Tag: नेपाल प्रहरी

  • साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घटना

    साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घटना

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् ।

    सोमबार तथ्यांक संकलन तथा विश्लेषण देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन् ।

    उनले दिनकै ७० जति अनलाइन केसहरु आउने गरेको बताए । उनले सोसल मिडिया फेसबुकबाट सबैभन्दा बढी अपराजन्यघ घटनाहरु भइरहेको बताए ।

    साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक फरक हुने र धेरैजसो फेक अकाउन्ट बन्द गर्ने केस आउने गरेको उनले बताए ।

    सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएको केसहरू, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेको बताए ।

  • नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, काे कहाँ ?

    नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, काे कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ ।

    काठमाडौं प्रहरी परिसरमा भूपेन्द्र खत्री सरुवा भएका छन् । दानबहादुर कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

    त्यस्तै, अपराध अनुसन्धानको प्रमुखमा सोमेन्द्रसिंह राठौर सरुवा भएका छन् भने मनोज केसीलाई त्यहाँबाट महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

    निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ ।

  • प्रहरीद्वारा ५२ लाख बढी नक्कली नोट बरामद, नोट ल्याउन पर्यटक बसको प्रयोग

    प्रहरीद्वारा ५२ लाख बढी नक्कली नोट बरामद, नोट ल्याउन पर्यटक बसको प्रयोग

    काठमाडौं । प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ ।

    शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिषदले पत्रकार सम्मेलन गर्दै काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको जानकारी दिएको हो ।

    प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु १प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बूढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् ।

    चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो ।

    सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए ।

    त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो ।

    प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

     

     

  • एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की

    एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की

    काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले मोवाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुँदा प्रविधिको दुरुपयोगबाट हँुुदै आएका विविध अपराध नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।

    आइतबार काठमाडौंमा सरोकारवाला निकायले गरेको एमडीएमएस प्रणाली कार्यान्वयन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा कार्कीले समय सापेक्ष नयाँ प्रविधिको प्रयोग कम हुँदा त्यसले अपराध अनुसन्धान र नियन्त्रण गर्न असहज तथा समय लाग्ने गरेको दृष्टान्त दिदै अब एमडीएमएस प्रणालीले अनुसन्धानमा कार्यमा सहयोग पर्‍याउने बताए ।

    उनले भने,‘यो प्रणाली लागू भइसकेपछि खास गरि हामीले अपराध नियन्त्रणमा सहयोग होस् अपराध नियन्त्रण नै होस्, अनुसन्धान गर्नुपर्ने स्थितिमा नै पुग्न नपरोस भन्ने चाहेको छौं । अनुसन्धान गनुुपर्दाको अवस्थामा पनि छरितो किसिमले अनुसन्धान गरेर समयमै न्याय दिने कार्यमा लाग्न सबै ऐक्यबद्ध भएर लाग्ने अपेक्षा गरेको छु।’

    उनले एमडीएमएस प्रणालीमा दर्ता नगराएका डिभाइसहरुलाई प्रहरी अनुसन्धानका क्रममा ट्रयाकिङ गर्न निकै गाह्रो भएको भन्दै यो प्रणालीमा दर्ता गराउन सबैलाई आग्रह समेत गरे ।

    आइएमइआई परिवर्तन गरेर कतिपयले चोरी बजारमा मोवाइल विक्रि गर्ने र प्रविधिको आडमा सामाजिक सञ्जालमार्फत अपराध गर्ने कार्यमा डिभाइसेसहरुको प्रयोग धेरै भएकोले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग पुग्ने अपेक्षा राखे ।

    ‘हामीकहाँ एक महिनामा दुई तीन सय मोवाइल हराएको भनेर उजुरी आउँछन् । चोरिएका भनेर आउने संख्या पनि त्यत्तिकै मात्रामा छन् । हराउनु व्यक्तिको कमजोरी भए पनि चोरिनुमा राज्यले ध्यान दिनुपर्ने हुन्छ । त्यस्ता चोरिएको वा हराएको फोनलाई आफ्नो फोन भनेर बजारमा पाटपूर्जा परिवर्तन गरी विक्रि गर्ने कुरा कानून सम्मत होइन् त्यो कानूनी दायरामा आउँछ । कानूनी दायरामा आउने कुराालाई जव मोवाइल दर्ता गर्ने,कर तिर्ने अवस्थामा आउँछ, कर तिरेको र दर्ता गरिएको मोवाइल हुने छ ।’ कार्कीले बताए ।

    उनले नेपाल प्रहरीको अपराध अनुसन्धानमा समेत मोवाइलको फरेन्सिक रिपोर्ट परीक्षण गरी अनुसन्धानमा प्रयोग गरिदै आएको उल्लेख गर्दै दर्ता प्रणालीले अझ अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्ने बताए ।

    त्यस्तै नेपाल शशस्त्र प्रहरी बलका डिआइजी पुरुषोत्तम थापाले यो प्रणाली लागू भएपछि सीमा सुरक्षा र अर्थतन्त्रमा राजस्व चुहावट रोक्नलाई मद्दत पुगेको बताए । उनले सशस्त्र प्रहरीले तदारुकताका साथ यो प्रणालीलाई कार्यान्वयन गराउने पक्षमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

  • त्रिभूवन विमानस्थलनजिक प्रहरीले चलायो गोली, एक जना पक्राउ

    त्रिभूवन विमानस्थलनजिक प्रहरीले चलायो गोली, एक जना पक्राउ

    काठमाडौं । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएकाे प्रहरीले जनाएकाे छ ।

    लागू औषध कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो ।

    खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।

    पक्राउ परेका व्यक्तिकाे परिचय भने प्रहरीले खुलाएको छैन ।

  • नेपाल प्रहरीको डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस

    नेपाल प्रहरीको डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ ।

    बढुवा सिफारिस समितिको बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् भने विकासराज खनाल १३ औं नम्बरमा छन् ।

  • ४ जना डीआईजी एआईजीमा बढुवा

    ४ जना डीआईजी एआईजीमा बढुवा

    काठमाडाैं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरिएको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।

    डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन् ।

    गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए । ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी भएका छन् ।

  • नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

    नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

    काठमाडाैं । नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त भएका छन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो ।

    कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन् ।

  • एआईजीमा बढुवा भएका ५ जना प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न

    एआईजीमा बढुवा भएका ५ जना प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न

    काठमाडाैं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले दर्ज्यानी चिह्न लगाएका छन् ।

    बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिएका थिए ।

    उनले संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए ।

  • रक्सी खाएर विवाद गरेको आरोप लागेका प्रहरी जवान निलम्बित

    रक्सी खाएर विवाद गरेको आरोप लागेका प्रहरी जवान निलम्बित

    सप्तरी । रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्।

    राजविराजमा गत शुक्रबार दिउँसो रक्सी खाएर स्थानीयसँग विवाद गरिएको निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए।

    बर्दीमा रहेका उनले अर्धनग्न भएर विवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। एउटा लाठी लिएर विवाद गरेको भिडिओमा देखिन्छ।

    त्यसैबीच जवानसँग हातपात गरेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिएसपी सिंहले बताए।