Tag: नेपाली क्रिकेट

  • सीपीएलबाट बाहिरिए सन्दीप लामिछाने, तत्काल नेपाल आउने

    सीपीएलबाट बाहिरिए सन्दीप लामिछाने, तत्काल नेपाल आउने

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् ।

    नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेपछि उनी सीपीएलबाट बाहिरिएका हुन् ।

    सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ ।

    फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए । स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् ।

  • नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित, सन्दीपले लिए पाँच विकेट

    नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित, सन्दीपले लिए पाँच विकेट

    काठमाडाैं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ ।

    अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    अल स्टार्सको जितमा विपुल शर्माले सर्वाधिक ५० रनको योगदान दिए भने एन्ड्रिज गौसले ४५ रन जोडे । त्यस्तै, गौरभ बजाजले अविजित ४० रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९० रन जोडेको थियो । नेपालका आरिफ शेखले सर्वाधिक ६० रनको योगदान दिए भने विनोद भण्डारीले २६ तथा करण केसीले २१ रन बनाए ।

    बलिङतर्फ अल स्टार्सका मार्टिन कैनले तीन विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले दुई–दुई विकेट लिए । अब नेपालले दोस्रो अभ्यास खेल शनिबार अमेरिकाको ह्युस्टन हरिकेन्स क्लबसँग खेल्नेछ ।

  • जिम्बाबेसँग खेल्ने नेपाली टाेलीमा काे-काे छन् ?

    जिम्बाबेसँग खेल्ने नेपाली टाेलीमा काे-काे छन् ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा शुक्रबार बिहान गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् ।

    क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने बताएको छ ।

    नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-२० खेल खेल्नेछ । ५० ओभरको सिरिज १७-२१ वैशाखसम्म चल्ने छ । टी-२० सिरिज २३-२६ वैशाखसम्म हुनेछ ।

    नेपाली टिम:
    – सन्दीप लामिछानेको (कप्तान) दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला ।

  • झापामा पहिलोपटक सुपर लिग क्रिकेट हुने

    झापामा पहिलोपटक सुपर लिग क्रिकेट हुने

    झापा। पहिलोपटक मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म हुन लागेको टुर्नामेन्टमा राष्ट्रिय खेलाडी करण केसी र मेहबुब आलम र मञ्जित श्रेष्ठलगायत खेलाडीले खेल्ने भएका छन् ।

    शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टोलीले धमाधम राष्ट्रिय खेलाडी समावेश गर्न थालेका हुन् । विर्तामोडको बोस्टन ब्लास्टर्स क्लबले करण केसीसहितका खेलाडीलाई मैदानमा उतार्ने भएको छ ।

    तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदानमा उतार्ने योजना रहेको अध्यक्ष सोवित बाँस्तोलाले बताए । क्लबले मार्की खेलाडीका रूपमा समिर कार्की र आइकोनिक खेलाडीका रूपमा मिनास थापालाई टोलीमा अनुबन्ध गरेको उहाँको भनाइ छ । टोलीको कप्तानी सुरज खड्काले सम्हाल्ने उनले जानकारी दिए ।

    भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक बराल र आइकोनिक प्लेयरका रूपमा पूर्व राष्ट्रिय क्रिकेटर मञ्जित श्रेष्ठलाई खरिद गरिसकेको छ । टोलीमा एक राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार पूर्व राष्ट्रिय क्रिकेट अलराउण्डर मेहबुब आलमलाई अनुबन्धन गरिएको छ ।

    भद्रपुरबाट अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोखरेल, अर्जोधी मल्लिक, आशिक राना मगर, विष्णु कामती, शेखर खड्का, मोविन अली, सञ्जीव तामाङ, मनिष कामती र प्रवीण पुरी खेल्दै छन् ।

    त्यस्तै सुमन प्रसाईँ, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अङ्कित सुवेदी र आइकोनिक प्लेयरमा पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई सहभागी गराउने भएको छ । राष्ट्रिय खेलाडीका रूपमा अदिल अन्सारीलाई अनुबन्धन गरिएको टोलीले जनाएको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइँटेल, विनोद राउत, शिवान्स बजगाईँ, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरियालगायत छन् ।

    प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ११ हजार र उपविजेताले रु एक लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशि काकडभिट्टाका सञ्चार उद्यमी तथा युवानेता बालकृष्ण थापाले प्रायोजन गरेका हुन्। आयोजक क्लबका अध्यक्ष हिमाल पोर्तेलले नेपालकै चर्चित र लोकप्रिय खेलाडी सम्मिलित हुने क्रिकेट टुर्नामेन्टले झापामा मात्रै नभएर प्रदेश नं १ मै रौनकता थप्ने बताए।

  • पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

    पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । रोहितले ३४ रन बनाए । अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

    सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

  • विनोदकाे ठाउँमा ऐरी, यूएईविरुद्ध नेपाल फिल्डिङमा

    विनोदकाे ठाउँमा ऐरी, यूएईविरुद्ध नेपाल फिल्डिङमा

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली यूएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    यसअघि पपुवा न्यु गिनी (पीएनजी) संग भएकाे श्रृङ्खलामा नेपाल र युएई दुवैले हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित शुक्रबारकाे खेलमा मैदान उत्रिएका छन् ।

    यसअघिकाे पीएनजी विरुद्धकाे खेलमा सम्मिलित टोलीमध्ये नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा शुक्रबार कमल सिंह ऐरी मैदानमा उत्रिएका छन् ।

  • ओमानविरुद्ध नेपालकाे उत्कृष्ट सुरुवात

    ओमानविरुद्ध नेपालकाे उत्कृष्ट सुरुवात

    काठमाडाैं । नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती ६ ओभरमा तीन विकेट लिएकाे छ ।

    नेपालका लागि अभिनाश बोहराले १ र आशिफ शेखले १ र कमल सिंह ऐरीले एक-एक विकेट लिए ।

    ओमानले अहिले साताैँ ओभरकाे खेल चलिरहँदा ५१ रन बनाएर ३ विकेट गुमाएकाे छ ।