काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।
बैठक बिहान ११ बजेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री दाहालले “महालेखापरीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन २०७९” पेश गर्ने तथा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संघीय संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतम द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा विभिन्न राननीतिक दलका सांसदहरुले धारणा राख्ने क्रम आज पनि सदनमा जारी रहने भएको छ ।