Tag: प्रतिनिधिसभा निर्वाचन

  • समानुपातिकतर्फ ८४ लाख मत गनियो, कसकाे कति ?

    समानुपातिकतर्फ ८४ लाख मत गनियो, कसकाे कति ?

    काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आइतबार अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ ।

    मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले)ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ६९ हजार तीन सय ९६ मत प्राप्त गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार एक सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

    जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा ९एकीकृत समाजवादी०ले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् ।

    आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८, नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् ।

    समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार तीन सय ७४ मत प्राप्त गरेको छ ।

  • उदयपुरमा राेकियाे मतगणना

    उदयपुरमा राेकियाे मतगणना

    उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ ।

    गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको छ ।

    ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

    कुल ७६ हजार ७५६ मत खसे उदयपुर-१ मा ६३ हजार ८० मत गणना भैसकेको छ । गणना भैसकेकोमा कांग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८२५ मतले अग्रता लिएका छ्न् ।

    खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्‍याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

  • समानुपातिकमा एमाले र कांग्रेसले कटाए २० लाख मत, अरु कसकाे कति ?

    समानुपातिकमा एमाले र कांग्रेसले कटाए २० लाख मत, अरु कसकाे कति ?

    काठमाडाैं । प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ७५ लाखभन्दा बढी सदर मतको गणना भएको छ ।

    एमालेले २०९४७०६ मत पाएको छ भने कांग्रेसले २०२०४०२ मत पाएको छ ।

    तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ८ लाख ९२ हजार ८८५ मत ल्याएको छ ।

    चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५८ हजार १०१ मत पाएको छ ।

    पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५८ हजार ८४९ मत ल्याएको छ।

    छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ०३७ मत पाएको छ।

    नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन ।

    अहिलेसम्म उसले १ लाख ९४ हजार ७५९ मत मात्र पाएको छ ।

  • २६ सय बढी मतले राप्रपाका दीपक बाेहाेराले गरे गृहमन्त्री खाँणलाई पराजित

    २६ सय बढी मतले राप्रपाका दीपक बाेहाेराले गरे गृहमन्त्री खाँणलाई पराजित

    रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणले पराजय व्यहोरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाँण पराजित भएका हुन् ।

    बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत पाएका छन् ।

    गृहमन्त्री खाँण पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए ।

    रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।

     

  • समानुपातिकमा माओवादीले पहिलोपटक उछिन्यो ‘घण्टी’लाई

    समानुपातिकमा माओवादीले पहिलोपटक उछिन्यो ‘घण्टी’लाई

    काठमाडाैं । प्रतिनिधिसभातर्फ समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा सुरुदेखि लगातार पछि रहेको नेकपा माओवादी केन्द्र पहिलोपटक अघि लागेको छ ।

    निर्वाचन आयोगले दिउँसो १२:४५ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो ।

    आयोगले उपलब्ध गराएको विवरणअनुसार अहिले माओवादी केन्द्रका पक्षमा ८ लाख १ हजार ३ सय ७९ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ७ लाख ९९ हजार ७ सय ८२ समानुपातिक मत ल्याएको छ।

    समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ । उसले १८ लाख ९७ हजार २७ मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले १८ लाख ३० हजार ३६ मत प्राप्त गरेको छ ।

    यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख १० हजार ७५२ मत ल्याएकाे छ ।

  • मतगणना अन्तिम चरणमा पुग्दा पछि परे सुवास नेम्वाङ

    मतगणना अन्तिम चरणमा पुग्दा पछि परे सुवास नेम्वाङ

    इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ १६ मतले पछि परेका छन् ।

    इलाम क्षेत्र नं २ का एमाले उम्मेदवार नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन् ।

    कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् ।

    २०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

  • प्रतिनिधिसभामा अहिलेसम्म कांग्रेसले जित्याे ५० सिट (कसले कहाँ जिते ?)

    प्रतिनिधिसभामा अहिलेसम्म कांग्रेसले जित्याे ५० सिट (कसले कहाँ जिते ?)

    काठमाडाैं । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले शनिबार बिहानसम्ममा ५० सिट जितेको छ ।

    समानुपातिकतर्फ भने कांग्रेसले १७ लाख ४४ हजार ६९ मत पाएको छ । ६६ लाख ३१ हजार १ सय १७ मत गणना हुँदा कांग्रेसले २६.३० प्रतिशत मत ल्याएको हो ।

    प्रतिनिधिसभामा कसले कहाँ जिते ?

    (१) मुस्ताङ – योगेश शेरचन

    (२) मनाङ – टेकबहादुर गुरुङ

    (३) काठमाडौं १ – प्रकाशमान सिंह

    (४) काठमाडौं ३ – सन्तोष चालिसे

    (५) काठमाडौं ४ – गगनकुमार थापा

    (६) काठमाडौं ५ – प्रदीप पौडेल

    (७) रसुवा – मोहन आचार्य

    (८) ललितपुर १ – उदय शमशेर जबरा

    (९) तनहुँ २ – शंकर भण्डारी

    (१०) डडेल्धुरा – शेरबहादुर देउवा

    (११) काठमाडौं १० – राजेन्द्रकुमार केसी

    (१२) पर्सा ४ – रमेशकुमार रिजाल

    (१३) सुर्खेत २ – हृदयराम थानी

    (१४) ओखलढुंगा – रामहरि खतिवडा

    (१५) झापा १ – विश्वप्रकाश शर्मा

    (१६) पर्सा १ – अजयकुमार चौरसिया

    (१७) गोरखा १ – राजेन्द्र बजगाँई

    (१८) म्याग्दी – खमबहादुर गर्बुजा

    (१९) अछाम २ – पुष्पबहादुर शाह

    (२०) कैलाली ४ – वीरबहादुर बलायर

    (२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू

    (२२) कञ्चनपुर ३ – रमेश लेखक

    (२३) कञ्चनपुर २ – एनपी साउद

    (२४) दैलेख २ – दिक्पालकुमार शाही

    (२५) भक्तपुर २ – दुर्लभ थापा

    (२६) नवलपरासी पूर्व १ – शशांक कोइराला

    (२७) तनहुँ १ – रामचन्द्र पौडेल

    (२८) बाँके ३ – किशोरसिंह राठोर

    (२९) रौतहट ४ – देवप्रकाश तिमल्सिना

    (३०) सप्तरी ३ – दिनेश कुमार यादव

    (३१) धादिङ २ – राम नाथ अधिकारी

    (३२) सुर्खेत १- पूर्णबहादुर खड्का

    (३३) नवलपुर २- विष्णु कुमार कार्की

    (३४) सिन्धुली १- श्‍यामकुमार घिमिरे

    (३५) दाङ ३ – दीपक गिरी

    (३६) बर्दिया १ – सञ्जय गौतम

    (३७) नवलपरासी पश्चिम १ – विनोद चौधरी

    (३८) धनुषा २ – रामकृष्ण यादव

    (३९) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

    (४०) मोरङ ६ – शेखर कोइराला

    (४१) कैलाली ५ – डिल्लीराज पन्त

    (४२) गुल्मी १ – चन्द्र भण्डारी

    (४३) स्याङ्जा १ – राजु थापा

    (४४) संखुवासभा – दीपक खड्का

    (४५) कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य

    (४६) तेह्रथुम – सीता गुरूङ

    (४७) मोरङ ३- सुनिल कुमार शर्मा

    (४८) नुवाकोट २- अर्जुननरसिंह केसी

    (४९) सप्तरी ४- तेजुलाल चौधरी

    (५०) मुगु- ऐनबहादुर शाही

  • समानुपातिकतर्फ हालसम्म कसकाे मत कति ?

    समानुपातिकतर्फ हालसम्म कसकाे मत कति ?

    काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार पाँच सय ८२ र जनमत पार्टीले एक लाख ४८ हजार चार सय चार मत प्राप्त गरेको छ ।

    प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख पाँच हजार चार सय आठ मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ७० हजार नौ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार छ सय चार, माओवादी केन्द्रले ८६ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ ।

    मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ ।

    बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ ।

    गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ ।

    लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् ।

    कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

  • मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ–को अगाडि ?

    मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ–को अगाडि ?

    जनकपुरधाम । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् ।

    निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात/सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ ।

    एमालेका सात उम्मेदवार क्रमशः सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित भएका हुन् ।

    त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय हुनुहुन्छ । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि छन् ।

    जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन् भने एक स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भएका हुन् । धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गरेका छन् । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव सुरुदेखि नै पछाडि छन् ।

    माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं १ मा गिरिराजमणि पोखरेल अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार तीन क्षेत्रमा निर्वाचित भएका छन् । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका हुन् ।

    त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् । जनमत पार्टीले पनि एक स्थानमा जित निकालेको छ । पार्टी अध्यक्ष डा. सिके राउत सप्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । त्यसैगरी, तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह छन् ।

    निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  • निर्वाचन अपडेट : २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

    निर्वाचन अपडेट : २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

    काठमाडाैं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेको हो ।

    निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले आठ र राप्रपाले एक जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल गरेको छ भने राप्रपाले जुम्लामा एक सिट एकलरुपमा जितेको छ ।

    आयोगका अनुसार एक सय ६५ सिटमध्ये हालसम्म ८९ स्थानको नतिजा सार्वजनिक भइसकेकामा कांग्रेस २८, एमाले २४, माओवादी केन्द्र नौ, एकीकृत समाजवादी छ, राष्ट्रिय स्वतन्त्र पार्टी पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी चार, लोकतान्त्रिक समाजवादी पार्टी तीन, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रबाट निर्वाचन जितेका छन् ।

    दुवै कम्युनिष्ट पार्टीका महासचिव पराजित

    हालसम्म दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव निर्वाचनमा पराजित भएका छन् । एमालेका महासचिव शङ्कर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित भए भने माओवादीका महासचिव देवप्रसाद गुरुङलाई एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङले पराजित गरे । माओवादीका उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पनि यस निर्वाचनमा पराजित भए । यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पनि पराजित भए ।

    कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) निर्वाचनमा पराजित भइन् । आफ्नो गृहजिल्ला छाडेर अर्को जिल्लामा निर्वाचनमा विजयी हुनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, कांग्रेसका प्रदीप पौडेल र वीरबहादुर बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २५ हजार बढी मतान्तरहित विजयी भए । ओलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार पाँच सय ७६ मतले पराजित गरे । पुनले पूर्ण बुढा मगरलाई २५ हजार दुई सय ३९ मतले पछि पारी विजयी भए ।

    त्यस्तै, रास्वपाका अध्यक्ष लामिछानेले निकटतम् प्रतिद्वन्द्वी उमेश श्रेष्ठभन्दा ३४ हजार तीन सय १२ बढी मत प्राप्त गरे ।

    जेठा–कान्छा

    प्रतिनिधिसभाको यस निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी छन् । असी वर्षीय उनी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा–१ बाट निर्वाचित भएका छन् । उनी ७७ वर्षका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षको छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित भएका छन् । उनी पनि ७० वर्षका हुन् ।

    यसैगरी रुपन्देही–४बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ–६ बाट निर्वाचित कांग्रेसका डा. शेखर कोइराला ७२ वर्षीय हुन् ।

    हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया हुन् । गौतम काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचत भएका हुन् । यस्तै, मुस्ताङ निर्वाचन क्षेत्र नं १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् ।

    प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेतृले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् । एमाले र रास्वपाका दुई/दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भएका छन् ।

    मधेसी समुदायबाट हालसम्म कांग्रेसका दिनेशकुमार यादव सप्तरी ३, रामकृष्ण यादव धनुषा २, अजय चौरसिया पर्सा २, एमालेका रामशङ्कर यादव सिरहा १, जुलीकुमारी महतो (महासेठ) धनुषा ३ र माओवादीका अमनलाल मोदी मोरङ ४, लोसपाका रामप्रकाश चौधरी सर्लाही १, सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४, जसपाका वीरेन्द्रप्रसाद महतो सिरहा ४ र प्रदीप यादव पर्सा १ र जनमत पार्टीका चन्द्रकान्त राउत सप्तरी २ बाट निर्वाचित भएका छन् ।

    स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी भएका छन् ।