Tag: प्रतिनिधिसभा निर्वाचन

  • युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जनाका लागि मेराे उम्मेदवारी : रामचन्द्र पाैडेल

    युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जनाका लागि मेराे उम्मेदवारी : रामचन्द्र पाैडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन देशलाई अग्रमनतर्फ लैजान गरिएको दाबी गरेका छन् ।

    व्यास नगरपालिका–३ देउरालीनगरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताए ।

    ‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ’, नेता पौडेलले भने ।

    युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

    व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यास जन्मभूमिलाई तनहुँ आउने र करोडौँ नेपालीको आस्थाको केन्द्र बनाइ पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न उम्मेदवार बनेको नेता पौडेलको स्पष्टोक्ति छ ।

    व्यास नगरपालकालाई देशकै नमुना सहर बनाउने उनको दाबी छ । व्यास नगपालिकाका–३ को देउरालीनगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मोटरेबल पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गरी सहज यात्राको वातावरण बनाउन लागिपरेको उनले बताए ।

  • भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा !

    भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा !

    काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी जनताको सेवामा काम गर्ने उद्घोष गरेका छन् ।

    अघिल्ला निर्वाचनमा जनताले मत दिएका राजनीतिक दल र उम्मेदवारबाट देश र जनहितमा काम हुन नसकेको आरोप लगाउँदै ती दलले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि निर्वाचनमार्फत मुलुकको नेतृत्व गर्ने अवसर प्रदान गर्न मतदातासमक्ष अपिल गरेका हुन् ।

    सुशील गौतम प्रमुख रहेका मौलिक जरोकिलो पार्टीले देशको अवस्था र व्यवस्था दुवै परिवर्तनका लागि सबैभन्दा पहिला अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी रहनुपर्छ भनी चुनावी घोषणापत्रमार्फत जनतासमक्ष मत मागेको छ ।

    देशका ४७ जिल्लामा सङ्गठन, प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २०–२० निर्वाचन क्षेत्र तथा समानुपातिकमा ६८ सिटका लागि उम्मेदवारी दिएको उक्त दलको निर्वाचन चिह्न ‘कम्प्युटर’ रहेको छ ।

    मुलुकका मुलभूत समस्या पत्ता लगाएर पर्याप्त अनुसन्धानकर्ता एवं प्राविधिकको सहयोगमा विकास र समृद्धिको उपायसहितको मार्गचित्र रहेको दाबी गर्दै मतदातासमक्ष प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षधर तथा गल्ती गर्नेलाई कानुनी कठघरामा उभ्याउनै दृढता हुनुपर्छ भन्ने मान्यता राख्ने ‘हाम्रो नेपाली पार्टी’ले सुशासनका मुद्दाका लागि मत मागिरहेको छ ।

    निर्वाचन चिह्न लौरो तथा अनन्तराज घिमिरे पार्टी अध्यक्ष रहेकाे उक्त दलले प्रतिनिधिसभामा ६५ र प्रदेशसभा सदस्यमा एक सय एक सिटका लागि उम्मेदवारी दिएको छ ।

    नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, सनतन हिन्दू धर्म रहने व्यवस्थाको वकालत गर्दै आगामी निर्वाचनमा पार्टीले मुलुकका ४० सिटमा उम्मेदवारी दिएको बताए । उक्त पार्टीको चुनाव चिह्न सुगा रहेको छ ।

    श्यामबाबु गौतम अध्यक्ष रहेकाे पुनर्जागरण पार्टी नेपालले संविधान र शासकीय संरचनाबीच तालमेल नभएकाले जनाउँदै उन्नत समाजवाद र लोकतन्त्राई दीर्घजीवी तुल्याउने दृष्टिकोणसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहने व्यवस्था कायम गर्दै अघि बढ्न जनतासमक्ष भोट मागेको छ ।

    मैनबत्ती चुनाव चिह्न रहेको उक्त पार्टीले प्रतिनिधिसभा सदस्यमा चार स्थान र प्रदेशसभा सदस्यमा २३ जनालाई उम्मेदवार बनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी–समाजवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, स्वाधिन आत्मनिर्भर अर्थतन्त्र तथा महिला र पुरुषबीच समान अधिकारका मुद्दा लिएर मत माग्दै जनतासमक्ष गएको छ ।

    महिला–पुरुष चुनाव चिह्न तथा कर्णजित बुढाथोकी अध्यक्ष रहेकाे उक्त पार्टीले क्रान्तिकारी कम्युष्टि पार्टीको सिद्धान्तलाई जोगाउन हरप्रयत्न गर्ने अठोट लिएको छ ।

    राष्ट्रिय नागरिक पार्टीले आधुनिक समाजवादमार्फत जनताको सेवा गर्ने उद्घोषका साथ प्रतिनिधिसभामा ४७ र प्रदेशसभा सदस्यमा ४४ स्थानका लागि उम्मेदवारी दिएर चङ्गा चुनाव चिह्नका लागि जनतासँग भोट मागिरहेको अध्यक्ष शुक्रबहादुर गुरुङले बताए । उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वाधिन अर्थतन्त्र, शिक्षा र स्वास्थ्य निःशुल्कजस्ता मुद्दामा जोड दिँदै आएको छ ।

  • लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक

    लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक

    काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ ।

    घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ । लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको लोसपाले जनकपुरको धार्मिक र सांस्कृतिक विकास र लुम्बिनीलाई विश्वस्तर चिनाउन विभिन्न योजना र कार्यक्रम ल्याइने उल्लेख गरेको छ ।

    लोसपाले नागरिकता समस्याको हल र मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्ताको विषय पनि घोषणपत्रमा समेटेको छ ।

    मधेश आन्दोलनको भावनानुसार संविधानले पूर्णता नपाएको भन्दै लोसपाले वर्तमान संविधान अपूर्ण रहेको, नागरिकतासम्बन्धी कानून बन्न नसकेको तथा मधेशी जनतालाई विभेदमुक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

    ‘देशमा रहेका सबै राष्ट्रियताहरुको संवैधानिक ढङ्गबाट समूचित सम्मान र पहिचान कायम गराउँदै राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न लोसपा दृढ सङ्कल्पित छ, नेपाल बहुराष्ट्रिय राज्य भएकाले राष्ट्रियतामा विविधता र एकतामा अनेकता खोज्न जरुरी छ’, घोषणापत्रमा भनिएको छ ।

    पहिचानसहितको सङ्घीयताका लागि हाल मधेश प्रदेशबाहेक सबैमा खस आर्यको बाहुल्यता रहेको भन्दै सामर्थ्यलाई ध्यानमा राख्दै राष्ट्रियताको पहिचानका आधारमा राज्य पुनर्संरचनासम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले सिफारिस गरेको १० जोड एक प्रदेश कायम गरिनुपर्ने माग गरेको छ ।

    संसदीय प्रणालीको पक्षमा निरन्तर उभिने निर्णय गरेको लोसपाले कार्यकारी प्रमुख प्रधानमन्त्री रहने, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्यायपालिका हुनुपर्ने घोषणपत्रमा समेटेको छ ।

    समावेशी र समतामूलक राज्यव्यवस्थाअनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सबै तह एवम् कार्यालयहरुका साथै नेपालको कर्मचारीतन्त्र, सेना, प्रहरी संवैधानिक निकाय र राज्यका हरेक तहमा नियुक्ति आदिमा मधेसी, शिल्पी, दलित, थारू, मुस्लिम आदिवासी, जनजाति, पिछडा र अल्पसङ्ख्यकको उपस्थिति तिनको जनसङ्ख्याको अनुपातमा हुनुपर्नेमा जोड दिएको छ ।

    त्यसैगरी राष्ट्रहितमा ठोस र व्यावहारिक विदेश नीतिको निर्माण गर्ने नीतिअनुरुप देशको समृद्धि लक्षित सम्बन्ध नै देशको परराष्ट्र नीतिको आधार हुनुपर्ने लाेसपाकाे भनाइ छ । लाेसपाले मिश्रित अर्थनीति, सुशासन, सदाचार र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, व्यावहारिक शिक्षा, स्वस्थ नागरिक, स्वस्थ एवम् समृद्ध देशको अवधारणलाई जोड दिइएको छ ।

    कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजार व्यवस्थापन गरिनुपर्ने, चुरे जोगाऔँ, मधेश जोगाऔँ अभियान चलाउने, युवा सशक्तिकरण एवम् उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, भौतिक पूर्वाधारलाई प्राथमिकता जस्ता विषयलाई घोषणपत्रमा समेटिएको छ ।

    जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटन एवम् विश्व हिन्दू केन्द्र, वीरगञ्जलाई मधेश प्रदेशको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरुका लागि अन्तर्राष्ट्रिय तीर्थस्थल तथा ध्यान केन्द्र बनाउने योजना पनि लोसपाले अघि बढाएको छ ।

  • प्रकाशशरण महतकाे दाबी : चुनावपछि कांग्रेसकाे नेतृत्वमा सरकार, देउवा प्रधानमन्त्री

    प्रकाशशरण महतकाे दाबी : चुनावपछि कांग्रेसकाे नेतृत्वमा सरकार, देउवा प्रधानमन्त्री

    कञ्चनपुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि कांग्रेसकाे नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।

    प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता महतले निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमै सरकार बन्ने दाबी गरेका हुन् ।

    ‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा कुनै छलफल भएको छैन, तर स्वभाविक रुपमा कांग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व गर्छ’ महतले भने ।

    उनले गठबन्धन दलको स्पष्ट बुहमत आउने समेत दाबी गरे । स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने उनले बताए ।

    कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका महतले पछिल्लो समय निर्वाचन आचारसंहिताका नाममा निर्वाचन आयोगले सेन्सरशीप गर्न खोजेको भनि आपत्ति पनि जनाए ।

  • जसपाकाे घाेषणापत्र : प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ)

    जसपाकाे घाेषणापत्र : प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ)

    काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

    शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ ।

    जसपाले संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।

    कार्यकारी राष्टपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरु मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने पनि जसपाको घोषणा छ ।

    हेर्नुहाेस् पूर्णपाठ :

  • काठमाडौं ९ मा १७ हजार भन्दा बढी मत ल्याएर जित्छु : मिलन पाण्डे (भिडिओसहित)

    काठमाडौं ९ मा १७ हजार भन्दा बढी मत ल्याएर जित्छु : मिलन पाण्डे (भिडिओसहित)

    काठमाडाैं । मिलन पाण्डे एक कुशल इन्जिनियर हुनुकासाथै ‘विवेकशील अभियन्ता’ पनि हुन् । शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगायतका सवालमा एक दशकदेखि निरन्तर अभियान चलाइरहेका पाण्डे शिक्षा क्षेत्रमा विशेष दख्खल राख्छन् ।

    आगामी निर्वाचनका लागि पाण्डे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवार बनेका छन् । चुनाव चिन्ह ‘पाइला’ पाएका पाण्डे आफना मतदाताबाट निकै उत्साहित छन् ।

    पाण्डे भन्छन्, ‘जहाँ जान्छु न्यानो स्वागत पाएको छु । मलाई त्यहाँका हरेक मतदाताले चिन्छन् । एक दशकदेखि मैले गरिरहेको काम, मेरो इमान र अनुशासन, मेरो लगन र नैतिकताप्रति सबै जानकारछन् । सबैले भोट तपाईलाई नै हो भन्ने गरेकाछन् । म पनि ढुक्क छु । १७ हजार भन्दा बढी मत ल्याएर जित्छु ।’

    आफना प्रतिष्पर्धी एमालेका कृष्णगोपाल श्रेष्ठप्रति कटाक्ष गर्दै पाण्डे भन्छन्, ‘ त्रिविको दीक्षान्त समारोहमा गएर केपी ओली भनेको पेले हो, कोही छ माइकालाल भन्ने श्रेष्ठ अंकलले मंसिर ४ गते थाहा पाउँछन्, माइकालाल को हो ?’

    कृष्णगोपाल आफूसँग राजनीतिक बहसमा उत्रिन नचाहेकाले उनी लगभग हारको मानसिकतामा पुगिसकेको पाण्डेको तर्क छ । श्रेष्ठ र सत्ता गठवन्धनकी कल्पना धमला दुवैको आफनो निर्वाचन क्षेत्रमा कुनै योगदान नभएको पाण्डे बताउँछन् ।

    शिक्षा, रोजगार र उद्यमशिलतालाई आफूले प्रमुख एजेण्डा बनाएको बताउँदै पाण्डेले संसदमा आफू एक्लो भए पनि न्यायका पक्षमा बहुमत जुटाउनसक्ने सामर्थ्य रहेको बताए । संसारमा एक्ला सांसदले ससदलाई नै आफनो एजेण्डामा डोर्याएका थुप्रै उदाहरण भएकाले नेपालमा पनि त्यसरी नै काम गर्न सकिनेमा शंका गर्न नहुने उनको धारणा छ ।

    काठमाडौं ९ मा मतदातालाई प्रभावित पार्न पैसाको चलखल भएकोतर्फ सचेत गराउँदै उनले मतदाता निकै चलाख भएकाले यदि कसैले पैसा खाएछ भने पनि भोट चाहिँ दायाँबायाँ नहुने विश्वास व्यक्त गरे । आफूलाई हराउन पैसाको खेलोफड्को गर्नेहरु आफैँ समाप्त हुने उनको दाबी छ ।

    विस्तृत भिडिओमा :

  • आजदेखि राजनीतिक दल तथा उम्मेदवारले जुलुस र आमसभा गर्न पाउने

    आजदेखि राजनीतिक दल तथा उम्मेदवारले जुलुस र आमसभा गर्न पाउने

    काठमाडाैं । राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।

    निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

    आयोगले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

     

  • विप्लवसहित यी तीन पार्टीले गरे चुनाव बहिष्कार

    विप्लवसहित यी तीन पार्टीले गरे चुनाव बहिष्कार

    काठमाडाैं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् ।

    बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । ​

    उनीहरुले निर्वाचन बहिस्कारका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

     

  • ओलीलाई लिङ्देनको भर (भिडिओसहित)

    ओलीलाई लिङ्देनको भर (भिडिओसहित)

    काठमाडाैं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जितलाई पार्टीको प्रतिष्ठासंग जोडेपछि अहिले सबैको ध्यान यसको विश्लेषणमा केन्द्रीत भएको छ । ओलीले यति मात्र होइन लिङ्देनले हारे देशद्रोहीको जित हुने समेत टिप्पणी गरे ।

    ओलीले देशद्रोही भनेर कसलाई भनेका हुन् त ?

    यसको सिधा जवाफ छ कृष्ण सिटौला । कांग्रेस नेता सिटौला लिङ्देनका प्रतिष्पर्धी हुन् । ओलीले एमाले कार्यकर्तालाई सम्बोधन गर्दै लिङदेनको जित एमालेको प्रतिष्ठाको विषय भएको बताए ।

    राप्रपा केन्द्रीय सदस्य मीना सुवेदीका अनुसार ओलीको यो अभिव्यक्ति राप्रपा वा लिङ्देनको मायाले आएको होइन । स्वयं ओलीलाई जित्न पनि लिङ्देनको साथ र समर्थन चाहिएको छ । लिङ्देनको सहयोग नभए ओली आफैँ हार्ने स्थिति भएकाले राप्रपाको मत तान्न उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

    राप्रपा वा लिङ्देनसँग लगाव भए एमसीसी पास गर्न एमालेले सहयोग गर्ने थिएन । राप्रपाका कार्यकर्ता सडकमा कुटिदा एमाले मौन बस्ने थिएन । नागरिकता विधेयक पास गर्दा दोहोरो मापदण्ड अपनाउने थिएन । अहिले राजनीतिक लाभका लागि मात्र ओलीले पासा फालेका हुन् ।

    एमालेसँगको चुनावी गठवन्धन राप्रपाका लागि बाध्यता भएको सुवेदीको ठहर छ । एमालेसँग सबै ठाउँमा नभइ राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा र दिपक बोहोराका चुनावी क्षेत्रमा मात्र तालमेल भएको सुवेदीले बताइन् ।

    राप्रपाबाट पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु समानुपातिक सूचीमा भएकाले यसपटक उनीहरु संसद प्रवेश गर्ने लगभग निश्चित भएको छ । पार्टीका वरिष्ठ नेताहरु संसदमा हुँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री हुने सम्भावना बढेको छ ।

    सुवेदी भन्छिन्, ‘मलाई त राष्ट्रपति पशुपतिशम्शेर, डा. प्रकाशचन्द्र लोहनी र प्रधानमन्त्री राजेन्द्र लिङ्देन भएको हेर्न मन छ । अब निर्वाचनपछि यो सम्भवना देखिन्छ पनि । ’

    मुलकमा राजसंस्था र हिन्दू धर्मको एजेण्डाप्रति आकर्षण बढिरहेकाले छिटो भन्दा छिटो राजसंस्था र हिन्दू धर्म पुनर्स्थापना हुने सुवेदीको दावी छ ।

    विस्तृत भिडिओमा :

  • काठमाडौं ४ मा गगन र राजनलाई डा. अर्चनशम्शेर राणाको चुनौती (भिडिओसहित)

    काठमाडौं ४ मा गगन र राजनलाई डा. अर्चनशम्शेर राणाको चुनौती (भिडिओसहित)

    काठमाडाैं । मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं ४ पनि सर्वाधिक चासोमा छ । कांग्रेस महामन्त्री गगन थापा र एमालेका डा. राजन भट्टराई उम्मेदवार भएका कारण यसपटक पनि सो क्षेत्रमा सबैको ध्यान छ ।

    पछिल्लो समय गगन र राजन दुवैका लागि चुनौती बनेका छन् डा. अर्चनशम्शेर राणा । स्वतन्त्र उम्मेदवार रहेका राणाको चुनाव चिन्ह ‘लौरो’ रहेको छ । हाम्रो नेपाली पार्टीकोतर्फबाट लौरो चुनाव चिन्हमा उनी प्रतिष्पर्धा गरिरहेकाछन् ।

    लौरो अभियान र स्थानीयस्तरमा राणाको लोकप्रियताले गगन र भट्टराईलाई समस्या पर्ने देखिन्छ ।

    हुलाक संचारसंग कुरा गर्दै राणाले भने, ‘ मेरो जित निश्चित छ । गगन र राजन दुवै मेरो क्षेत्रमा असफल भैसके । कमलपोखरी, नागपोखरी, ढल निकास, कपनको डुवान, खानेपानी, खानेपानी र शिक्षाको अवस्था जस्ता कारणले उनीहरुको असफलताको मापन भैसकेको छ । काठमाडौं ४ का जनता उनीहरुबाट आजित भैसकेकाछन् । सबै मतदाताले मप्रति आशा देखाएकाछन् । उनीहरुकै आग्रहमा मैले उम्मेदवारी दिएको हो । मेरो जित सुनिश्चित छ । ’

    डा. राणाका अनुसार चुनावम राजन दोस्रो र गगन तेस्रो स्थानमा हुनेछन् । आफूले व्यापक स्वास्थ्य बिमा योजना लागु गर्ने, संघीय शिक्षा जारी गरी शिक्षामा व्यापक सुधार गर्ने, युवा र स्वरोजगार कोष व्यवस्थापन गर्ने तथ संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएको उनले बताए ।

    डा. राणाले आफूले काठमाडौं ४ लाई मात्र नभइ देशकै समस्या समाधानका लागि योजना र दृष्टिकोण तय गरिसकेको दाबी गरे । आफना प्रतिष्पर्धीले प्रधानमन्त्री हुने, पार्टी अध्यक्ष हुने भनि लगाएका हावादारी गफले मतदाता प्रभावित नहुने उनी बताउँछन् ।

    उनले नो, नट अगेन भन्ने अभियानको पक्ष लिँदै गगन थापा पनि दोहरिन नहुने तर्क गरे । युवा जोश जाँगर र कसैको दबाबमा नरहेको उम्मेदवारलाई मतदिन समेत उनको आग्रह छ ।

    विस्तृत भिडिओ :