Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • नेकपाका बन्दीहरू रिहाइका लागि नेता बास्तोला र वलीले भेटे प्रचण्ड

    नेकपाका बन्दीहरू रिहाइका लागि नेता बास्तोला र वलीले भेटे प्रचण्ड

    काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले बन्दी रिहाइको माग राखेर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

    बास्ताेलाले प्रचण्डसँगकाे भेटका बारेमा फेसबुकमा उल्लेख गरेका छन् । ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल । लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँग भेट र सुस्वास्थ्यको कामना ।’

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेकपाका नेताहरूलाई माओवादीमा ध्रुवीकरणका लागि प्रस्ताव गरेको बताएका थिए । नेकपाभित्र बास्ताेला र वली चुनावकाे पक्षमा छन् ।

    चुनावको पक्षमा रहेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन् ।

  • विवाद भएपछि माओवादीले हटायो कुलमानसहितको चुनावी पोस्टर

    विवाद भएपछि माओवादीले हटायो कुलमानसहितको चुनावी पोस्टर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।

    कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

    प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।

    ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्बिरमा घिसिङको फोटो प्रयोग गरिएको थियो । तर अहिले त्यो पोष्ट हटाइएको छ र त्यसमा प्रचण्डको मात्र तस्बिर अंकित सामग्री राखिएको छ ।

  • माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल

    माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् ।

    पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए ।

    ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो’, अध्यक्ष दाहाले भने, ‘अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।’ निर्वाचनको समय नजिक आइसकेको भन्दै उनले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताए । ‘अन्य दललाई परिवर्तनको माया छैन, हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौँ’, उनले भने ।

    फरक कार्यक्रममा अध्यक्ष दाहालले कैलाली जिल्लामा माओवादी प्रवेशको लहर चलेको र २०६४ सालको नतिजा फर्कने सम्भावना प्रवल भएको बताए । नेत्र विक्रम चन्दको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पनि माओवादी प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिँदै उनले कैलालीमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरे ।

    कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चौधरीलगायत नेकपा (एमाले) कैलाली र सोलुखुम्बुका सयौँ नेता कार्यकर्ता माओवादी प्रवेश गरेका थिए । ‘यसले सुदूर पश्चिमका साथै देशभर नै प्रभाव पर्ने देखिएको छ’, उनले भने, ‘देशभरका माओवादी कार्यकर्तालाई फेरि एकचोटी एकीकृत हुन आह्वान गर्ने गरी संसारभर फैलिएको छ, निर्वाचनको ब्याटल जित्नुपर्ने छ । निर्वाचनको समयमा एक जुट भएका छौँ ।’

    पश्चिममा मात्र होइन पूर्वको सोलुखुम्बुमा पनि पार्टीप्रतिको आकर्षण बढेको र एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेक्रम बढेको उनले बताए । ‘एमालेले कस्तो राजनीति गरिरहेको छ भन्ने तपाईंहरूले पनि अनुभव गर्नुभएको, मैले पनि तीन वर्ष एउटै पार्टीमा रहँदा अनुभव गरेँ’, अध्यक्ष दाहालले भने, ‘अब हामी एक भएका छौँ, हामीले ब्याटल जित्नुपर्छ, माओवादीले निर्वाचन जित्नु राष्ट्र, परिवर्तन, गणतन्त्र, सङ्घीयताले जित्नु हो ।’

  • संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ : अध्यक्ष दाहाल

    संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ : अध्यक्ष दाहाल

    काठमाडैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन् । आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उनले जोड दिए ।

    सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा उनले आम नेपालीले ल्याएको परिवर्तन जनता आफैँले अनुभूति गर्नुपर्ने बताए । उनले भने, ‘त्यसका लागि पनि संविधानका आधारमा कानुन बनाउनुपर्छ ।’ ‘डिजिटलाइजेसन’ र ‘ग्लोबलाइजेसन’ को अधिकतम फाइदा लिनुपर्नेमा अध्यक्ष दाहालको जोड छ । यसबाट कसरी फाइदा लिन सकिन्छ भनी सकारात्मक र रचनात्मक विश्लेषण गर्नुपर्ने उनले बताए ।

    विकासको अरुको मोडेललाई यान्त्रिक तरिकाले जसरी पछ्याउन नसकिने उनको भनाइ छ । उनले भने, ‘हाम्रो आफ्नै तरिकाले बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको छ ।’ आफू प्रधानमन्त्री हुँदा मध्यपहाडी राजमार्ग र ‘लिङ्क रोड’ को विकासमा विशेष ध्यान दिएको अध्यक्ष दाहालले बताए ।

    आफैँले ल्याएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको उनले औँल्याए । उनले भने, ‘त्यसका लागि अरु मन्त्रालयहरुले पनि समन्वयात्मक ढङ्गबाट ऐन, नीति बनाउन लाग्नुपर्छ ।’

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत सहरी विकासको गोष्ठी गर्न ढिला भए पनि महत्वपूर्ण विषय भएकाले यसमा छलफल आवश्यक रहेको बताए । सिङ्गो विश्व नै एक सताब्दीदेखि सहरीकरणमा अघि बढेको र सन् २०५० सम्ममा संसारको ७० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमा बसोबास गर्ने उनले बताए । उनले भने, ‘एकीकृत विकास प्रक्रियामा कस्तो नीति र ऐन बनाएर जाने भनेर पछि परेका छौँ ।’

    अझै पनि हाम्रा सहर व्यवस्थित हुन नसकेको पूर्वप्रधानमन्त्री खनालले बताए । हाम्रो देशमा २००७ सालदेखि सहरीकरण सुरु भएको र २०४६ सालपछि तीव्र भएको उनले बताए । संविधानअनुसार तीन तहको सरकार बनेपछि सङ्घीय राजधानी, प्रदेश राजधानी र पालिकाको केन्द्र पनि व्यवस्थित गर्दै जानुपर्नेमा उनको जोड छ ।

    गृहमन्त्री बालकृष्ण खाँणले सडकमा एउटाले बनाउने र अर्काेले खन्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताए । पालिकाको केन्द्रसम्म सडक पुगेका ठाउँमा पनि वडासम्म विस्तार हुननसकेको उनको भनाइ छ । उनले भने, ‘ग्रामीण क्षेत्रसम्म पूर्वाधार निर्माणको योजना लैजानुपर्छ ।’

    स्थानीय तहको निर्वाचनमा सहभागी हुन गृहमन्त्री खाँणले सबै दललाई आग्रह गरे । विगतमा नेपाली कांग्रेस र तत्कालीन (नेकपा माओवादी)ले मिलेर नै शान्ति सम्झौता गरेको र हाल विकासका लागि पनि सँगसँगै जानुपर्नेमा उनले जोड दिए ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाउँका बस्ती विस्तारै रीत्तिदै गइरहेको र सहरमा क्रमशः बस्ती घना भइरहेको बताए । सहर निर्माणलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘अहिले हामीले योजनाबद्ध सहर विकास गर्न सकिरहेको छैनौँ ।’

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत सहरी विकासका लागि ऐन र नीति आवश्यक रहेकाले त्यसको तयारी अघि बढाइएको बताइन् । खोलामा घर बनाएकाले अहिले घरभित्र खोला पसेको उनले बताए । सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा काठमाडौं लगायत सहरी क्षेत्रमा दुई सयजना बस्ने खुल्ला ठाउँ पनि नहुने अवस्था आइरहेको उनको भनाइ थियो ।

  • उम्मेदवार चयन गर्न माओवादी केन्द्रको परिपत्र (पत्रसहित)

    उम्मेदवार चयन गर्न माओवादी केन्द्रको परिपत्र (पत्रसहित)

    काठमाडाैं । नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र केन्द्रीय कार्यालयमा स्थानीय तह निर्वाचनमा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न पार्टीको तल्लो तहमा परिपत्र गरेको छ ।

    माओवादी केन्द्रले सोमबार पार्टीको तल्लो तहमा उम्मेदवार चयनसम्बन्धी निर्देशनात्मक परिपत्र गरेको हो । परिपत्रमा स्थानीय तह निर्वाचनको लागि महानगर, उपमहानगरको प्रमुख उपप्रमुखको उम्मेदवारको नाम सर्वसम्मत भएमा एक जना र नभए प्राथमिकताक्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ ।

    त्यसैगरी, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिफारिस सम्बन्धित पालिका समितिले गर्ने र जिल्ला समन्वय समितिको सुझावसहित प्रदेश समितिले उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रले परिपत्र गरेको छ ।

    हेर्नुहाेस् पत्र :

  • हरेक दृष्टिले साइकल उपयोगी : अध्यक्ष दाहाल

    हरेक दृष्टिले साइकल उपयोगी : अध्यक्ष दाहाल

    चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् ।

    प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले शनिबार चितवनमा आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका हुन् ।

    यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।’ खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।

    अध्यक्ष दाहालले शनिबार बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन् । प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।

    प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई रु २०/२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ ।प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङ्रोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो ।

    करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ । नारायणी नदी तिरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्‍यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ । क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा काठमाडौंसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफको समेत सहभागिता रहेको छ । अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन पछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन् । शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उनकोे भनाइ थियो । भरतपुरको रिङरोड अहिले ६६ किमी रहे पनि चाँडै ८८ किमी रिङरोडमा म्याराथन हुने महानगर प्रमुख दाहालले बताइन् । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उनको भनाइ थियो ।

  • डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन आवश्यक : अध्यक्ष दाहाल

    डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन आवश्यक : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका हुन् ।

    डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने भरतपुर अस्पताल रहेको चितवन दाहालको गृह जिल्ला हो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताललगायतको त्रिपक्षीय सम्झौता गरेर सुदूरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजका रूपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ’, उनले भने, ‘भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा र एकेडेमिक सेन्टरको रूपमा त्यही मोडालिटीअनुसार मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीलाई भन्ने छु ।’

    उनले भरतपुर अस्पताललाई पनि त्यही मोडालिटीमा पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रूपमा स्थापित गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । उनले भने, ‘तपाईंले डडेल्धुरामा गर्नु भएछ अब पालो चितवनको भन्ने छु । मलाई विश्वास छ प्रधानमन्त्रीले मेरो कुरा काट्नु हुने छैन । काट्न मिल्ने ठाउँ नै छैन ।’ प्रधानमन्त्रीले डडेल्धुरामा गरेपछि आफूले चितवनमा माग्नु बिलकुल जायज भएको बताए ।

    अस्पतालमा आवश्यक रहेको एमआरआई सेवा, मुटुरोगसम्बन्धी क्याथ ल्याब, ओएनएम र एकेडेमीको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले भने, ‘मैले यो अस्पताललाई आवश्यक परेका चारवटै कुरामा मेरो सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्रा डा सुनिलमणि पोखरेलले अस्पतालको वस्तुस्थिति र आवश्यकताका बारेमा प्रकाश पारेका थिए । न्यून जनशक्तिका कारण उपचारमा कठिनाइ भएको भन्दै आवश्यक पहलका लागि उनीहरुको अनुरोध थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा (समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, नाम्सका डिन प्रा डा पियुष दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले बोलेका थिए ।

    सो अवसरमा ट्रमा एण्ड डाइग्नोस्टिक ब्लक भवन र कुरुवा भवनको दाहालले उद्घाटन गरेका थिए । वार्षिकोत्सवका अवसरमा प्रकाशित सञ्जीवनी पुस्तकको उनले विमोचन गरे । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलको संयोजकत्वमा पुस्तक प्रकाशन गरिएको हो । कार्यक्रममा अस्पतालमा उत्कृष्ट कार्य गर्ने र बिदाई भएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो ।

  • सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

    सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।

    उनले भने, ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’ अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’

  • गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल

    गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधवार चितवन सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए ।

    दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताए । उनले भने, ‘सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।’

    वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरूआत आज चितवनको भरतपुरबाट सुरू भएको उनको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूआत गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गरे ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताए । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताए ।

    असली भूमिहीन नछुट्न भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उनले चितवनबाट यसको सुरुआत गरिएको बताए । उनले भने, ‘कोही भूमिहीन नछुटुन् र कोही गैर भूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।’

    कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूआत भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुआत भएको बताए । उनले भने ‘भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।’

    सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।

    कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नरेन्द्र खड्का, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतले भूमिहीन नागरिकलाई राज्यले सम्बोधन गर्ने विश्वास दिलाए ।

  • गठबन्धन चुनावसम्म कायम हुन्छ : प्रचण्ड

    गठबन्धन चुनावसम्म कायम हुन्छ : प्रचण्ड

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् ।

    ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै द्विविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ’–उनले भने ।

    अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने, ‘देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।’

    उनले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै भने ‘प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।’ उनले देशको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्दै अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ प्रयास जारी रहेको बताए ।

    अध्यक्ष प्रचण्डले श्रीलङका जस्तो स्थितिमा नेपाल नरहे पनि भोलिका दिन नेपालमा पनि अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै त्यसको समाधानको लागि पहल सुरु भइरहेको जनाएका छन् ।