Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गर्न आवश्यक छ : प्रचण्ड

    नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गर्न आवश्यक छ : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गरेर अघि बढे दूरगामी परिणाम आउने बताएका छन् ।

    आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि अध्ययन र अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठान, नेपाल संस्थाद्ववारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन कार्यक्रममा दाहालले यस्ताे बताएका हुन् ।

    उनले भने, ‘एक दशकअघि मैले नेपाल, भारत र चीनबीच शान्ति, विकास र सहकार्यको त्रिपक्षीय अवधारणाका लागि प्रस्ताव राखेको थिएँ । नेपाल, भारत र चीनबीच ‘बफर’ क्षेत्र नभई बरु दुई मुलुक बीचको ‘भाइब्रेन्ट ब्रिज’ बन्न सक्छ ।’

    दाहालले नेपाललाई उनीहरु (भारत र चीन) को मुख्य चासो थाहा भएको पनि बताए ।

    ‘अन्तर्राष्ट्रिय सम्बन्ध: नेपाल र विश्व व्यवस्था’ विषयक कार्यक्रममा नेपाल र भारतका २६ जनाले शोधपत्र प्रस्तुत गरेका थिए । काठमाडौंमा भएको कार्यक्रममा नेपालबाट ११ र भारतबाट १५ जनाले नेपाल–भारत सम्बन्ध र अन्तर्राष्ट्रिय परिवेशलगायत विभिन्न विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

  • हर्क साम्पाङले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

    हर्क साम्पाङले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच खुमलटारमा भेटघाट भएको हो ।

    साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र सम्बृद्धिका विषयमा छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

  • ‘बाबुराम र प्रचण्डसँगै उभिनुकाे ठूलो अर्थ छ’

    ‘बाबुराम र प्रचण्डसँगै उभिनुकाे ठूलो अर्थ छ’

    काठमाडाैं । आगामी निर्वाचन नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका बाबुराम भट्टराईले प्रचण्डसँग आगामी योजनाका बारेमा छलफल गरेका छन् ।

    माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव छलफलका लागि पुगेका थिए । आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिट, घोषणापत्र र निर्वाचनको तयारीबारे नेताहरुबीच छलफल भएको थियो ।

    छलफलपछि भट्टराईले अग्रगामी परिवर्तनका एजेण्डालाई स्थापीत गर्न संयुक्त रुपमा निर्वाचन लड्न लागेको बताए । उनले आफूहरु गठबन्धनभित्रकाे अंग भएकाले मापदण्डका आधारमा सिट बाँडफाँट हुने दावी गरे । भट्टराईले तत्काल चूनावी तालमेल हुने र आगामी दिनमा बृहत राजनीतिक शक्तिहरुको ध्रुविकरण गरेर अघि बढ्ने लक्ष्य रहेको बताए ।

    त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई अझै पनि गठबन्धनभित्रै रहेको बताए ।

    सिटका विषयमा गठबन्धनमा रहेका दलहरुसँग छलफल बढेर अघि बढ्ने उनकाे भनाइ छ । उनले बाबुराम र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ रहेको र यसलाई कसैले रोकेर नरोकिने जिकीर गरे । प्रचण्डले चुनावपछि पार्टी एकताको बाटोमा अघि बढ्ने र एकीकृत समाजवादीसँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारीमा रहेको जानकारी दिए ।

    यसअघि मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो भने दुवै दलले निर्वाचन आयोगमा संयुक्त रुपमा निवेदन समेत दिएका छन् ।

  • स्व.बोगटीलाई सम्झिँदै प्रचण्डले भने– धेरै पढेलेखेकाे नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रा थिए

    स्व.बोगटीलाई सम्झिँदै प्रचण्डले भने– धेरै पढेलेखेकाे नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रा थिए

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए ।

    कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचना माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक त ।’

    विचार र व्यवहारप्रति नेताहरू धरमाराएको उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको उनले बताए । यसलाई जोगाउन उनले आग्रह गरे । साथै, वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरौ सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्पन आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’

    उनले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ ।’

    उनले कार्यक्रममा स्व. बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताए । उनले भने, ‘ अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रीत भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ ।’

    स्व. बोगटीको आरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अदभुत क्षमता उनका थियो ।’ पार्टीभित्रका डाक्टर र वैद्यहरुलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनको भनाइ छ । अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको उनले बताए ।

     

  • नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न हुँदैन : प्रचण्ड

    नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न हुँदैन : प्रचण्ड

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताएका छन् ।

    जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताए । त्यस्तै, प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरे ।

    उनले आफ्नो चीन भ्रमणका विषयमा पनि छलफल भइरहको जानकारी दिए । प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समुदायसँग विशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताए ।

    त्यस्तै, उनले जापानको संसद भवनको अवलोकन गरेको र सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग छलफल गरेको र दुईपक्षीय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिए ।

    उनले नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको धारणा पनि राखे ।

    प्रचण्ड साउन २१ गते नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापान गएका थिए ।

  • फाेहाेर व्यवस्थापनका लागि प्रचण्डले मागे जापानसँग सहयोग

    फाेहाेर व्यवस्थापनका लागि प्रचण्डले मागे जापानसँग सहयोग

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दिने जापान भ्रमणका क्रममा आफूले फोहोर व्यवस्थापनका लागि सहयोग मागेको बताएका छन् ।

    जापान भ्रमण सकेर बुधबार त्रिभुवन विमानस्थलमा उत्रिएका उनले पत्रकार सम्मेलनमा उनले भने, ‘फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेछ जापान । फोहोर व्यवस्थापमा तत्काल सघाउन भनेका छौँ ।’

    प्रचण्डले जलविद्युत् र कृषिमा पनि लगानी सहयोग माग गरेको बताएका छन् । उनले राम्रो वातावरणमा एकअर्काको सहयोग अभिवृद्धिका लागि कुरा भएको पनि जानकारी गराए ।

  • प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता

    प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता

    काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् । तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन् ।

    सो, भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको दाहालले जानकारी दिइन् ।

  • ‘प्रचण्ड’ शुक्रबार जापान जाँदै

    ‘प्रचण्ड’ शुक्रबार जापान जाँदै

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार जापान जान लागेका छन् । शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ ।

    नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् । उनी साउन २५ मा स्वदेश फर्किनेछन्।

    जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन ।

    प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए ।

     

     

  • प्रचण्डकाे दाबी : मेरो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्नै परेन

    प्रचण्डकाे दाबी : मेरो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्नै परेन

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्न नपरेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि सुशासनमा नयाँ रेकर्ड बनाएको दाबी गरेका हुन् ।

    उनले भने, ‘सुशासनको दृष्टिकोणले भन्नुहुन्छ भने पहिलो गणतान्त्रिक सरकारको नौ महिने कार्यकालमा कुनै पत्रपत्रिकाले त्यो सरकारको नौ महिनामा भ्रष्टाचार यो ठाउँमा भयो भनेर एउटा वाक्य लेख्ने ठाउँ दिइएन ।’

    उनले आफ्नाे ९ महिनाकाे कार्यकालमा सुशासनको नयाँ रेकर्ड बनाएको पनि बताए । उनले भने, ‘सुशासनको एउटा नयाँ रेकर्ड बनाइयो । यसबाट के देखिन्‍छ भने विकास निर्माण र समृद्धिको सुशासनको नेतृत्व माओवादीले गर्दा मात्रै हुँदो रहेछ ।’

  • कांग्रेसलाई प्रचण्डको चेतावनी : माओवादीलाई दोस्रो हुन नदिए सहज हुन दिइने छैन

    कांग्रेसलाई प्रचण्डको चेतावनी : माओवादीलाई दोस्रो हुन नदिए सहज हुन दिइने छैन

    काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन संघ र प्रदेश निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् ।

    उनले आगामी आम निर्वाचनमा दायाँ-बायाँ हुन नहुने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र दोस्रो हुन कांग्रेसलाई सहयोग गरिएकाेसमेत बताए ।

    ‘सायद पहिलो तपाईंहरु नै हुनुहुन्छ, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ अन्यथा सहज हुन दिइने छैन’ प्रचण्डले भने ।

    गत स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर अघि बढ्नुपर्ने प्रचण्डको भनाइ छ ।