Tag: पेट्राेलियम पदार्थ

  • भारतबाट घटेर आयो इन्धनको मूल्य, पेट्रोल र हवाई इन्धनमा नाफा

    भारतबाट घटेर आयो इन्धनको मूल्य, पेट्रोल र हवाई इन्धनमा नाफा

    काठमाडाैं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूची अनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै, डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपीजी ग्यासको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

    मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।

    लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।

    यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो ।

    हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

  • भारतबाट घटेर आयाे पेट्राेलियम पदार्थकाे मूल्य

    भारतबाट घटेर आयाे पेट्राेलियम पदार्थकाे मूल्य

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

    आईओसीले निगमलाई पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको छ ।

    भारतबाट मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाउने वा बढाउनेबारे निगमले निर्णय गरिसकेको छैन ।

  • पेट्रोलको २० र डिजेलकाे २९ रुपैयाँ मूल्य घटाउने सरकारकाे घोषणा

    पेट्रोलको २० र डिजेलकाे २९ रुपैयाँ मूल्य घटाउने सरकारकाे घोषणा

    काठमाडाैं । सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।

    शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

    उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । यसअघि पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको थियाे ।

    यस्तै, डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २९ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

    पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएपछि राजनीतिक दल, सरोकारवाला, नागरिकले मूल्य घटाएर सरकारले राहत दिनुपर्ने मत राख्दै आइरहेका थिए ।

  • इन्धनको मूल्यवृद्धि घटाउने मन्त्री बडूको संकेत

    इन्धनको मूल्यवृद्धि घटाउने मन्त्री बडूको संकेत

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका छन् ।

    करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्नसक्ने बताए ।

    बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत्को खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए ।

    मन्त्री बडूले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबीसमेत गरे ।

  • भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात

    भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात

    काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ ।

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो ।

    सो अवधिमा नेपालले भारतबाट १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँको डिजेल आयात गरेको छ ।

    पछिल्लो ११ महिनामा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ ।

    विभागका अनुसार सोही समयमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ । सो अवधिमा नेपालले ४८ करोड ९७ लाख १६ हजार १४० केजी एलपीजी ग्यास आयात गरेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालले भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो ।

    अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८९ करोड ८४ लाख २० हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

    डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

    एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी, एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

    निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

    खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थकाे मूल्य पुन: बढेर आएकाे छ ।

    नयाँ सूचीमा भारतबाट पेट्राेलमा ६.५२ रुपैयाँ बढेर आएको हाे । नेपाल आयल निगमले बिहीवार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको हो ।

    निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ मूल्य बढेर आएको छ ।

    भारतबाट मूल्य बढेर आए पछि निगमलाई पेट्रोलमा ३१.२८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

    यस्तै, डिजेलमा ३७.१६ रुपैयाँ घाटा भएको छ भने हवाइ इन्धन (आन्तरिक)मा २.७०० रुपैयाँ घाटा हुने निगमको भनाइ छ ।

    निगमका अनुसार आगामी १५ दिनमा करीब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।

  • टेकुकाे पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते

    टेकुकाे पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते

    काठमाडाैं । काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

    आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा विस्फोट हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएकाे छ ।

    इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको बताइएकाे छ । खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।

    विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भइ काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन् ।

    किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको छ । त्यस्तै, शाहको बायाँ गालामा पोलेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

  • भारतबाट फेरि बढेर आयाे पेट्राेलकाे मूल्य

    भारतबाट फेरि बढेर आयाे पेट्राेलकाे मूल्य

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    नेपाल आयल निगमले नयाँ मूल्यसूचीमा पेट्रोल र मट्टितेलको मूल्य बढेको बताएको छ। तर, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य भने घटेको छ ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।

    डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ।

  • पेट्रोलियम पदार्थ उत्खनन् गर्न दुई वर्ष समय थप

    पेट्रोलियम पदार्थ उत्खनन् गर्न दुई वर्ष समय थप

    दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो ।

    पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए ।

    उनले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए । ‘कोभिड महामारीका बेलादेखि नेपाल र चीनबीच सिधै हवाइसेवा सञ्चालन हुन सकेको थिएन’, त्रिपाठीले भने, ‘अब चिनियाँ टोली नेपाल आउन तयार छ ।’

    सदियाैँदेखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।

    पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्वेकार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।

    तस्बिर : बीबीसी नेपालीबाट  ।