Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

    नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

    चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२÷३३÷११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उनले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताए ।

    माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उनले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने दाहालको भनाइ छ ।

    चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला–ठूला भौतिक पूर्वाधारका योजना बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे । सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरेर यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताए । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हासिल हुने बताए ।

    कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले २६ हजार न्यून विद्युत् खपत गर्ने उपभोक्तालाई सरकारले निःशुल्क बिजुली उपलब्ध गराएको जानकारी दिइन् । कृषि प्रयोजनका लागि खपत हुने विद्युत्मा ५० प्रतिशत छुट दिने काम पनि आफैले गरेको भन्दै उनले विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताइन् ।

    पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय सामग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको मन्त्री भुषालको भनाइ छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष घिसिङले नेपाल विद्युत् प्राधिकरणले ५० वर्षे कार्ययोजना बनाइ काम अगाडि बढाएको जनाउँदै पूर्वाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे ।

  • भरतपुर महानगर प्रमुखमा फेरि माओवादीको दाबी

    भरतपुर महानगर प्रमुखमा फेरि माओवादीको दाबी

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका छन् ।

    उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छाैँ,’ उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’

    भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताएका छन् । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको उल्लेख गरे ।

  • नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रचण्डको प्रतिबद्धता, वाङसँगकाे भेटमा के-के भए कुराकानी ?

    नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रचण्डको प्रतिबद्धता, वाङसँगकाे भेटमा के-के भए कुराकानी ?

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ ।

    नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो ।

    नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेकाे शिष्टाचार भेटका क्रममा उक्त अनुरोध गरिएको हो ।

    माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए ।

    उक्त अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए ।

    अध्यक्ष प्रचण्डले भने, ‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र यहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ ।’ नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

    नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो । कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिए । कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको थियो ।

    माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताए । भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ललगायतको सहभागिता थियो ।

    चिनियाँ विदेशमन्त्री वाङले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गरेका थिए । शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

  • तस्बिरमा हेर्नुहोस् चिनियाँ विदेशमन्त्री यी र माओवादी अध्यक्ष प्रचण्डकाे भेटवार्ता

    तस्बिरमा हेर्नुहोस् चिनियाँ विदेशमन्त्री यी र माओवादी अध्यक्ष प्रचण्डकाे भेटवार्ता

    काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

    भेटमा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएकाे प्रचण्डको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

    तस्बिर स्राेत : प्रचण्डकाे सचिवालय 

  • कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

    कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् ।

    दाहालले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।’

    नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’

    भरतपुर महानगरपालिकामा उनकी छोरी रेणु दाहाल प्रमुख छिन् । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्‍याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।

    प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन बिहिबार गएका हुन् । उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । उनले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दै छन् ।

  • आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

    आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् ।

    आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ ।

    उनले भने, ‘खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु ।’ जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिएका छन् ।

    उनले भने, ‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हार्‍यौँ भने संविधन र गणतन्त्र नै हार्नेछ, जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।’, एमालेले सत्य तर्कबिना संसद् चल्न नदिएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले अझै पनि अध्यक्ष प्रचण्डले ‘रिल्याक्स’ गर्ने अवस्था नआएको बताए ।

    ‘समाजवादको यात्रामा जान जसलाई नायक बनाउन लागियो उनी नै खलनायक भए’, उनले भने, ‘मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिया भएकाले सचेततापूर्वक अधि बढ्न आग्रह गरे । सिंहदरबारलाई गाउँ–गाउँमा पुर्‍याउन हामीले संविधान बनायौँ ।’ अध्यक्ष प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण पनि गराए ।

    नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतापछि मुलुकमा सङ्घीयताको ढोका खुलेको उनले बताए । ‘मुलक सङ्कटमा परे त्यो शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले देश र संविधानको रक्षा मैले गर्नुपर्छ’, उनले भने ।

  • पार्टीभित्र अराजकता, गुटबन्दी हावी भयो : प्रचण्ड

    पार्टीभित्र अराजकता, गुटबन्दी हावी भयो : प्रचण्ड

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीभित्र अराजकता, गुटबन्दी हावी भएको बताएका छन् ।

    बुधबार काठमाडौंमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताएका हुन् । युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको धारणा राखेका छन् ।

    त्यस्तै उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाई थियो ।

    त्यस्तै उनले अहिले जतिनै क्रान्तिको कुरा गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको बताएका थिए । त्यस्तै उनले केहि दल सेटिङ गरेर चूनाव जित्न सिपालु रहेको भन्दै उनले आगामी चुनाव पार्टीका लागि ‘ जीवन मरणको सवाल भएको धारणा राखेका थिए ।

  • नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : अध्यक्ष दाहाल

    नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : अध्यक्ष दाहाल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताएका छन् । धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले नेकपा (एमाले)सँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताएका हुन् ।

    उनले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकीर गरे । उनले भने, ‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’ लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भएको उनको भनाइ थियो ।

    अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रोपटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताए । निर्वाचनमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उनले पार्टीलाई एकढिक्का बनाउन लड्दालड्दै विभाजित हुन पुगेको बताएका छन् । पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो उनले भने, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।’

    अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पारित नगरी संशोधन गरेर पारित गरिएको बताए ।

  • प्रचण्डले भने- पार्टीकाे बैठकमा एमसीसी फेल भए राजीनामा दिन्छु

    प्रचण्डले भने- पार्टीकाे बैठकमा एमसीसी फेल भए राजीनामा दिन्छु

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने र छलफलमा एमसीसी फेल भए आफूले पार्टीबाट राजीनामा दिने बताएका छन् ।

    पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र उक्त छलफलबाट एमसीसी फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणासमेत गरे ।

    उनले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’

    उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

    उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा जाने पनि जानकारी गराए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ ।

  • चिनियाँ राजदूत यान्छी र प्रचण्डबीत भेटवार्ता, के भयाे कुराकानी ?

    चिनियाँ राजदूत यान्छी र प्रचण्डबीत भेटवार्ता, के भयाे कुराकानी ?

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेटवार्ता गरेकी छन् । प्रचण्डसँग भेटका लागि राजदूत यान्छी बुधबार बिहान खुमलटार पुगेकी थिइन् ।

    उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको बताइएकाे छ । भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएकाे स्रातले बताएकाे छ ।

    राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर पनि अध्यक्ष दाहालसँग चासो राखेको स्रोतकाे दाबी छ ।

    यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए ।