Tag: प्रतिनिधिसभा निर्वाचन

  • गुल्मी २ बाट गाेकर्ण विष्टकाे जित, रामकुमारी झाँक्री पराजित

    गुल्मी २ बाट गाेकर्ण विष्टकाे जित, रामकुमारी झाँक्री पराजित

    गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

    विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् ।

    एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

  • समानुपातिकतर्फ अहिलेसम्म कुन पार्टीले कति ल्याए मत ?

    समानुपातिकतर्फ अहिलेसम्म कुन पार्टीले कति ल्याए मत ?

    काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ ।

    समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

    राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ ।

  • दाेब्बर मतले पछि परिन् माओवादी केन्द्रकी उम्मेदवार विना मगर

    दाेब्बर मतले पछि परिन् माओवादी केन्द्रकी उम्मेदवार विना मगर

    कैलाली । अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।

    १५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।

    अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् ।

  • बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे अग्रता कायम

    बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे अग्रता कायम

    बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् ।

    अहिलेसम्म ३० हजार एक सय ४६ मत गणना भएकाेमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार चार सय मत प्राप्त गरेका छन् ।

    उनलाई नेकपा (एमाले) का डा. सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतकासाथ पछ्याइरहेका छन् ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली कांग्रेस वीपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत प्राप्त गरेका छन् ।

  • सिन्धुलीबाट खाेल्याे माओवादीले खाता, लेखनाथ दाहाल निर्वाचित

    सिन्धुलीबाट खाेल्याे माओवादीले खाता, लेखनाथ दाहाल निर्वाचित

    सिन्धुली । नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ ।

    माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा २७ हजार ५ सय १७ मत निर्वाचित भएका हुन् ।

    दाहाल एमालेका उम्मेदवार मनोजजंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका हुन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।

    सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरे ।

    राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरे ।

  • चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

    चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

    चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतगणनाअनुसार लामिछानेले १३ हजार ६ सय ४१ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ पाएका छन् ।

    यसैगरी, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन् । रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

  • जुम्लामा ज्ञानेन्द्र शाहीकाे छलाङ, दाेब्बर मतकाे अग्रता

    जुम्लामा ज्ञानेन्द्र शाहीकाे छलाङ, दाेब्बर मतकाे अग्रता

    जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही फराकिलो मतान्तरले अघि छन् ।

    २३ हजार ८२९ मतगणना गर्दा १२ हजार ५१५ मत प्राप्त गरेका छन् भने माओवादीकी गोमा गौतम कुवँरले ६ हजार ९८ मत पाएकी छन् ।

    एमालेका रतननाथ योगीले २ हजार९६० र नेमकिपाका डिल्ली काफलेले ६७६ मत प्राप्त गरेका छन् ।

  • काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

    काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

    काठमाडाैं । काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले ८ हजार ७४३ मत ल्याए ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत पाइन् ।

    क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् ।

    यसैगरी, प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।

  • काठमाडाैं २ मा रास्वपाकी साेविता गाैतम विजयी

    काठमाडाैं २ मा रास्वपाकी साेविता गाैतम विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् ।

    गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

    दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए ।

    राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत परेकाे हाे ।

  • काठमाडौं- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौं- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौं । काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

    श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।

    श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा वहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् ।

    उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार ५२२ मत मात्र पाएका छन् ।