक्त गरेर कसले राष्ट्र र जनतालाई एकतावद्ध पार्न खोजेको छ, कसले जनताको सेवा गर्न खोजेको छ भन्ने कुरालाई विचार गरेर मतदान गर्न म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।

  • जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

    जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

    चितवन । भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् ।

    सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर समाचार एजेन्सी न्युज कारखानाले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानी–

    चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा उत्साह छ । विकासका लागि रेणु दाहाल भन्‍ने छ । ठूला आयोजनालाई निरन्तरता दिन र समयमै सम्पन्‍न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन । उहाँबाहेक अरुले गर्न सक्दैन भन्‍ने आममहानगरबासीको बुझाइ छ । जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएको छु ।

    पहिलो कार्यकालमा के गर्न सक्नुभएन र फेरि दोस्रो कार्यकालका लागि मेयरमा उमेदवारी दिनुपर्‍यो ?

    पहिलो कार्यकालमा नसकेको भन्‍ने होइन । दीर्घकालीन सोचका साथ भरतपुरको विकास र समृद्धिका लागि हामीले जग तयार गर्‍याैँ । अब यसलाई पूर्णता दिनका लागि अब एक कार्यकाल चाहियो । जसले बच्चा जन्माउँछ, बच्चाको माया आमालाई जति त हुँदैन नि । जति पनि अन्तर्राष्ट्रियस्तरका, राष्ट्रिय गौरवका आयोजना अगाडि बढेका छन् । जस्तो, नारायणी तटबन्धनको पाँच अर्बको आयोजना छ । त्यसलाई सुरुवात हामीले गर्‍याैँ । अब सम्पन्‍न गर्नु छ ।

    नारायणी तटबन्ध भरतपुरबासीको व्यग्र प्रतिक्षाको विषय थियो । बर्सेनि बाढीका कारण हुने धनजनको क्षति हुने गर्थ्याे । यसको दीर्घकालीन समाधानका लागि आयोजना अगाडि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नु छ । ठूला सडक र पूर्वाधार बनेका छन् । ६ र ४ लेनका सडक बन्दै छन् । महानगरीय चक्रपथ योजना छ । यी सबै योजना पूरा गर्नुछ । नारायणी नदीलाई ‘सी बिच’ मोडलको रुपमा विकास गर्नुछ ।

    महानगरको आफ्नै प्रशासकीय भवन भर्खर शिलान्यास गरेका छौँ । महानगरपालिकाले अघि सारेका थुप्रै नीतिगत काम अधूरा छन् । अधूरा रहेका काम सम्पन्‍न गर्ने दायित्व छ । भरतपुरको भविष्य र जनताको अपेक्षालाई हेरेर पनि अब एक पटक कार्यकाल भयो भने यी सबै काम गर्न सक्थेँ । भरतपुरलाई हेर्न र गर्व गर्न लायक बनाउने भनेर उमेदवारी दिए । मलाई व्यक्तिगत रुपमा रहर त थिए । तर, समग्र आवश्यकतालाई बुझेर मेयरका लागि दोस्रो पटक पनि उमेदवारी दिएको छु ।

    प्रचण्डकी छोरी भएकैले तपाईंले धेरै अवसर पाएको भन्‍ने गर्छन् नि । यसमा तपाईंको भनाइ के छ ?

    प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन । मैले दुःख मात्रै गरेको छु । व्यक्तिगत इच्छा, चाहना छाडेको छु । हिजो पनि १० कक्षा पढ्दा पढ्दै कापीकिताब फालेर मुलुक परिवर्तनका लागि संघर्षमा होमिएकी हुँ । त्यसबेलादेखि आजसम्म लगभग २७ वर्ष भयो, म निरन्तर जनताको सेवामा छु । जनयुद्धमा बाँचेर आएको छु, मर्न पनि सकिन्थ्यो ।

    पार्टीको जिम्मेवारी लिएर कहिले रोल्पा त कहिले भारत पुगे । यहाँ मेयरमा लड्नुअघि काठमाडौँमा पार्टीको सेक्रेटरी थिए । अहिले चितवनमा पार्टीको इन्चार्जका रुपमा छु । मेयरका रुपमा एकचोटी परीक्षण पनि भएँ । जनताका पक्षमा कति काम गर्न सकेँ छर्लङ्ग देखिएको छ । जनताका हरेक सवाल शिर ठाडो बनाएर जवाफ दिनसक्छु । यसमा मलाई गर्व छ । प्रचण्डकी छोरी भएर राष्ट्रको लागि देन मात्रै गरेको छु । आफ्नो लाभको लागि गरेको छैन ।

    गठबन्धनकै दलमध्येको कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्‍नाथ पौडेलले मेयरमा स्वतन्त्र उमेदवारी दिनुभएको छ । यसले गठबन्धनलाई कति प्रभाव पार्ला ?

    खासै प्रभाव पार्लाजस्ताे मलाई लागेको छैन । किनकी गठबन्धनका दलको साझा उमेदवारका रुपमा मेयरको आधिकारी उमेदवार म नै हो । कांग्रेसका केन्द्रीय नेता, प्रधानमन्त्री एवं सभापतिदेखि लिएर शीर्षस्त सबै नेताले उहाँ (पौडेल)लाई फिर्ताको लागि आग्रह गर्नुभयो । पार्टीले गरेको आग्रहलाई पनि जगन्‍नाथजीले स्वीकार गर्नुभएन । उहाँले स्वतन्त्र उमेदवारी दिनुभएको छ । देशभर अन्यत्र पनि स्वतन्त्र उमेदवारी दिँदाखेरी कस्तो भयो भनेर इतिहासले पनि पुष्टि गर्छ ।

    स्वतन्त्र उमेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने लागेको छैन । दोस्रो कुरा यो गठबन्धन कुनै दल विशेष होइन । राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधरधर मिलेर गठबन्धन बनेको छ । जनयुद्धपछि विस्तृत शान्ति सम्झौता र २०६२/६३ को जनआन्दोलनदेखि आएका हामी सहयात्री पार्टीबीच गठबन्धन भएको छ ।

    तत्कालीन अवस्थामा राज्यपक्षबाट प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । हामीहरु यहाँसम्म आएका छौँ । संविधान जारी गर्‍यौँ । यी सबै परिवर्तनका हिमायती हामी हौँ । परिवर्तनको विरोधी राप्रपालाई बोकेर एमाले हिँडिरहेको छ ।

    गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्काे खेमामा छन् । हामी अग्रगामी पक्षधर यता छौँ । जगन्‍नाथजीले यी सबै विषयवस्तु, देशको आवश्यकतालाई बुझ्न सक्नुभएन कि जस्तो लाग्छ ।

    यो दुरगामी महत्वलाई बुझेर पाँच दलीय गठबन्धनको साझा दृष्टिकोणसहित देश अघि बढेको छ । उहाँले बुझ्न सक्नुभएन कि भन्‍ने ठान्छु । उहाँलाई पार्टी (कांग्रेस) ले कारबाही गरिसकेको पनि छ । उहाँ कांग्रेसको आधिकारीक उमेदवार होइन । स्वतन्त्र उमेदवार हुनुहुन्छ । स्वतन्त्र हुँदै गर्दा त्यतिधेरै असर गर्छजस्ताे लागेको छैन ।

    गठबन्धन दलविरुद्ध एमाले र राप्रपाबीच पनि तालमेल भएको छ । तपाईंलाई भारी पर्ला नि ?

    एमाले र राप्रपा तालमेल प्राकृतिक छैन । अप्राकृतिक खालको छ । एउटा वाम पार्टी र गैरवाम पार्टी, त्यो पनि गणतन्त्र र परिवर्तन विरोधि ।

    धर्मनिरपेक्षको विरोधि र हिन्दु राष्ट्रवादी शक्तिसँग एमालेले तालमेल गरेको छ । त्यसले गर्दाखेरी उहाँको हिजोका गतिविधिले गर्दा पनि । सम्मानित संसद दुई-दुई चोटी विघटन गर्ने र संसदको गला रेट्ने काम तत्कालीन प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । हामीले प्राप्त गरेका उपलब्धि खोस्‍ने काम केपी ओलीबाट भयो । एकलौटी र निरकुंश ढंगबाट उहाँ अघि बढ्नुभयो ।

    देशलाई स्थायीत्व दिन भनेर बनाइएको पार्टी उहाँले छिनभरमै टुक्रा-टुक्रा भयो । नेकपाको दुई तिहाईको सरकार, ठूलो पार्टी क्षतविक्षत भयो । तत्कालीन एमाले पनि विभाजन भएर त्यहाँ भएका शीर्षस्त नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु एमालेमा रहनसक्ने अवस्था भएन । एउटा व्यक्तिको गलत कार्यशैलीले गर्दा दुई तिहाईको सरकार गुम्यो, प्रदेश सरकार गुमे । अझै पनि यस्तो अप्राकृतिक गठजोड गरेर उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ ।

    उहाँ परिवर्तनको पक्षधर हुनुभएन । हामी बाम लोकतान्त्रिक गठबन्धन भनेका छौँ । २०७४ मा भएको चुनावमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । अहिले त झन् हामी पाँच वटा पार्टी छौँ । बलियो छौँ । पटक-पटकको प्रतिगमनबाट विजय भएर हामी यहाँसम्म आएका छौँ । अब जनताको अभिमतबाट पनि त्यो प्रवृत्तिलाई परास्त गर्नुपर्ने टड्कारो आवश्यकता भएको छ । हामीलाई हार्न छुट छैन र हामीलाई हार्दैनौँ ।

    सडक मात्रै कालोपत्रे गरेर विकास भएको भन्‍न नमिल्ने कुरा आइएका छन् नि । तपाईं यसमा के भन्नुहुन्छ ?

    भरतपुर महानगरमा सडक कालोपत्रे मात्रै भयो र ? पाँच वर्षमा भरतपुर महानगरको बजेट कति र हाम्रो सक्रिय पहलमा संघीय र प्रदेश सरकारबाट कति आयो भन्ने कुरा हामीले घोषणापत्रमा स्पष्ट रुपमा उल्लेख गर्दै छौँ । थुप्रै आयोजना अघि बढेका छन् । सडकमा उल्लखनीय प्रगति छ । पाँच वर्षमा ६२२ किमी सडक पिच भएको छ ।

    चौकीडाँडादेखि गोलाघाटसम्म खानेपानीको सुनिश्चितता भएको छ । झण्डै पौने चार अर्बका खानेपानी आयोजना अगाडि बढाएका छौँ । शारदानगर खानेपानी आयोजना मात्रै ५१ करोडको छ । दिव्यनगर खानेपानी आयोजना २१ करोडको छ । जखडीमाई खानेपानी आयोजना ३७ करोडको छ । यो पाँच वर्षमा हामीले सात हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढाएका छौँ ।

    विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर बढाएका छौँ । नगरस्तरीय पार्क बनाएका छौँ । पर्यटन क्षेत्रमा पनि महानगर, संघ र प्रदेशले विभिन्‍न स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेका छन् । दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिएका छौँ । आजसम्म कुनै सरकारले यस्तो गरेको छैन । हामीले सुरुवात गर्‍याे । विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी दिने र उद्यमशील बनाउने भनेर कृषिमा व्याज अनुदानका कार्यक्रम अघि बढाएका छौँ ।

    भरतपुर दिगो विकासको लक्ष्यसहित अगाडि बढेको छ । महानगरलाई प्रविधिमैत्री बनाएका छौँ । यी सबै योजनालाई हेर्दा सडकमात्रै होइन सबै क्षेत्रमा ‘स्मार्ट सिटी’को परिकल्पना अनुसार अघि बढेका छौँ । भरतपुरलाई उज्यालो शहरका रुपमा विकास गर्न झण्डै ८० किमी सडकमा स्मार्ट सडक बत्ती जडान भइरहेका छन् ।

  • महानगर र उपमहानगरमा माओवादीले टुंग्यायो मेयर उम्मेदवारकाे नाम

    महानगर र उपमहानगरमा माओवादीले टुंग्यायो मेयर उम्मेदवारकाे नाम

    काठमाडौं । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।

    भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

    जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

    यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।

    गत स्थानीय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

    माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री स्वत: मेयरका दाबेदार हुन् ।

  • माओवादीमा थप ९७जना केन्द्रीय सदस्य प्रस्तावित (सूचीसहित)

    माओवादीमा थप ९७जना केन्द्रीय सदस्य प्रस्तावित (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ ।

    सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् ।

    हेर्नुहोस् को-को परे प्रस्तावित सूचीमा

    समानुपातिक र खुलातर्फ

    दलित पुरूष

    शंकर दुलाल (बागमती),
    ठाकुर बिक (लुम्बिनी)
    टेक बहादुर मिजार (बागमती)
    रणेन्द्र बराइली (बागमती)
    कर्णबहादु बिक (सुदूरपश्चिम)- केन्द्रीय प्रतिनिधि
    रामलाल बिक (कर्णाली)
    दलित महिला

    अनिता परिवार- प्रदेश १

    दलित महिला युवा

    सपना परियार- प्रदेश १

    मुस्लिम पुरुष

    अतर हुसेन-(लुम्बिनी)
    रजी हैदर- (मधेस)
    कोहिद अन्सारी (मधेस)
    इशरार खान (सुम्बिनी)

    मुस्लिम महिला

    शेख चाँद तारा (मधेस)

    मधेसी पुरुष

    सूर्यनाथ यादव (मधेस)- केन्द्रीय प्रतिनिधि
    अशोक जैशवाल (मधेस)
    सत्य नारायण भगत (मधेस)
    दिलीप साह (मधेस)
    उमेश कुमार यादव (मधेस)
    रामसिंह यादव (मधेस)
    राधेश्याम पासवान (मधेस)
    शिवराम यादव (गैर भौगोलिक)

    मधेसी महिला

    निशा साह (मधेस)
    इन्धु शर्मा (मधेस)
    तारा महतो (मधेस)
    रूवी कर्ण (मधेस)
    दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
    सोनिया यादव

    खस आर्य महिला

    भेष कुमारी रावत (प्रदेश १)
    भवानी थापा (मधेस)
    कञ्चन खनाल (बागमती)
    गंगा दाहाल (बागमती)
    कमत नहर्की (गण्डकी)
    करुणा वस्नेत (प्रदेश १)
    सीता आचार्य (लुम्बिनी)

    जनजाती पुरूष

    देवेन्द्र श्रेष्ठ (बागमती)
    क्षेत्रबहादुर श्रेष्ठ (मधेस)
    कुशल लिम्बु (प्रदेश १)
    दीर्घ श्रेष्ठ (बागमती)
    धनबहादुर मास्की (लुम्बिनी)
    दीनेश महर्जन (बागमती)
    राजकाजी महर्जन (बागमती)
    रज्जित तामाङ
    सत्य नारायण शेरचन (गण्डकी)
    भीम कुमारी बांखा (लुम्बिनी)

    जनजाती महिला

    पार्वती पुन- धन कुमारी रोका
    दिलमाया रोका (गण्डकी)
    दुर्गा राई (प्रदेश १)
    सिर्जना तरामु (लुम्बिनी)

    मधेश थारू पुरुष

    विजय महतो (मधेस)
    विनिता थारू (सुदूरपश्चिम)

    खस आर्य युवा

    जीवन आचार्य (प्रदेश १)
    सुमन देवकोटा (गण्डकी)
    सुदीप कुँवर (गण्डकी)
    रमेश मल्ल
    खिल प्रसाद बुढाथोकी (प्रदेश १)

    केन्द्रीय प्रतिनिधि

    बाबुराम गौतम (प्रदेश १)
    जनजाती पुरूष
    सूर्यमान दोङ (बागमती)
    खस आर्य पुरूष

    इन्द्र गोतामे (बागमती)
    पारसमणि-(बागमती)
    शैलेन्द्र घिमिरे- (बागमती)

    जनजाती पुरुष

    कपिल लामा (गण्डकी)

    आर्य पुरुष

    गोविन्द पौडेल (गण्डकी)
    दीपक कोइराला- (गण्डकी)
    कमल चुडाली- (लुम्बिनी)
    नारायण अधिकारी-(लुम्बिनी)
    गगनबहादुर खड़का (कर्णाली)
    मंगलबहादुर शाही (कर्णाली)
    कर्णबहादुर बस्नेत (कर्णाली)

    खस आर्य पुरुष युवा

    झपट साउद (सुदूरपश्चिम)
    सिश सिंह ओली (सुदूरपरिम)
    रत्न ढकाल (बागमती)
    नरेन्द्र न्यौपाने (लुम्बिनी)
    सन्तोष विष्ट- (गैरभौगोलिक)
    तिकराज भण्डारी (गैरभौगोलिक)
    सुरेन्द्र बस्नेत (गैरनौगोलिक)
    दीपक देवकोटा (गैरभौगोलिक)
    उत्तम अधिकारी (गैरभौगोलिक)
    विजय गौतम (गैरभौगोलिक)
    प्रकाश विकल्प (गैरभौगोलिक)
    विमल अधिकारी (गैरमौगोलिक)
    डा. भरत लामिछाने (गैरभौगोलिक)

    प्रस्तावित केन्द्रीय प्रतिनिधि

    खस आर्य पुरूष

    विष्णु सापकोटा (गैर भौगोलिक)
    हरि ज्ञवाली (सुदूरपश्चिम)
    टेकेन्द्र भट्ट (सुदूरपश्चिम)
    गोपाल शर्मा (कर्णाली)
    खोप बहादुर- (गण्डकी)
    झलकसिंह दर्माली (प्रदेश १)
    डीपी ढकाल (बागमती)

    जनजाती पुरुष

    काली बहादुर मगर

    खस आर्य महिला

    सुनिता गौतम (बागमती)
    सावित्री बुढाथोकी (मधेस)
    सरस्वती न्यौपाने (लुम्बिनी)
    अमृता नेपाल (बागमती)
    कृष्णा कैसी (लुम्बिनी)

    खस आर्य पुरुष

    रामनारायण विडारी (बागमती)

  • नारायणकाजी श्रेष्ठकाे आग्रह : सञ्चारमाध्यममा आएका सामग्री अतिरञ्जित ढङ्गले नबुझ्नू हाेला

    नारायणकाजी श्रेष्ठकाे आग्रह : सञ्चारमाध्यममा आएका सामग्री अतिरञ्जित ढङ्गले नबुझ्नू हाेला

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रकाे मतभेद र अन्तरबिराेधका विषयमा सञ्चारमाध्यममा आएका समग्री अतिरञ्जित ढंगले नबुझ्न सबैसमक्ष अनुराेध गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीच छलफल जारी रहेकाे जानकारीसहित उक्त आग्रह गरेका हुन् ।

    उनले भनेका छन्, ‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरबिराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु । अध्यक्ष क.प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’

    एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ ।

    यो समूहका नेताहरुको छलफलमा पार्टी फुटाउने कि माओवादीमै बसेर संघर्ष गर्ने भन्ने बहससमेत भएकाे थियाे । यही विषयमा श्रेष्ठकाे उक्त अभिव्यक्ति आएकाे हाे ।

  • गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

    गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

    काठमाडाैं । नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको हाे ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ ।

    प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार अवरोध गरिरहेको अवस्थामा महत्वपूर्ण विषयमा समेत छलफल हुन सकेको छैन । यस्तो अवस्थामा एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको अझै पनि फरक मत रहे पनि राष्ट्रिय आवश्यकताले गठबन्धन कायम राख्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।

    माओवादीका तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरु नै एमसिसी सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरु एकमत दखिएका छन् ।

    शुक्रबारको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधिसभामा एमसिसी पारित गर्ने सन्दर्भमा बहिस्कार गरेर वा अन्य कुनै विधिमार्फत पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

    माओवादीका नेता हरिबोल गजुरेलका अनुसार एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि त्यसलाई एउटा निष्कर्षमा पुर्‍याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता देखिएको छ ।

    यस्तै, माओवादीका अर्का नेता शक्ति बस्नेतका अनुसार गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिनेछ । गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरु एक मत देखिएका छन् ।

    धनगढी पुगेका नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ फर्कन फोन गरेका थिए । काठमाडौं फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

    सत्तारुढ गठबन्धनका नेताहरुको अनौपचारिक बैठकले गठबन्धन कायम राख्दै निष्कर्ष निकाल्नुपर्नेमा सहमत भएका छन् । एमसिसी सम्झौता पारित गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ दलबीचमा नै साझा धारणा बन्न नसक्दा विषय सडकमा समेत पुगेको छ । दैनिकजसो प्रदर्शन भइरहेका छन् । संसद्मा प्रतिपक्षले अवरोध जारी राख्ने, सत्तारुढ दलकाबीचमा पनि समान धारणा नबन्दा महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।

    सहमति खोज्ने ध्येयका साथ आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आजको बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । मन्त्री बडूको आग्रहमा नै आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

    एमसिसी सम्झौताका पक्षमा सहमति जुटाउनका लागि बिहीबार प्रमुख राजनीतिक दलहरुका विभिन्न बैठक भए । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो । सो बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलगायतका नेताहरुबीच पनि छलफल भएको थियो । साँझ पुनःप्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन ।

    यो अवस्थामा सत्तारुढ दलहरुबीच नै सहमति कायम गरेर जानुपर्ने विषयमा नै धेरैको जोड देखिएको छ । यसैका लागि पनि आजको संसद् बैठक स्थगित भएको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

  • माओवादी बैठक : गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी

    माओवादी बैठक : गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी

    काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो ।

    बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेकाे छ ।

    बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ-आफ्नो धारणा राखेका थिए । केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरी ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा पनि राखेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने/नरहने बारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेकाे छैन । माओवादी केन्द्रले अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने बताएकाे छ ।