Tag: प्रतिनिधिसभा निर्वाचन

  • डडेल्धुराबाट देउवा निर्वाचित, सागर ढकालले कति ल्याए मत ?

    डडेल्धुराबाट देउवा निर्वाचित, सागर ढकालले कति ल्याए मत ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।

    एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।

  • काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीकाे तेस्राेपटक जित

    काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीकाे तेस्राेपटक जित

    काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् ।

    उनले १४ हजार ४५८ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् ।

    काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।

     

  • उपेन्द्र यादव पछि परेपछि सप्तरी २ मा जसपा कार्यकर्ताले रोके मतगणना

    उपेन्द्र यादव पछि परेपछि सप्तरी २ मा जसपा कार्यकर्ताले रोके मतगणना

    सप्तरी । जनता समाजवादी पार्टी नेपालकाका अध्यक्ष उपेन्द्र यादव पछि परेपछि सप्तरी २ मा उनका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका छन् ।

    जसपाका प्रतिनिधिले मतपेटिकामा भएको सिल भेरिफिकेसन नभएसम्मका लागि मतगणना रोकि पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

    पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले २२ हजार २६० मत ल्याएका छन् ।

    राउतभन्दा पछि परेका यादवको भने ११ हजार ३ सय २३ मत छ ।

    तेस्रो स्थानमा रहेका जयप्रकाश ठाकुरले ४ हजार ५६५ मत पाएका छन् ।

  • काठमाडौं–५ मा ईश्वर पाेखरेललाई पराजित गरेर प्रदीप पाैडेलले तय गरे संसदकाे यात्रा

    काठमाडौं–५ मा ईश्वर पाेखरेललाई पराजित गरेर प्रदीप पाैडेलले तय गरे संसदकाे यात्रा

    काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ ।

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै उनले पहिलो पटक संसद्को यात्रा तय गरेका हुन् ।

    अब याे क्षेत्रमा करिब साढे ३ हजार मत गन्न बाँकी छ । अहिलेसम्मको गणनामा पौडेलले १४ हजार ८३ मतका साथ अग्रता लिइरहेका छन् ।

    पोखरेलको ९ हजार ५ सय ४ मत छ । उनीहरुबीको अन्तर ४ हजार ५ सय ७९ पुगेको छ ।

    गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् ।

  • कास्की-२ मा एमालेकी विद्या भट्टराईकाे अग्रता, पछि पर्‍यो घण्टी

    कास्की-२ मा एमालेकी विद्या भट्टराईकाे अग्रता, पछि पर्‍यो घण्टी

    पोखरा । कास्की २ मा एमालेकी विद्या भट्टराईले पहिलोपटक अग्रता लिएकी छन् ।

    पछिल्लो मत परिणामअनुसार विद्याले पाँच हजार ५८९ मत पाएकी छन् ।

    यस्तै, सोमबारदेखि अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले भने हाल पाँच हजार १९३ मत ल्याउँदै पछि परेका छन् ।

    त्यस्तै, नेकपा एसका तर्फबाट गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले तीन हजार ३६७ मत प्राप्त गरेका छन् ।

  • डडेल्धुरामा सागर ढकालले अहिलेसम्म कति ल्याए मत ?

    डडेल्धुरामा सागर ढकालले अहिलेसम्म कति ल्याए मत ?

    डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल दोस्रो स्थानमा छन् ।

    नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जितिरहेकाे क्षेत्रमा ढकालले जारी मतगणनामा अहिलेसम्म देउवाले पाएको मतभन्दा आधा मत पाइरहेका छन् ।

    पछिल्लो समय देउवाले ११ हजार ५५४ मतसहित अग्रता कायम राखेका छन् । ढकालले ६१०५ मत पाएका छन्।

  • समानुपातिकतर्फ एमालेले कटायाे १ लाख मत, घण्टी तेस्राे

    समानुपातिकतर्फ एमालेले कटायाे १ लाख मत, घण्टी तेस्राे

    काठमाडाैं । प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ ।

    अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ । तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ ।

    चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ ।

    अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन् । जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन् ।

    नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन् ।

    अन्य दलहरूले पाएको मत १९४३० छ ।

  • इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले उछिने

    इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले उछिने

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवास नेम्बाङलाई पछाडि पारेका छन् ।

    उक्त क्षेत्रमा नेम्बाङ र खड्काबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

    पछिल्लो मत परिणाम अनुसार खड्काले ३ हजार ७५६ मत ल्याउँदै फेरि अग्रता बनाएका छन् । यसअघि नेम्बाङ अगाडि थिए । उनले ३ हजार ४५५ मत पाएका छन् ।

    राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वाले ७९१ मत पाएका छन् । इलाम-२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुवास नेम्बाङ विजयी भएका थिए ।

     

  • ललितपुर ३ मा ताेसिमा कार्कीकाे अग्रता कायमै

    ललितपुर ३ मा ताेसिमा कार्कीकाे अग्रता कायमै

    ललितपुर । ललितपुर ३ मा ताेसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीले ९,४०३ मत प्राप्त गरेकी छन् ।

    उनलाई नेकपा एमालेका अमृत खड्काले पछ्याइरहेका छन् । उनकाे ६,६४३ मत छ ।

    यसैगरी, गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ३,७५० मत ल्याएकी छन् ।

  • तनहुँमा एमालेका उम्मेदवारले उछिने रामचन्द्र पाैडेललाई

    तनहुँमा एमालेका उम्मेदवारले उछिने रामचन्द्र पाैडेललाई

    तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।

    उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् ।

    ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।