Tag: नेपाल प्रहरी

  • नेपाल प्रहरीका ५ डीआईजी एआईजी बढुवामा सिफारिस

    नेपाल प्रहरीका ५ डीआईजी एआईजी बढुवामा सिफारिस

    काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

    गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबारको बैठकले बढुवा सिफारिस गरेकाे हाे ।

    डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा हुन सिफारिस भएका हुन् ।

     

  • पृथ्वी शाहकाे समूहमाथि ४ मुद्दा दायर गर्न सीआईबीकाे सुझाव

    पृथ्वी शाहकाे समूहमाथि ४ मुद्दा दायर गर्न सीआईबीकाे सुझाव

    काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुझाव दिएको छ ।

    बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले शाह र उनका सहयोगीका कृत्यको तथ्यांकसहित प्रहरीले उक्त मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो ।

    शाहसहितका व्यक्तिले २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित रुपमा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । शाहविरुद्ध ५६ जना पीडितले २४ वटा उजुरी दिएका छन् ।

    प्रहरी हिरासतमा रहेका शाहविरुद्ध फागुन १६ गते ठगी सम्बन्धी थप १० जनाको उजुरी परेकोमा अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • बालाजुमा आन्दोलित यातायात व्यवसायीले जलाए दुई वटा प्रहरी भ्यान

    बालाजुमा आन्दोलित यातायात व्यवसायीले जलाए दुई वटा प्रहरी भ्यान

    काठमाडौं । बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् ।

    आफ्ना माग सार्वजनिक गर्ने कार्यक्रममा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि झडपको अवस्था आएको यातायात मजदुर संगठनले जिकिर गरेका छन् ।

    झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

    माछापोखरी चोकमा यातायात मजदुरले दुवै गाडीमा आगजनी गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, पंकज मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरूलाई आक्रमण गरेको ३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् ।

    माछापोखरी चोकमा अहिले पनि ढुङ्गा हानाहान भइरहेको छ । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

  • नेपाल प्रहरीका ९५ जना एसपीकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

    नेपाल प्रहरीका ९५ जना एसपीकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

    काठमाडाैं । नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो ।

    प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो ।

  • काठमाडौंमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

    काठमाडौंमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

    काठमाडाैं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ । निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौंका तीन सय २० मतदानस्थल र सातसय ५७ मतदान केन्द्रमा दुई हजार पाँच सय नेपाल प्रहरी र तीन हजार दुई सय ७९ म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

    काठमाडौंको क्षेत्र नं १ मा नेपाल प्रहरी एक सय ११, म्यादी प्रहरी दुई सय १८, क्षेत्र नं २ मा नेपाल प्रहरी दुई सय १७, म्यादी प्रहरी चार सय एक, क्षेत्र नं ३ मा नेपाल प्रहरी एक सय ६४, म्यादी प्रहरी दुई सय ९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी एक सय ८१, म्यादी प्रहरी तीन सय ३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी एक सय ७८ र म्यादी प्रहरी तीन सय २९ परिचालन गरिएको छ ।

    यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी एक सय ६९, म्यादी प्रहरी तीन सय १७, क्षेत्र नं ७ मा नेपाल प्रहरी एक सय ५९, म्यादी प्रहरी दुई सय ९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी एक सय ३८, म्यादी प्रहरी दुई सय ४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी एक सय ९२, म्यादी प्रहरी तीन सय ५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी दुई सय २६ र म्यादी प्रहरी चार सय २० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए ।

    यसका साथै नेपाल प्रहरीले काठमाडौंमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ ।

  • थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असईविरुद्ध मुद्धा

    थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असईविरुद्ध मुद्धा

    नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

    गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

    कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ।

    राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएको आधारमा चौलागाईँलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।

  • तीनकुनेमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

    तीनकुनेमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

    काठमाडौं । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

    काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको प्रहरी स्राेतले जनाएकाे छ ।

    उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । यस सम्बन्धमा अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

  • ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस : को-को परे ?

    ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस : को-को परे ?

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

    प्रहरी निरीक्षक होमबहादुर थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन् । प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद न्यौपाने, केशरबहादुर कार्कीलगायत रहेका छन् ।

  • नेपाल प्रहरीले माग्याे ४ सय ७४ असई

    नेपाल प्रहरीले माग्याे ४ सय ७४ असई

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ ।

    आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरिक्षका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।

    गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना प्रहरी सहायक निरिक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४ सय ४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    यसैगरी, गत २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतवार भने नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ ।

  • त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

    त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

    काठमाडाैं । त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।

    प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो ।

    प्रदर्शनकारी र प्रहरीबिच ढुंगा हानाहान भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाएर विरोध गरेका थिए।

    निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ । एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलो पटक हो ।