Tag: नेत्रविक्रम चन्द विप्लव

  • विप्लव नेतृत्व नेकपाकाे महाधिवेशन असोजमा

    विप्लव नेतृत्व नेकपाकाे महाधिवेशन असोजमा

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन १ असोजमा काठमाडौंमा हुने भएको छ ।

    नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माका अनुसार नेकपाका ९औं महाधिवेशन १ असाेजमा काठमाडौंमा आयोजना गर्न लागिएको हो ।

    ‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं’ भन्ने मुल नारासहित सो महाधिवेशन आयोजना हुन लागेको हो ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा समाहित भएका विप्लव सो पार्टीबाट पनि अलग्गिएर नेकपा गठन गरेर राजनीतिमा सक्रिय छन् । दुई वर्षअघि शान्ति प्रक्रियामा आएको विप्लव समूहले पहिलो पटक काठमाडौंमा पार्टी महाधिवेशन गर्न लागेको हो ।

  • विप्लवकाे दावी : नेपालमा एमसीसी लागू हुन सक्दैन

    विप्लवकाे दावी : नेपालमा एमसीसी लागू हुन सक्दैन

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दावी गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका बिरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखेका छन् ।

    नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाई छ । उनले नेपाल र नेपाली गरिव भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीबादी सत्ताका कारण समस्या पैदा भएको धारणा राखे । दलाल पूँजीबादी सत्ताले नेपाली जनतालाई लुछिरहेको उनले बताए ।

    उनले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेटनुपर्ने तर्क गरे ।