Tag: पेट्राेलियम पदार्थ

  • इन्धनमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

    इन्धनमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

    काठमाडौं । सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

    जेठ १० मा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो ।

    तर, कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने नभइसकेकाे अर्थ मन्त्रालयले जनाएकाे छ ।

    सरकारले अहिले पेट्रोल प्रतिलिटरमा भन्सार शुल्क २५ रुपैयाँ २३ पैसा र पूर्वाधार शुल्ककबापत थप १० रुपैयाँ भन्सार बिन्दुमा उठाउने गरिएकाे छ । यस्तै, डिजेलमा १२ रुपैयाँ २ पैसा भन्सार शुल्क र पूर्वाधार बापत १० रुपैयाँ उठाउने गरेकाे छ ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दाेलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दाेलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी

    काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ ।

    अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको उल्लेख गरेकी छन् ।

    विज्ञप्तिमा भनिएको छ ‘पेट्रोल ग्यास लगायतका बस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ । यदि हाम्रो आग्रहलाई फेरि पनि लत्याएर आयल निगम समाधान खोज्न तयार नहुने हो भने हाम्रो धैर्यताको अन्त्य हुनेछ र विद्यार्थी निर्मम संघर्षमा जान तयार छ ।’ अखिल क्रान्तिकारी अध्यक्ष सिंहले भनेकी छन्, ‘हाम्रा चेतावनीलाई नियमित ठान्ने भुल नगर्न आयल निगम, विभागीय मन्त्रालय र सरकारको समेत ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

    सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।

  • १० रुपैयाँ बढ्याे डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य

    १० रुपैयाँ बढ्याे डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो । अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ ।

    शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

  • फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

    फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार देखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।

    अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

    निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

  • फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

    फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

    काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    बुधबार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार नै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

    यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि भएको निगमले जनाएको छ ।

    निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ३८, हवाई इन्धन आन्तरिक को मूल्य प्रतिलिटर एक सय ५१ र हवाई इन्धन अन्तर्राष्ट्रिय को मूल्य प्रतिलिटर अमेरिकी डलर १ दशमलव ४९५ पुगेको छ ।

    मूल्य वृद्धि गर्दा पनि आउँदो १५ दिनमा झण्डै चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ ।

    सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशन आईओसी लाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।

  • फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, महिनामा साढे १० अर्ब बढी घाटा हुने निगमकाे प्रक्षेपण

    फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, महिनामा साढे १० अर्ब बढी घाटा हुने निगमकाे प्रक्षेपण

    काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीबाट बुधबार प्राप्त नयाँ मूल्यसूची आएकाे छ ।

    आईओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको छ ।

    पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ ।

    सरकारले भन्सारमा नै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा २ रूपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउने गरेकाे छ ।

  • सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन

    सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नेतर्फ ध्यान दिँदै सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो । आयल निगम धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायले आयल निगमको जायज मागहरूको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

    समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्नेतर्फ योजना बनाउन निर्देशन दिइएको बताए ।

    बैठकमा निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा यसको असर परेको बताए । उनले १५–१५ दिनमा नयाँ मूल्य प्राप्त हुने र यसले गर्दा निगम थप भारमा परेकाले समयमा नै भारतलाई बक्यौता बुझाउन पनि समस्या देखिएको धारणा राखे ।

    समिति सदस्यहरुले अनावश्यक करका कारण पेट्रोलियम पदार्थ चर्को मूल्य तिर्न उपभोक्ताहरु बाध्य भएकाले यसमा सोच्नुपर्ने बेला आएको धारणा राखेका थिए ।