Tag: प्रतिनिधिसभा निर्वाचन

  • स्याङ्जा २ मा धनराज गुरुङकाे अग्रता, कसको कति मत ?

    स्याङ्जा २ मा धनराज गुरुङकाे अग्रता, कसको कति मत ?

    स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाएका छन् ।

    पछिल्लो मतपरिणामअनुसार गुरुङले ५३१४ मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३९८७ मत पाएकी छन् ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १३८४ मत पाएका छन् ।

  • ११२ मतले विजयी भए सञ्चारमन्त्री कार्की

    ११२ मतले विजयी भए सञ्चारमन्त्री कार्की

    काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

    कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।

    मतपरिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

    नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।

    कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।

  • समानुपातिकतर्फ एक करोड मतगणना, कसले पाए कति मत ?

    समानुपातिकतर्फ एक करोड मतगणना, कसले पाए कति मत ?

    काठमाडाैं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ ।

    निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार चार सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार एक सय ७५, जनता समाजवादी पार्टी नेपालले तीन लाख ९६ हजार आठ सय ३९ र जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ मत प्राप्त गरेका छन् ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ ।

    दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मत गणना गर्न निर्वाचन आयाेगले निर्देशन दिइसकेकाे छ ।

  • समानुपातिकतर्फ १ कराेड मत गन्दा कटाउन सकेन समाजवादीले थ्रेस हाेल्ड, कसकाे कति ?

    समानुपातिकतर्फ १ कराेड मत गन्दा कटाउन सकेन समाजवादीले थ्रेस हाेल्ड, कसकाे कति ?

    काठमाडाैं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ ।

    १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन । एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो ।

    समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको छ भने त्यसमा सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ । यस्तै प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् ।

    जसअनुसार एमालेले २६ लाख ९७ हजार, कांग्रेसले २५ लाख ५५ हजार, माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले जनाएको छ ।

  • …जसका श्रीमान् श्रीमतीले नै चुनाव जितेर सांसद बने

    …जसका श्रीमान् श्रीमतीले नै चुनाव जितेर सांसद बने

    काठमाडाैं । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन् ।

    यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

    यसअघि उनकी श्रीमती जुली महताेले धनुषा ३ बाट चुनाव जितिसकेकी छिन् ।

    उनले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन् ।

    जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए ।

    यससँगै, नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन् ।

  • झलनाथ खनालले गरे परिणाम अस्वीकार, अनियमितता भएकाे आराेपसहित अदालत जाने चेतावनी

    झलनाथ खनालले गरे परिणाम अस्वीकार, अनियमितता भएकाे आराेपसहित अदालत जाने चेतावनी

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू पराजित भएको निर्वाचनको परिणाम अस्वीकार गरेका छन्। सोमवार विज्ञप्ती जारी गर्दै खनालले निर्वाचन आयोगले निस्पक्ष निर्वाचन नगराएको आरोप लगाएका हुन्। इलाम-१ मा एमालेका महेश बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित भएका छन् भने खनालले २३ हजार ८९ मतमात्र पाए।

    खनालले आयोगविरुद्ध अदालत जाने चेतावनी दिएका छन्। ‘मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ,’ खनालको भनाइ छ।

    मतदानको प्रक्रिया शुरुदेखि नै स्वास्थ नरहेको खनालको दाबी छ। अनियमितता भएको मतपत्र नभेटिएको जस्ता आरोप खनालले निर्वाचन आयोगलाई लगाएका छन्। ‘विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मतगणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ,’ खनालले भनेका छन्।

    उनले प्रदेशतर्फ निर्वाचित उम्मेदवारलाई बधाई दिएका छन् भने प्रतिनिधि सभामा निर्वाचित भएका एमालेका बस्नेतलाई बधाई दिन अस्वीकार गरेका छन्।

     

  • प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म कसले कति पाए मत ?

    प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म कसले कति पाए मत ?

    काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी राेचक प्रतिस्पर्धा भइरहेकाे छ । जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ ।

    माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ ।

    यस्तै, थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ ।

    यस्तै, पहिलो स्थानमा भने एमाले कायम छ । एमालेले २५ लाख ३४ हजार मत पाउँदा कांग्रेसले २४ लाख ३०७ मत पाएर पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ ।

  • पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएर एमालेका महेश बस्नेत विजयी

    पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएर एमालेका महेश बस्नेत विजयी

    इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएर नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

    इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।

    खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।

    खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

  • तीन जिल्ला बाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने

    तीन जिल्ला बाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने

    काठमाडाैं । यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ।

    पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

    निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ।

    त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ।

    नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात-सात, जनता समाजवादी पार्टी नेपालले ६ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ।

    स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन्। बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन।

    बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरू सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मंगलबारसम्म आइसक्ने उनले बताए।

    बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ।

    अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ।

    नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ।

    प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ। प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत ल्याउन एक सय ३८ सिट ल्याउनुपर्छ। सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

    त्यस्तै उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

    उपधारा (५)मा उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

    उपधारा (६)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

    त्यस्तै उपाधारा (७)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।

    उपधारा (८)मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ।

  • एमालेका बस्नेतसँग २५ सय मतले पछाडि झलनाथ खनाल

    एमालेका बस्नेतसँग २५ सय मतले पछाडि झलनाथ खनाल

    इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछि पारेका छन् ।

    मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका बस्नेतले २४ हजार ३०४ मत प्राप्त गर्दा खनालले २१ हजार ८०२ मत पाएका छन् ।