Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • प्रतिबद्धता पूरा नगर्ने मन्त्रालयकाे मन्त्री फेरेरै भए पनि कामलाई गति दिन्छु : प्रधानमन्त्री

    प्रतिबद्धता पूरा नगर्ने मन्त्रालयकाे मन्त्री फेरेरै भए पनि कामलाई गति दिन्छु : प्रधानमन्त्री

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताएका छन् ।

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेका कामहरूबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेको बताएका हुन् ।

    ‘मन्त्रीहरूलाई बोलाएर के-के गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’

    प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको पहिलो वर्ष सकिएपछि नयाँ ढंगले काम सुरू गर्ने पनि बताएका छन् ।

    पहिलो वर्षमा सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको उनले बताए ।

    ‘११ गतेबाट नयाँ ढंगले विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

  • भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ : प्रधानमन्त्री दाहाल

    भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ : प्रधानमन्त्री दाहाल

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन् । सुनसरीस्थित इनरुवा सब-स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने दाहालले बताए । काठमाडौमा हुने उक्त कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको पनि दाहालले जानकारी गराए ।

    उनले भने ‘गत जेठमा भएको मेरो भारत भ्रमणले केही विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारहरू तयार पारेको छ। दीर्घकालीन विद्युत् व्यापारमा भएको सहमतिलाई मूर्त रुप दिन, नेपालमा भएको अपार जलविद्युत्को सम्भावनालाई व्यवहारमा उतार्न छिट्टै भारतसँग काठमाडौंमा विशेष घोषणा हुनेछ ।’

    दाहालले यस वर्षको वर्षायाममा मात्रै नेपालमा उपभोग गरेर उब्रिएको बिजुली बेचेर १५ अर्ब रुपैयाँ आम्दानी भएको पनि बताए ।

  • प्रधानमन्त्रीको निर्देशन : जलविद्युत् आयोजना होल्ड गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्नू

    प्रधानमन्त्रीको निर्देशन : जलविद्युत् आयोजना होल्ड गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्नू

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्न निर्देशन दिएका छन् ।

    बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा दाहालले,जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने प्रवृत्ति घातक भएकाले लाइसेन्स खारेज गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

    ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरूरी नै छैन। निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस् विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपछ’ सचिवालयले जनाएको छ , उनले गठन अब अर्को वर्ष नयाँ ढंगले जाने भन्दै राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुने तर्क गरे ।

    उनले भने,‘मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढंगले जाँदैछौं” त्यसका लागि हाम्रो सोंच बदलौं, कार्यशैली पनि बदलौं। म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु। मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ ? देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नुस्। हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुन्छन्। त्यसरी काम गरौं।’

    बैठकमा प्रधानमन्त्री प्रचण्डले विज्ञापन सम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बेला सञ्चार उद्योगको रक्षा गर्नेतर्फ सोच्न सञ्चार मन्त्रालयलाई निर्देशन दिए ।

    त्यस्तै सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमको गुणस्तरीयता र विश्वासनियतामा वृद्धि गर्न आवश्यक गृहकार्य गरिएको बताए ।

    त्यसैगरि मुख्यसचिव डा. बैकुण्ठ अर्यालले १० हजार मेगावाट विद्युत् निर्यातको सम्झौता कार्यान्वयनका लागि गम्भीर रूपमा काम गर्न उर्जा मन्त्रालयका कर्मचारीहरूलाई निर्देशित गरे । उनले निर्धारित कार्ययोजना हेरेर त्यसमा नै मन्त्रालयको ध्यान केन्द्रित गर्न र जनतालाई प्रत्यक्ष राहत दिन सकिने कामहरू सूचिकृत गर्न सचिवहरूलाई निर्देशन दिए ।

  • एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

    एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अध्ययन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न सोमबार निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो ।

    सचिवालयले भनेको छ, ‘एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री दाहालले गम्भीर चासो व्यक्त गर्नुभएको छ । यस सम्बन्धमा कानुन पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

    एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो ।

  • प्रधानमन्त्री दाहाल दुबईमा : यस्ता छन् आजका कार्यक्रम

    प्रधानमन्त्री दाहाल दुबईमा : यस्ता छन् आजका कार्यक्रम

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन दुबई पुगेका छन् ।

    उनले आज दुबईमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बुधबार राती नेपालबाट त्यसतर्फ प्रतिनिधिमण्डलसहित प्रस्थान गरेका दाहाल स्थानीय समय अनुसार राति करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनलाई विमानस्थलमा नेपाली राजदूत तेजबहादुर क्षेत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायतले स्वागत गरेको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकन गर्नेछन् । साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ । उनले साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य सभामा प्रस्तुत गर्नेछन् ।

  • प्रधानमन्त्री फुरुङ्ग जनता झसङ्ग ! (भिडिओसहित)

    प्रधानमन्त्री फुरुङ्ग जनता झसङ्ग ! (भिडिओसहित)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारको सिँगारिएको नयाँ ठाउँमा सरेपछि फुरुङ्ग परेका छन्। कार्तिक शुक्ल दशमी बुधबारका दिन प्रधानमन्त्री दाहाल नयाँ कार्यकक्षमा सरेका हुन् ।

    ०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि सिंहदरबारको पुरानो भवन छाडेर प्रधानमन्त्रीको कार्यालय अर्को नयाँ भवनमा सारिएको थियो। झण्डै आधा अर्ब खर्च गरेर ८ वर्षमा तयार भएको नयाँ कार्यालय झकिझकाउ नै छ ।

    राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग खरिद गरेको यो भवन पञ्चायतकालमा आगलागीमा परेपछि विरुप जस्तै भएको थियो । त्यसबेला सिँगारपटार गरेपछि २०७२ को भूकम्पसम्मका प्रधानमन्त्रीहरु यहीँ काम गर्थे । जहाँनियाँ शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका शासन पध्दतिको साक्षी बनेको सिंहदरबारले अरु के के को साक्षी बन्दैजानुपर्ने हो त्यो भविष्यकै गर्भमा छ ।

    नयाँ ठाउँमा सरेपछि प्रधानमन्त्री त्यसैत्यसै फुरुङ्ग परेका छन् । उनले यो खुशी मनभित्र लुकाइराख्न पनि सकेनन् । सरेका दिन उनले वरिपरी उभिएका मन्त्री, मुख्यसचिव, छोरी र कर्मचारीलाई आफ्नो अनुभव सुनाई छाडे ।
    प्रधानमन्त्रीले भने– ‘मलाई कता कता पहिलेको ठाउँमा बस्दा गुम्म परेको जस्तो लागेको थियो । त्यहाँ त्यति फ्रेस नभए जस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु ।’

    नयाँ कार्यकक्ष प्रवेशपछि आफ्नो कार्यक्षमताले नयाँ गति पक्रिने र एकता समेत अझ बलियो हुने प्रधानमन्त्रीको विश्वास छ ।

    नयाँ ठाउँमा सरेपछि फुरुङ्ग पर्ने र नयाँ नयाँ भावनाहरु पोखेर जनतालाई उत्साहित पार्न खोज्ने प्रधानमन्त्री दाहालको पुरानै आदत हो । ‘जनयुध्द’ को विश्रामपछि एकैचोटी बालुवाटार अवतरण गर्दापनि उनको प्रशन्नता जोशिलो ढंगले प्रकट भएको थियो। पुनस्थापित प्रतिनिधिसभामा प्रवेश गरेपछि दाहालको खुशी चुलिएको नेपाली जनताले देखेकै हुन् ।

    संविधान सभाका दुई दुई वटा निर्वाचनमा आएको फरक अंकगणितको परिणामले दाहालको खुशी चुलिएको र अवतरण गरेर राजनीतिको आधारशिविरमा विश्राम गरेको पनि जनताले देखेकै हुन् । सफलतामा निकै उत्साहित हुने र विफलतामा खिस्रिक्क पर्ने बानीले प्रधानमन्त्री दाहाललाई कहिलेकाहीँ दुःखी पनि बनाउने गरेको देखिन्छ ।

    अहिले दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेर कार्यकारी नेतृत्व गरिरहेका छन् । पहिलो कार्यकालमा प्रधानसेनापति चलाउँदा दाँतमा ढुंगा लागेपछि उनी सम्भवत जीवनकै सबैभन्दा खिन्नताको क्षण अनुभव गर्न विवश थिए। तर एमालेसँग एकता गरेर नेकपा निर्माण गरेपछि त्यसका आर्किटेक्ट मानिएका दाहालको फुक्र्याईँ चानचुने थिएन । तर त्यो दीर्घजिवी हुन सकेन ।

    ‘पुल काटेर अघि बढेका’ दाहाल र केपी शर्मा ओली नदीका दुई किनार जस्ता भए । दुई किनारमात्र भएनन्, मौका परे एकले अर्कालाई सिध्याउने तहको गालीगलौजमै उनीहरु उत्रिए। जसले उनीहरुलाई मनोरञ्जन दिएपनि नेपाली जनता भने निकै खिन्न भएका थिए ।

    त्यसपछिको राजनीतिक परिस्थिति र सत्ताको आरोह अवरोह खुला पुस्तक जस्तै छ । प्रधानमन्त्री दाहालको कोमल मन आगोको छेउमा राखेको नौनी जसरी पग्लिन्छ भन्ने कुरा पटक पटक देख्नजान्न पाएका नेपाली जनता उनको खुशी देखेर झसंग पनि हुनेगर्छन् ।

    रेट्रो फिटिङपछि भड्लिो श्रृंगारप्रशाधनले सिँगारिएको सिंहदरबारमा सरेका प्रधानमन्त्री दाहाल जसरी फुरुङ्ग परेका छन्, उनको यो प्रशन्नता दिगो होस् र यो नयाँ उर्जाले प्रधानमन्त्री देश र जनतालाई सहज तरिकाले सेवा प्रवाह गर्न सफल हुन् भन्ने कामना छ। यसैपनि उनले अब सरकारको कामको प्रकृति र गुणस्तर नयाँ ढंगबाट अघि बढाउने घोषणा पनि गरेका छन् ।

    नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस हुनु स्वाभाविक नै हो। नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस गरेका प्रधानमन्त्रीको ध्यान त्यहाँ त्यहाँ जाओस्, जहाँ सरकारले गर्नुुपर्ने नियमित सेवाबाट समेत वञ्चित हजारौं जनता छन् । सार्वजनिक सेवा र दैनिक जीवनयापनका संगठित र असंगठित क्षेत्रमा श्रम गरेर गुजारा गरिरहेका ती जनतालाई आफू जस्तै प्रशन्न बनाउन सरकारले के के गर्न पर्छ, के के गर्न सक्छ प्रधानमन्त्रीको ताजा दिमागले सोचोस्, योजना बनाओस्, योजनामात्र नबनाओस् त्यसलाई प्रभावकारी ढंगले कार्यान्वन पनि गरोस्। यतिमात्र भैदिएपनि केन्द्रीय सचिवालय सिंहदरबारमा मूल फुटेर निस्किएको प्रशन्नताले महसुश गराएको ताजापन देशका अन्य भूभागसम्म प्रशारित विस्तारित हुनेछ ।

    सिंहदरबारको रेट्रो फिटिङ गरेको शहरी विकास मन्त्रालयको नेतृत्व गरेकी मन्त्री सीता गुरुङले यो काममा करिब ४२ करोड रुपैयाँ लागेको जानकारी दिइन् । उनैले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकक्षमा प्रवेश गराएकी थिइन् ।
    ‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको छ । ‘इन्टेरियरको संरचना बनाउनुपर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ’, उनले थप जानकारी दिँदै भनिन् ।

    यो नयाँ भवन प्रधानमन्त्री दाहालको कार्यक्षमता बढाउन र नवीन योजना निर्माण गर्नमा सहयोगी सिध्द होस्, शुमकामना ।

  • संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

    संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ।

    आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

    उनले भनिन् ‘एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई हेरेर तत्कालका लागि भ्रमण नहुने जानकारी आएको हो । चाँडै उहाँको भ्रमण हुनेछ । ’

    तीनदिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मालाई सम्बोधन गर्नुका साथै लुम्बिनी र पोखरा जाने कार्यक्रम पनि तय भएको थियो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

    प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्।

  • प्रचण्डले भने- एमसीसी परियोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध छ

    प्रचण्डले भने- एमसीसी परियोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए ।

    परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने र विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ ।

    नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए ।

    उक्त कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए ।

    यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

     

  • नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य छैन : प्रधानमन्त्री दाहाल

    नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य छैन : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी : विषेश रुपान्तरण अभियानको उद्घाटन गरेका छन् । अभियानको उद्घाटन गर्दै संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जिवन नरहेको बताएका उनले अब नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरेका छन् ।

    शनिबार बिहान उक्त अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जिवनमा अबको बाटो नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने मात्रै भएको दाबी गरे ।

    उनले भने, ‘मैले बारम्बार भन्दै आएको छु, मेरो जिवन संघर्ष र आन्दोलन भन्दा पर छैन् । देश र जनताप्रति समर्पित हुदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन् ।’
    उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिवद्धता जनाए । त्यस्तै उनले क्रान्ति देखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय,पाइला र पल जनताको पक्षमा वितेको दाबी गरे ।

    ‘जिवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति ,परिवर्तन र जनताको पक्षमा वित्यो । अब जनताले चाहेको सुशासन,संमृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु । हिजो क्रान्तिको क्षणमा होस या आज शान्तिको क्षणमा मेरा हरेक पाइला,हरेक क्षण ,हरेक समय देश र जनताकै पक्षमा वितेका छन्,’ दाहालले भने ।

    साथै,अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको चर्चा गरे ।

    उनले जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दाबी गरे मात्र गरेनन् अभियानले माओवादी देशको सबैभन्दा बलियो शक्ति बन्ने समेत बताएका छन् ।

  • आर्थिक परिवर्तनका लागि उत्पादनमा क्रान्तिकारी परिवर्तन आवश्यक छ : प्रधानमन्त्री दाहाल

    आर्थिक परिवर्तनका लागि उत्पादनमा क्रान्तिकारी परिवर्तन आवश्यक छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् ।

    आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउनु पर्ने बताए ।

    उनले भने, ‘हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्वपूर्ण छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो ।’

    उनले प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र त्यस्ता ठाउँको अध्यनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।

    प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए ।