Tag: पाकिस्तान

  • पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

    पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

    काठमाडौं । प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ ।

    बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो ।

    श्रीलंकाले प्रस्तुत गरेको ५०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिन २६१ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले ८१ बनाए । यस्तै, ओपनर इमाम अल हकले ४९ रन जोड्दा मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे ।

    यता, श्रीलंकाका जयसुर्याले ३२ ओभरमा पाँच मेडनसहित ११० रन खर्चदै पाँच विकेट लिए । त्यस्तै, रमेश मेन्डिसले ३० ओभरमा ७ मेडन सहित १०१ रन खर्चिए । यसअघि पहिलो इनिङमा श्रीलंकाले दिनेश चन्डिमलको ८० रन मद्दतमा ३७८ रनको योगफल तयार पार्याे । जवाफी ब्याटिङमा आएको पाकिस्तानले अघा सलमानको ६२ रन सहयोगमा २३१ रनमै सिमित भयो ।

    दोस्रो इनिङमा थप ३६० रन जोड्दा श्रीलंकाले ५०८ रन बनाएको थियो । टेष्टको प्लेयर अफ द म्याच श्रीलंकाका धनञ्जय डि सिल्भा घोषित भए ।

  • पाकिस्तानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

    पाकिस्तानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

    काठमाडाैं । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् ।

    करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो । अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् ।

    अधिकारीहरूले भने, “अहिलेसम्म प्रायजसो महिला तथा केटाकेटीहरूगरी २६ वटा जना मृत फेला परेका छन् र सोही सङ्ख्यामा मानिसहरू वेपत्ता छन् ।”

    जिल्ला प्रशासन कार्यालयका प्रवक्ता कशिफ निसार गिलले एएफपीसँग भने, “डुङ्गा दुर्घटना भएको ४८ घण्टाभन्दा बढी भइसक्यो । त्यसैले पानीमा कोही जीवित फेला पर्ने सम्भावना क्षीण छ । यद्यपि उनीहरूको खोजी जारी रहेको छ ।”

    दुर्घटनामा परेका झण्डै आधा यात्रु नदीमा पौडी खेलेर जीवन बचाउन सफल भएका पनि बताइएको छ । जीवितहरूमध्ये धेरै पुरुषहरू पौडी खेलेर नदीको किनारमा निस्केका गिलले बताए ।

  • पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना : २३ जनाको मृत्यु, २६ बेपत्ता

    पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना : २३ जनाको मृत्यु, २६ बेपत्ता

    काठमाडाैं । पाकिस्तानमा जन्ती बोकेको डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

    एक सयभन्दा बढी यात्रु सवार सो डुंगा पाकिस्तानको रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको हो भने २६ जना बेपत्ता भएका छन् ।

    दुर्घटनामा मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । उनीहरुको खोजीका लागि ३५ जना गोताखोर परिचालन गरिएको छ । ५० भन्दा बढीको भने सकुसल उद्धार गरिएको छ ।

    क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ । पाकिस्तानमा गत सातादेखि भारी बर्षा जारी रहेकाले नदीको तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गरिएको थियो ।

  • खोँचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

    खोँचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ गइरहेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो ।

    पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

  • पाकिस्तानमा पनि बढ्याे काेराेना, अस्पताल भर्ना हुनेकाे सङ्ख्यामा वृद्धि

    पाकिस्तानमा पनि बढ्याे काेराेना, अस्पताल भर्ना हुनेकाे सङ्ख्यामा वृद्धि

    पाकिस्तान । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

    राष्ट्रिय स्वास्थ्य संस्था (एनआइएच) इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

    सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

    सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ ।

  • मुम्बई हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

    मुम्बई हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

    नयाँ दिल्ली । सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ ।

    लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ ।

    ‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित लश्कर–ए–तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’, सो मुद्दासँग जोडिएका एक वकिलको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

    लाहोरमा जन्मेका मिरले मुम्बई आक्रमणको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नमा प्रमुख भूमिका खेलेका थिए । मुम्बई नरसंहारमा २६ विदेशीसहित १६६ जनाको मृत्यु भएको थियो । आक्रमणमा तीन सयभन्दा बढी घाइते भएका थिए । उक्त हमलामा ९ आक्रमणकारी मारिएका थिए ।

    सो हमलापछि भारत–पाकिस्तान तनाव बढेको थियो । आक्रमणमा उनको संलग्नतालई लिएर मिरलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । दुई देशका क्रिकेट टोलीबीचको खेल हेर्न क्रिकेट फ्यानको रूपमा उनी सन् २००५ मा भारत गएका थिए । त्यतिबेला उनी करिब १५ दिन भारतमा बसेका थिए ।

  • बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा

    बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा

    इस्लामाबाद । महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आपतकाल घोषणा गर्ने निर्णय गरेको छ ।

    एक पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।

    ‘पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ’ उनको भनाइ उद्धृत गर्दै जियो न्युजले जनाएको छ । ‘बलात्कारका घटनालाई सम्बोधन गर्न प्रशासनले आपतकाल घोषणा गरेको छ,’ उनले भने ।

    यस विषयमा नागरिक समाज, महिला अधिकारकर्मी संगठन, शिक्षक र वकिलसँग परामर्श लिइने मन्त्रीले बताए । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षाको महत्व सिकाउनसमेत आग्रह गरे ।

    विभिन्न घटनाका आरोपितलाई थुनामा राखिएको र बलात्कारविरुद्धको अभियान चलाएको मन्त्री तरारले बताए । विद्यालयमा विद्यार्थीमाथि हुने दुव्र्यवहारबारे सचेत गराइनेसमेत उनले बताए ।

    गृहमन्त्रीले अब अभिभावकले आफ्ना छोराछोरीलाई कसरी जोगाउने भनेर सिक्नुपर्ने बेला आएको बताए । उनले सरकारले फास्ट ट्र्याकका आधारमा डीएनए नमूनाको संख्या बढाउने बताए ।

  • अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडिदिए

    अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडिदिए

    इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ ।

    उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।

    ‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्‍याए’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाइका प्राध्यापक राहिल सिकन्दरले भने ।

    अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए ।

    ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए ।

    त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।

    सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको बताए ।

  • छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

    छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

    पाकिस्तान । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।

    पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।

    बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाख रुपैयाँमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् ।

    बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र शुरु हुने प्रहरीले जनाएको छ । सेहवान अस्पतालमा पोष्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ ।

  • शेहबाज बने पाकिस्तानको नयाँ प्रधानमन्त्री

    शेहबाज बने पाकिस्तानको नयाँ प्रधानमन्त्री

    काठमाडाैं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् ।

    पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् ।

    शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरे । निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधानमन्त्री बनेका छन् ।

    सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् ।