Tag: प्रतिनिधिसभा निर्वाचन

  • डाक्टर अरनिको पाँडेले गरे ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी घाेषणा

    डाक्टर अरनिको पाँडेले गरे ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी घाेषणा

    काठमाडाैं । विभिन्न विषयका विज्ञ डाक्टर अरनिको पाँडेले आउँदो प्रतिनिधि सभाको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

    पाँडेले बिहीवार सामाजिक सञ्जालमार्फत आफूले ललितपुर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    जलवायु परिवर्तन, वातावरण र दिगो विकास जस्ता क्षेत्रमा देश–विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्ने पाँडेले उल्लेख गरेका छन् ।

  • विजय कालीकोटे सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने

    विजय कालीकोटे सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने

    काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारहरुले भने उम्मेदवारी घाेषणा गरिरहेका छन् ।

    यसबीच स्काई मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सुनसरीको क्षेत्र नं. १ धरानबाट प्रतिनिध सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

    नेपालमा भएको भ्रष्टाचार, महङ्गी, गरिबी, बेरोजगार, मुलुकको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलविरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् ।

    ‘जनताले पटक-पटक दलका नेतालाई निर्वाचनमा जिताएर पठाएका छन् । तर, ती नेताहरु आफ्नो मतदाता र भुगोलको भावनापविरित गतिविधिमा मात्रै लिप्त भएको देखियो’, उनले भने, ‘यो भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा किन स्वतन्त्र उम्मेदवाररुले चर्चा पाए ? कति ठाउँमा त जितेर राम्रो काम पनि गरिरहेका छन् । त्यसकारण अव देशमा भइरहेको राजनीतिक दलका विकृतिविरुद्ध हामी जस्ताको उम्मेदवारी हो ।’

    खोटाङको निर्मली डाँडा-३ मा जन्मिएका विजय भुतपूर्व खेलाडी हुन् । हाल ३६ वर्षका विजयले जिल्ला, क्षेत्रीय हुँदै अञ्चलस्तरीय भलिबल प्रतियोगिता समेत खेलेका छन् । थुप्रै प्रतियोगितामा सहभागी उनले विभिन्न पुरुस्कारहरु पनि हात पारेका छन् ।

    उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै राजनीतिक दलहरुले जनताप्रति देखाएको गलत प्रवृत्तिले आफूलाई जनताले मत दिने विश्वास व्यक्त पनि गरेका छन् ।

    सुनसरी क्षेत्र नं. १ धरानबाट आफूलाई जनताले जितए विभिन्न खाले विकासका परियोजनाहरु प्राथमिकतामा पार्ने उनले दावी गरेका छन् । उनले धरानलाई नेपालकै व्यापारिक व्यवसायिक तथा पर्यटन क्षेत्र बनाउने जस्ता योजना पनि सुनाए ।

  • गगन थापाको क्षेत्रमा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

    गगन थापाको क्षेत्रमा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

    काठमाडाैं । आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

    मंगलबार बिहान कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने घोषणा गरेका हुन् ।

    आफ्नो तीन चरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट सुरु भएको पनि उनले बताए ।

    यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

  • हरिशरण लामिछाने काठमाडौं- ३ बाट संसदीय चुनाव लड्ने

    हरिशरण लामिछाने काठमाडौं- ३ बाट संसदीय चुनाव लड्ने

    काठमाडौं । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।

    स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताएका छन् ।

    सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वचन छेत्र कायम गर्ने पनि लामिछानेले स्पष्ट पारेका छन् ।

    लामिछानेका भाइ रविले पनि राजनीतिमा लागेर चुनाव लड्ने भन्दै टेलिभिजिनको जागिर छाडेको घोषणा गरेका छन् ।

    हरिशरणले सार्वजनिक गरेको प्रेस नोटमा रवि बारे केही उल्लेख छैन । रविले मंगलबार राष्ट्रिय सभामा भेला गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

    हरिशरणको प्रेस नोटमा सञ्जालबीच काठमाडौं १ मा पुकार बम, काठमाडौं ५ मा रञ्जु दर्शना, काठमाडौं ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति भएको उल्लेख छ ।

  • विवेकशील साझा छाडेर अब्दुस मियाँले गरे काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

    विवेकशील साझा छाडेर अब्दुस मियाँले गरे काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

    काठमाडौं । विवेकशील साझा पार्टी छाडेका अब्दुस मियाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

    उनले आइतबार एक विज्ञप्ति जरी गरी मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

    उनले भनेका छन् ‘प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

    मियाले असार ११ गते शनिबार औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।