Tag: प्रतिनिधिसभा बैठक

  • ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?

    ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्बोधनका क्रममा उनले यस्तो आराेप लगाएका हुन् । उनले भने ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

    ओलीले सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी मुकदर्शक बनेर बसेको पनि बताए । ‘उम्मेदवारको घरमा बम पड्काइयो । शान्तिपूर्ण भयो सबैतिर ? घर पुरानो भएर भत्किएको हो ?’, उनले सोधे, ‘बमलाई अपजस लगाएर भत्किएको हो ? कि बम आफैं आएर घर भत्कियो ?

  • प्रतिनिधि सभाकाे बैठकमा ओलीकाे सम्बाेधन, यस्ताे छ कार्यसूची

    प्रतिनिधि सभाकाे बैठकमा ओलीकाे सम्बाेधन, यस्ताे छ कार्यसूची

    काठमाडाैं । प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

    ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बाेल्न लागेका हुन् । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै विरोध गरिरहेकाे छ ।

    बिहीबार सङ्घीय संसद्अन्तर्गत दुवै सदनका बैठक बस्दै छन् । दुवै सदनको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् ।

    आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ ।

  • प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

    प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

    काठमाडाैं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

    सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् ।

    अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने भएकाे छ ।

    नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।

    सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् ।

  • प्रतिनिधिसभाको बैठक सर्‍यो, २८ पुसमा बस्ने

    प्रतिनिधिसभाको बैठक सर्‍यो, २८ पुसमा बस्ने

    काठमाडाैं । प्रतिनिधिसभाको बैठक पुस २८ गतेका लागि सरेको छ । यसअघि २२ पुस १ बजेका लागि तय भएको बैठक सरेकाे हो । माओवादी केन्द्रको महाधिवेशनको कारण १८ पुसमा बोलाइएको बैठक २२ पुसका लागि सारिएको थियो ।

    बैठक स्थगितसम्बन्धी संसद सचिवालयको सूचनामा भनिएको छ,’ प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’