Tag: नेपाली फुटबल

  • साफ यू–१९ च्याम्पियनशिप : नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा

    साफ यू–१९ च्याम्पियनशिप : नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा

    काठमाडौं । घरेलु टोली नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

    टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो ।

    खेलमा भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए ।

    खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

  • नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि प्रशिक्षक अब्दुल्लाह नेपाल नफर्कने संकेत !

    नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि प्रशिक्षक अब्दुल्लाह नेपाल नफर्कने संकेत !

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन् ।

    सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् ।

    हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछि अब्दुल्लाह गृहनगर नै छन् । उनले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए ।

    नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए ।

    तर, उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।

    एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टिमा छन् । एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका कर्मा छिरिङ शेर्पा पराजित भएका थिए ।

  • एसियन कप छनोट: नेपाल कुवेतसँग पराजित

    एसियन कप छनोट: नेपाल कुवेतसँग पराजित

    काठमाडाैं । ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

    कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको हो । कुवेतको जितमा युसेफ अलसुलिमानले दुई गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे ।

    खेलमा नेपालका दर्शन गुरुङले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए ।

    त्यस्तै खेलको ४८औँ मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।

    यसैगरी, खेलको ७३औँ मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।

    यता कुवेतको भने यो पहिलो जित हो । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । उक्त प्रतियोगिताअन्तर्गत नेपालले अब आफ्नो अन्तिम खेलमा इन्डोनेसियासँग यही जेठ ३१ गते खेल्नेछ ।

  • विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

    विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् ।

    उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए ।

    यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको बताएका छन् । कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् ।

    यस्तै, अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई टिममा नबोलाउने र जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवारी आफूले लिने बताए ।

    खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गरी बन्द प्रशिक्षण छाडेका थिए ।

  • फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

    फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो ।

    यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६ स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।

    यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका सातौं स्थानमा छ ।

    वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

    यसैगरी, छैटौं स्थानमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र १०औं मा नेदरल्यान्ड्स छन् ।

  • माैरिससविरुद्धको दोस्रो खेलमा नेपालकाे अग्रता

    माैरिससविरुद्धको दोस्रो खेलमा नेपालकाे अग्रता

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले माैरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा अग्रता लिएकाे छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको हाे । खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गरी नेपाललाई अग्रता दिलाएका हुन् ।

    नेपालले विमल घर्तीमगरको गोलमा पहिलो खेलमा मौरिससलाई १–० ले पराजित गरेको थियो ।

  • माैरिससँगकाे खेलमा जितकाे लक्ष्यकासाथ मैदानमा उत्रने

    माैरिससँगकाे खेलमा जितकाे लक्ष्यकासाथ मैदानमा उत्रने

    काठमाडाैं । नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मौरिसससँग दशरथ रंगशालामा खेल्ने तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदैछ । खेल अघि दुवै टीमले जितको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

    मैत्रीपूर्ण खेल अघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए । उनले मैत्रीपूर्ण खेल भए पनि सकारात्मक नजिताको अपेक्षा रहेको बताए । चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताए । सबै खेलाडीहरु लिग खेलेर राष्ट्रिय टिममा आउनु भन्दै उनले सबै फिट देखिएरहेको बताए ।

    नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तिलाई सुधारेर प्रदर्शन गर्ने बताए । त्यस्तै, मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताए । मरिससले पछिल्ला साढे दुई वर्षदेखि खासै खेलहरु खेल्न पाएको नपाए पनि अहिलेको खेलका लागि ४५ दिनको अभ्यास गरेका जानकारी दिए ।

    कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ । करिब १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् ।

    प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा रहेका ३४ जना खेलाडीलाई नै समेटेर राष्ट्रिय टोली निर्माण गरेका छन् । दुई खेलका लागि फरक फरक टोली बनाएर प्रशिक्षक अल्मुताइरीले नयाँ प्रयोग गरेका छन् । मौरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ ।